सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक जारी रहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बुधबार बिहान ११ बजेबाट बैठक सुरु भएको हो ।
मनोहरा जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्र रहेका अतिक्रमित घरटहरा, छाप्रो, पर्खाललगायत संरचना हटाउन सुरु गरेको छ ।
नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
कञ्चनपुरमा मङ्गलबार राति आएको हावाहुरीबाट दुई मजदुर घाइते भएका छन् ।
सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ ।
सुन्तला उत्पादनका हिसाबले छुट्टै पहिचान रहेको गोरखाको मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरिएको छ ।
लुम्बिनी प्रदेशमा पाँच अर्ब ५० करोड लागतमा १७ वटा पक्की पुल निर्माण भइरहेको छ । बहुवर्षीय आयोजनामध्ये तीनवटा सम्पन्न भएका छन् भने नौ वटा छिट्टै सम्पन्न हुने चरणमा रहेको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पुल महाशाखा पुल सेक्टर नेपालगञ्जले जनाएको छ ।
तनहुँ, लमजुङ र गोरखाका कृषकले यस पटक पनि रासायनिक मलको चरम अभाव झेल्नु पर्ने भएको छ । तीन जिल्लाका लागि मल आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले पर्याप्त मल आपूर्ति गर्न नसक्दा अभाव हुने भएको हो ।
झापामा एकै रातामा चार वटा सटर फोडी चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही जेठ ३ गते राति झापा शिवसताक्षी नगरपालिका–६ शिवगञ्ज बजारमा लगातार श्रृङ्खलाबद्ध रूपमा चार वटा सटर फोडी चोरी भएको थियो ।
सिमकोट र खार्पुनाथ गाउँपालिकाका तीन वटा वडाका बस्तीमा पुगेर स्पेनिस चिकित्सक मार्ताले बिरामीको निःशुल्क उपचार गर्नुभएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ले पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
नदीमा बनिरहेको पुल बीच नदीमा पुगेर रोकिन्छन्, वर्षौंवर्षसम्म,
जाजरकोटको भेरी नगरपालिका–२ तिमीलेका बेपत्ता भनिएका एक व्यक्ति २४ वर्षपछि सम्पर्कमा आएका छन् । वि.सं. २०५६ देखि हालसम्म बेपत्ता हुनुभएका टिकाराम पुन २४ वर्षपछि सम्पर्कमा आउनु भएको हो ।
जलिरहेको चितामाथिको आकाशमा सकी नसकी उडिरहेको कालो र बाक्लो
प्रथम विश्वयुद्ध देशहरूबीचको लडाइँ मात्र थिएन, यो साम्राज्यवादीबीच वर्चस्वको सङ्घर्ष पनि थियो। बेलायत, फ्रान्सजस्ता पश्चिम युरोपका साम्राज्यवादीको विश्वमा अन्यत्र कैयौँ उपनिवेश थिए भने अस्ट्रिया–हङ्गेरी र रुसजस्ता पूर्वी युरोपका साम्राज्यवादीले जमिन जोडिएका युरोपेली तथा उत्तर एसियाली क्षेत्रहरूमा आफ्नो शासन सञ्चालन गरिरहेका थिए।