अर्थमन्त्री डा.प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणमा गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने बताउनुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताका समस्या समाधानका लागि पहाडै पहाडको बाटो जनताको सुझाव सङ्कलन गर्न हिँडेको बताउनुभएको छ ।
पछिल्लो समय भारतबाट हुलका हुल आउने हात्तीको व्यवहारमा आएको परिवर्तनका कारण पूर्वी नेपालमा जोखिम बढ्दै गएको छ । खाद्यान्नको खोजीमा भारतबाट मेचीनगर नगरपालिकाको सीमा क्षेत्र मेचीखोलाको किनारबाट बाहुण्डाँगी हुँदै हात्ती नेपाल प्रवेश गर्ने गरेका छन् ।
नेपाल प्रहरीले मधेस प्रदेशमा लागूपदार्थ दुर्व्यसनविरुद्ध नयाँ अभियान सञ्चालन गरेको छ । लागूपदार्थको दुर्व्यसन र यसको कारोबारविरुद्ध सचेतना र निस्तेजकार्य सँगसँगै बढाउन प्रदेशका आठवटै जिल्लामा ‘नवप्रवर्तनीय कार्य’अभियान सञ्चालन गरिएको नेपाल प्रहरी, मधेस प्रदेश कार्यालय जनकपुरधामले जनाएको हो ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले देशको अर्थतन्त्र पुरानो लयमा फर्कन थालेको बताउनुभएको छ । हिजोको अवस्थामा धेरै ऋण प्रवाह भएको र सो अनुरूपमा प्रतिफल आउन नसक्दा यो समस्या भएको उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्ष ०८०/०८१ को चार महिनामा विभिन्न सवारीसाधनले नियम उल्लङ्घन गरेको बापत ८६ लाख २२ हजार पाँच सय रुपियाँ राजस्व असुली भएको छ ।
१२ वर्षको अन्तरालपछि नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन गर्ने तयारी भएको छ ।
शहीद लखन गाउँपालिका-७ मास्कीछाँपस्थित ‘बौद्धनाथ कोसिस महिला कृषक समूह’ की सदस्य रीता थापामगरले अहिले ११ वटा बङ्गुुर पाल्नुभएको छ । उहाँले सुरुमा नेपाल दलित महिला उत्थान संघ (एड्वान) ले आयोजना गरेको १५ दिने बङ्गुर पालनसम्बन्धी तालिम लिएपछि बङ्गुर पालन सुरु गर्नभएको हो ।
पश्चिम नेपालका विभिन्न जिल्लाबाट गम्भीर प्रकृतिका बिरामी उपचारका लागि आउने नेपालगन्जमा रगतको अभाव टार्न रक्तदान कार्यक्रम निरन्तर भइरहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिएको पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, प्रमुख कार्यकारी अधिकृत ओमबहादुर खड्का र स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले संयुक्त रुपमा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
कृषि बालीको मूल र प्रमाणित बीउ उत्पादन गर्ने मुलुककै ठूलो झापाको कृषि विकास फार्म जनशक्ति र बजेट अभाव खेपिरहेको छ । सरकारी स्वामित्वको यो फार्म शिवसताक्षी नगरपालिका-७ चन्द्रडाँगीको ५२ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
पाल्पामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको तिनाउ गाउँपालिका–३, तल्लो सिद्धबाबा नजिकै पहिचान नखुलेको अन्दाजी ५५ वर्षीय पुरुष मङ्गलबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
हात्तीको पूजा गर्नाले हात्ती निरोगी हुनुका साथै हात्तीबाट हुने मानवीय क्षति कम हुने जनविश्वास छ ।