झापाको गौरीगञ्ज गाउँपालिकाले पालिकाभित्रका ४० जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल उपलब्ध गराएको छ। २०औँ स्वयंसेविका दिवसको अवसर पारेर स्वयंसेविकालाई साइकल उपलब्ध गराएको पालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिनुभयो।
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा २०७७ साल जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर भएको घटनाको मुद्दामा बहस सकिएको छ ।
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार कार्य अन्तर्गत थप पाँच किलो मिटरको कालोपत्रे सुरु भएको छ। योजना पूर्वी खण्डको काम सुरु भएको हो।
नेपालगन्ज उपमहानगरपालिकाले रातो नम्बर प्लेटका इ–रिक्सालाई यात्रु बोक्न प्रतिबन्ध लगाउन यसअघि गरेको निर्णय मङ्गलबारदेखि कार्यान्वयनमा ल्याएको छ ।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन २०८१ साल जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको सङ्ग्रहालय ललितपुर महानगरपालिका-४ जावलाखेलमा निर्माण सुरु भएको छ । मच्छिन्द्रनाथको रथ यात्रा ललितपुरमा प्रत्येक वर्ष हुँदै आएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम महोत्तरीको गौशालामा सुरु भएको छ।
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषण गर्नु भएको छ ।
कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट् बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’ साइन गरेका छन्।राजीव गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ।
अर्जुनचौपारी गाउँपालिकामा प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव-२०८० मङ्गलबारबाट सुरु भएको छ । पालिका बनेको सातौँ वर्षमा गाउँपालिकाको खेल मैदानमा राष्ट्रपति कप तथा शैक्षिक महोत्सव सुरु भएको हो ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा २० औँ सामुदायिक महिला स्वयंसेविका दिवस मनाइएको छ। मङ्गलबार नगरपालिकामा रहेका १० स्वास्थ्य चौकीको आयोजनामा दिवस मनाइएको स्वास्थ्य शाखाले जनाएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ र नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि मण्डलबिच मङ्गलबार छलफल भएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिदेसिएका युवालाई स्वदेश फर्कन आग्रह गर्नुभएको छ । विदेशमा आर्जन गरेको ज्ञानलाई मुलुक समृद्ध बनाउनका लागि स्वदेश फर्कन उहाँले आग्रह गर्नुभएको हो
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्तन क्यान्सरका बिरामीहरूलाई निःशुल्क औषधि उपलब्ध गराउन थालेको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका हुँदै दाङ जोड्ने हुलाकी राजमार्गसँग जोडिएको राप्तीसोनारी ३ नारायणपुरबाट पूर्वपश्चिम राजमार्ग अन्तर्गत रहेको अगैयासम्म जाने सडकको स्तरोन्नति हुने भएको छ ।