नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुनमा दुई हजार चार सय रुपियाँ घटेर प्रतितोला एक लाख १९ हजार दुई सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ ।
विभिन्न पाँच वटा निकाय अन्तर्गतका काम अलपत्र पार्ने निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो ।
विपद्को बेला जोखिममा रहेका परिवारहरूलाई आवश्यक राहत सामग्रीमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको उहाँले बताउनुभयो ।
स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिरहेको परिवार नियोजनको स्थायी बन्ध्याकरण घुम्ती शिविरबाट ४२ जना नागरिकले सेवा लिएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको कुरा नभएको बताउनु भएको छ ।
दार्चुलामा जेठाजुको कुटाइबाट एक महिला गम्भीर घाइते भएका छन् । नौगाड गाउँपालिका–१ कसाड बस्ने ३० वर्षीया बसन्ती ठगुन्नालाई जेठाजु नाता पर्ने जयराम ठगुन्नाले कुटपिट गर्दा गम्भीर घाइते हुनुभएको हो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको कुरा नभएको बताउनुभएको छ । नेपाल प्रेस युनियन बाजुरा शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार फेरबदलबारे गठबन्धन र पार्टीमासमेत कुनै कुरा नभएको बताउनुभएको हो ।
मनाङमा सोमबार बिहानैदेखि परेको हिमपातका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज विहान महोत्तरीको बर्दिबास आइपुग्नुभएको छ ।
गुल्मीमा कर्मचारी मिलन केन्द्रद्वारा प्रकाशित डायरीको विमोचन गरिएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका-६ की अनिता सारुलाई हरेक दिन सबेरै घरधन्दा सक्ने हतारो हुन्छ । उहाँले भन्नुभयो “जतिसक्दो चाँडो घरको काम सक्यो, उति चाँडो अटो लिएर निस्कन पाइन्छ ।” उहाँ छोरीसँगै अटो लिएर बिहान साढे ९ बजे घरबाट निस्कनुहुन्छ । छोरीलाई स्कुल छाडेपछि अनिताको अटोको काम सुरु हुन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाललगायत जलवायु परिवर्तनको प्रभावको मारमा परेका मुलुकहरू हुन् भन्ने कुरा बिर्सन नहुने बताउनु भएको छ ।
हाल नेपालमा पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै देशको पूर्वी भू–भागमा बङ्गालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित मिग्जउम नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको छ ।
मिसेस् हिमालयन नेपाल २०२३ को उपाधि अनुषा कार्कीले हात पार्नुभएको छ । ओखलढुङ्गाकी अनुषा कार्कीले ताज पहिरिन सफल हुनु भएको हो ।
नेपाली कांग्रेसका नेता दीपक गिरी मुलुक र जनहितमा बाधक देखिएका कानुन, अभ्यास र प्रणालीलाई तत्कालै सुधार गरी परिष्कृत तुल्याइनुपर्ने सुझाव दिनुहुन्छ । उहाँ राज्यले अहिले अवलम्बन गरेको मिश्रित निर्वाचन प्रणालीले सरकारको स्थिरता र सदन सञ्चालनमा सहजता प्रदान गर्न नसकेको जनाउँदै त्यसमा सुधारको खाँचो औँल्याउनुहुन्छ ।