बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ–हर्मिचौर खण्डको काम सुस्त भएको छ । निर्माण व्यवसायीले कामको भुक्तानी समयमा नपाउँदा करिडोर कालोपत्रको काम सुस्ताएको हो ।
अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको जानकारी दिनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अर्थतन्त्रले लय समाउन थालेको छ भन्नुभयो ।
इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ । इन्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विस्फोटमा परी कम्तीमा ११ पर्वतारोहीको मृत्यु भएको छ भने केही अझै बेपत्ता भएको बताइएको छ ।
टिकटक बन्दबिरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाइ हुँदै छ । ४ वटा मुद्दाको आज एकै पटक पूर्ण सुनुवाइ हुन लागेको हो ।
जाजरकोट भूकम्पले सल्यानको दार्मा गाउँपालिकामा एक हजार १७९ घर पूर्ण रूपमा क्षति भएका छन् । भूकम्पले छ हजार ३१८ जना विस्थापित भएका छन् । भूकम्पपीडित यतिबेला अस्थायी आवास निर्माणमा जुटेका छन् । दार्मा गाउँपालिकाको दोस्रो कार्यकालका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित निमबहादुर केसी हुनुहुन्छ । प्रस्तुत छ, दार्मा गाउँपालिकामा विकास निर्माण र भूकम्प प्रभावितको अवस्थालगायत विषयमा अध्यक्ष केसीसँग गोरखापत्रका सल्यान समाचारदाता प्रतीक इच्छुक शर्माले गर्नुभएको कुराकानी :
लैङ्गिक हिंसा न्यूनीकरण गर्न महिलालाई आर्थिक र सामाजिक रूपमा सबल बनाउनुपर्ने धारणा सार्वजनिक भएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत तानसेनमा आयोजित अन्तर्क्रिया कार्यक्रमका सहभागीले यस्तो धारणा राखेका हुन् । सहभागीहरूले महिलालाई आर्थिक र सामाजिक रूपमा सबल बनाउन सके मात्र महिलामाथि हुने सबै किसिमका हिंसाका घटना नहुने बताएका छन् । पीडितले सामाजिक अपहेलनाका कारण हिंसाका घटनालाई बाहिर ल्याउने अवस्था नरहेको भनाइ महिला अधिकारकर्मीको छ ।
गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणितका शिक्षक पाउनै मुस्किल हुन थालेको छ। विद्यालय तहमा विद्यार्थी कम उत्तीर्ण हुने विषयमा शिक्षक पाउन नसक्दा नतिजा झन् खस्किने अवस्था देखिएको छ। मालिका गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयले गत चैत महिनादेखि गणित शिक्षक आवश्यकताका लागि पाँच पटकसम्म आवेदन खुलायो तर पनि गणित शिक्षक पाउन सकेको छैन।
घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृतावस्थामा फेला परेका छन् । हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भिरबाट लडेर मृत्यु भएको हुनसक्ने आफन्तको भनाइ छ ।
फिरन्ते तथा पर्यटक चराको चिरबिरले कर्णाली नदीको तल्लो तटीय क्षेत्र गुल्जार बनेको छ । जाडो छल्न आएका पाहुना चराका कारण कैलाली र बर्दियाको सीमा क्षेत्रमा रहेको तल्लो कर्णाली क्षेत्र गुल्जार बनेको हो । नेपालको उत्तरी क्षेत्र साइबेरिया, मङ्गोलिया, उत्तरी चीन र रसियालगायतका देशबाट विभिन्न प्रजातिका जलपन्छी चरा यहाँ आइपुगेका छन् । जाडो छल्न आएका पाहुना जलपन्छीका कारण कर्णाली नदीको तल्लो तटीय क्षेत्रको रौनकता थपिएको चराविद् हिरुलाल डङ्गौराले बताउनुभयो ।
पछिल्लो समय बाजुराका अधिकांश किसान प्राकृतिक खेती प्रणालीमा उत्प्रेरित बन्दै गएका छन् । यो प्रविधिले खेती गर्दा स्वास्थ्यलाई फाइदा हुनुका साथै जमिनको उर्वराशक्ति बढ्दै जाने भएकाले किसानहरू प्राकृतिक खेती प्रणालीमा उत्पे्ररित बन्दै गएका छन् । पहिला यहाँका अधिकांश किसानले खेती लगाउँदा त्यसमा रासायनिक मल प्रयोग गर्दै आएकाले बर्सेनि माटोको उर्वराशक्ति कम हुँदै गएको बुढीगङ्गा नगरपालिका–७, बायलका कृषक दुर्गादेवी विष्टले बताउनुभयो ।
सङ्घीयता कार्यान्वयनको महìवपूर्ण पक्ष मानिएको प्रदेश लोक सेवा आयोग गठन गरी बागमतीमा काम गर्दै आए पनि आयोगको काम अपेक्षाकृत सन्तोषजनक देखिँदैन ।
तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा सञ्चालित शत्रुधन–मञ्जु मिर्गौला डायलासिस केन्द्रमा डायलासिस मेसिन बिग्रिएपछि बिरामी मर्कामा परेका छन् । मिर्गौलाको डायलासिस गराउने मेसिन बिग्रिएपछि बिरामी र बिरामीका परिवार चिन्तामा परेका छन् । दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले डायलासिस केन्द्रमा रहेका ११ वटा मेसिनमध्ये सात वटा बिग्रिएका बताउनुभयो । अध्यक्ष थापाका अनुसार विभाग, मन्त्रालयलगायत सम्बन्धित निकायमा यसबारे पटक पटक ध्यानाकर्षण गराइएको छ ।
तीन दशकदेखि स्थानीयको तिर्खा मेट्दै आएको खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बर्दीबासको आर्थिक सङ्कट चुलिँदै गएको छ । उपभोक्ताले महसुल तिर्न अटेर गर्दा खानेपानीको वित्तीय समस्या उत्पन्न भएको हो ।
पर्वतमा थुप्रै धार्मिक पर्यटकीय महत्वका मठमन्दिर, देवालय, गुफा र शक्तिपीठ छन् । उचित प्रचारप्रसारको अभावमा कतिपय धार्मिक पर्यटनको सम्भावना बोकेका शक्तिपीठ ओझेलमा परेका छन् । डाँडामा रहेको भए पनि प्रसिद्ध बाटुलेचौर कालिका भगवती मन्दिर पनि ओझेलमा परेको छ । कुस्मा नगरपालिका–१२ स्थित सुन्दर र रमणीय स्थल बाटुलेचौरमा अवस्थित बाटुलेचौर कालिका मन्दिरको स्थापना १९५० सालमा गरिएको बताइन्छ ।
भूकम्पको कारण यति बेला सबैभन्दा बढी बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी महिला प्रत्यक्ष मारका परेका छन् । त्रिपालमुनि बसिरहेका भूकम्प पीडितहरूको स्वास्थ्य हिउँदे वर्षाको कारण थप जोखिममा परेको छ ।