बाजुरामा तीस प्रतिशत धान रोप्ने काम सम्पन्न भएको छ । असार नलाग्दै किसानलाई रोपाईको चटारो सुुरु भएको छ । जिल्लाका चार नगरपालिका र पाँच वटा गाउँपालिकाका अधिकांश ठाउँमा धान खेती हुनेगरेको छ ।
डोटीमा एक शिक्षक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–४ सातफरी न्वादेउका २० वर्षीय शिक्षक भरत बिक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उहाँ स्थानीय सातफरी आधारभूत विद्यालयका शिक्षक हुनुहुन्छ ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिकाका नदी किनारको वन क्षेत्र उत्खनन गरेर बालुवा तस्करी भएको छ । नगरपालिकाको वडा ६ रुधौलाघाट नाकासँग जोडिएको वन क्षेत्रबाट बालुवा तस्करी भएको हो । नदीको सतहमा बालुवा पाउन छाडेपछि वन क्षेत्र आसपासबाट बालुवा निकाल्न थालिएको छ ।
गल्याङ नगरपालिका–३ लल्याङमा करिब ८० घर धुरी रहेको बस्ती पहिरोका कारण उच्च जोखिममा परेको छ ।
बाँकेमा तातो हावा ‘लु’ चल्ने क्रम बढ्दै गएपछि यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । गर्मी सुरु भएसँगै बाँकेमा तापक्रम बढेर ४४ डिग्री पुगेको छ ।
प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र दुई लाख नगदसहित दुईजनालाई पक्राउ गरेको छ ।
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार गोर्खाको गाम्चा घर भई हाल चन्दागिरी चेकपोष्ट गुम्बा पाल्टेन प्लटिङ बस्ने ३३ वर्षीय महिला घाइते हुनुभएको हो ।
झापाकी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका ११ बस्ने २८ वर्षीय विपिन राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि बिहीबार पनि मन्त्रालयगत छलफल जारी छ ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपालले त्रिदेशीय सिरिजको पहिलो खेलमा आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । अमेरिकाको ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा बेलुका ९ः१५ बजे सुरु हुने खेलमा नेपाल ओमानविरुद्ध सुखद नजिता निकाल्ने अभियानमा छ ।
बाँकेको राप्ती नदीमा मलामी गएका दुई जना युवकको डुबेर मृत्यु भएको छ ।
आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध सानदार जित निकालेको छ । युकेएम ओभल मैदानमा बिहीबरा बिहान भएको खेलमा नेपालले आयोजक मलेसियालाई २५ रनले हरायो ।
तनहुँको एक पालिकाका प्रमुखले आफ्नो कार्यकक्षमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राखेको पाइएको छ । एक राजनितीक पार्टीका अध्यक्षको तस्विर राखेको भन्दै सेवाग्राहीले विरोध जनाएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बजारमा अन्तर्राष्ट्रियस्तरको प्रविधि आवश्यक रहेको बताउनुभएको छ ।नेपाल धितोपत्र बोर्डको ३०आँै वार्षिक उत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले धितोपत्र बजारलाई व्यवस्थित र यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न आधुनिक प्रविधि आवश्यक रहेको बताउनुभएको हो ।
आश्रम ३ को कथा पम्मी (आदिति पोहङकर)को विद्रोहबाट सुरु हुन्छ जहाँ उनी बाबा निराला (बबी देओल)को आश्रमबाट भाग्न सफल हुन्छिन् तर भूपा (चन्दन राय) र उसका गुन्डाहरू अझै पनि उनको खोजी गरिरहेका हुन्छन्, जसका कारण उनी सहरभित्र नै ठाउँ–ठाउँ बदलिएर लुकेर बसेकी हुन्छिन् । पम्मी जस्तै अरू महिला पनि बाबा निरालाको अन्यायबाट पीडित हुन्छन् । बाबा निराला महिलाप्रति धेरै नै आकर्षित हुने भएको हुनाले उनका दिनप्रतिदिनका महिलामाथि गरिएका बलात्कार हत्या–हिंसाका करतुत बाहिर आउँदै जान्छन् तर पनि उनीमाथि कसैले औँला उठाउन सकेका हुँदैनन् ।