नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरूको बयान लिन सुरु भएको छ । आज (शुक्रबार) बाट पक्राउ परेका १६ जनाको बयान लिन सुरु हुने भएको हो ।
बिहीबार साँझ वर्षासँगै आएको हावाहुरीले खोटाङमा घर तथा विद्यालयको छानामा क्षति पुगेको छ । हावाहुरीले दिप्रुङ चुईचुम्मा गाउँपालिका –४ बतासेस्थित महेन्द्रतारा आधारभुत विद्यालयको दुईवटा भवनको छाना उडाएको छ ।
अब वर्षाको सयममा सडककै कारण काठमाडौं उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रसाेधन केन्द्र लैजान नरोकिने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पूर्व सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले सरकारलाई उत्तरदायी बनाउन प्रदेश सभा र प्रदेश सभाका समिति अझ बढी क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।
नेकपा(एमाले) का प्रमुख सचेतक पदम गिरीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसदबाट भ्रष्टाचारी करार गरिएको भन्दै यस सम्बन्धमा सरकारको जवाफको माग गर्नुभएको छ ।
नेपाल संस्कृत विश्वविद्यालयअन्तगर्ततको वाल्मीकि विद्यापीठमा ज्योतिष शिक्षणमा प्रविधिको प्रयोग विषयक दुई दिने कार्यशाला गोष्ठी बिहीबार ११ गतेदेखि सुरु भएको छ ।
धनुषामा अवैध उत्खनन रोक्न गएका प्रहरीमाथि कुटपिट भएको छ । बिहीबार राति मिथिला नगरपालिका –५, श्रीपुरस्थित औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न पुगेका प्रहरीमाथि कुटपिट भएको हो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन् ।
विश्वका कुनै पनि मुलुकमा विमान उडाउनु र अवतरण गर्नुअघि विमानका ढोका लागे नलागेको पूर्णरुपमा सुनिश्चित गरिन्छ तर दक्षिण कोरियामा आज विमानको ढोका खुलै राखेर एउटा विमान अवतरण गरिएको छ ।
नेकपा (एमाले) का सांसदहरूले बेल घेराउ गरेका छन् । बेल घेराउसँगै प्रतिनिधि सभा बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।
काठमाडौँ महानगरपालिकाले संस्थागत (कर्पोरेट) बहाल कर उठाउन कडाइ गर्ने भएको छ । विगतमा सङ्घीय सरकारअन्तर्गतको आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको सो कर अहिले महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने भन्दै कडाइका साथ उठाउने बताएको छ ।
बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा अवस्थित आधुनिक सिङ्गो बुटवलभित्र पुरानो बटौली बजार जीवितै छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आउँदो एक वर्षभित्र गाडी नै चल्ने गरी नागढुङ्गा सुरुङमार्गको कामलाई तीव्रता दिने बताउनुभएको छ ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आज (शुक्रबार) संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको दोस्रो अधिवेशनको १३ औँ बैठक सुरु भएको हो ।