‘माटो र पानी, जीवनको थालनी’ मूल नाराका साथ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न कार्यक्रम मङ्गलबार १० औँ विश्व माटो दिवस मनाएको छ । माटो दिवसको उपलक्ष्यमा माटो विज्ञान अनुसन्धान केन्द्रले आयोजना गरेको कार्यक्रममा दुई जना किसानलाई सम्मान गरेको छ । कृषिका लागि गुणस्तरीय माटोको प्रयोग गरेको भन्दै दाङका प्रेम चौधरी र रुकुमका कृष्णबहादुर खड्कालाई सम्मान गरिएको हो । विभिन्न जिल्लाबाट तीन हजार ४७५ वटा माटोका नमुना सङ्कलन गरिएको थियो । सोबाट चौधरी र खड्काले खेती गर्ने माटो उत्कृष्ट भएको थियो । दुवै जनालाई १०/१० हजार नगदसहित सम्मान गरिएको हो ।
सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ती नगर्न रुसलाई आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले कुनै नेपाली नागरिकलाई भर्ती भएमा त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रुस सरकारसँग अनुरोध गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन आगामी २०८१ साल जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । काठमाडौँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा सोमबारदेखि जारी सचिवालय बैठकले सो निर्णय गरेको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
प्रधानसेनापति प्रभुराम शर्माले संस्थाले गरेको विधिसम्मत प्रक्रियाको जिम्मेवारी संस्थाले लिने तर व्यक्तिगत रूपमा भएका गल्तीको भागीदार स्वयम् सैनिक अधिकारी नै हुने बताउनुभएको छ । नेपाली सेनाको उच्च अधिकारीको शैक्षिक प्रमाणपत्रबारे प्रश्न उठिरहेको बेला उहाँले व्यक्तिगत गल्तीको जवाफदेहिता स्वयम् अधिकारी रहने बताउनुभएको हो । नेपाली सेनाका कमान्डिङ अफिसर ओरिएन्टेसन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले व्यक्तित्व विकासका लागि स्वस्थ प्रतिस्पर्धा स्वाभाविक भए पनि अमर्यादित र अस्वस्थ तवरले प्रतिस्पर्धीलाई दोषी देखाएर आफू अगाडि बढ्न सकिन्छ कि भन्ने दुर्भावना नराख्नसमेत सकल दर्जालाई सचेत गराउनुभयो ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा अज्ञात अवस्थामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग आग्रह गर्नुभएको छ । उहाँले परराष्ट्र मन्त्रालयमा मङ्गलबार नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग जोशीको अवस्था पत्ता लगाउनका लागि कूटनीतिक पहलका लागि अनुरोध गर्नुभएको हो ।
छातीमा असहज महसुस भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना हुनुभएको छ ।
नेपाल सरकारका प्रवक्तासमेत रहनु भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक गर्नुभएको छ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा २०७७ जेठ १० गते जाजरकोटका नवराज बिकसहित छजनाको ज्यान जाने गरी भएको हत्याकाण्डको फैसला भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी फागुनमा आयोजना गर्न गइरहेको लगानी तथा विकास सम्मेलनलाई सफल बनाउन सहयोग गर्ने व्यवसायीले प्रतिवद्धता जनाएका छन्।
सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले एनसेल खरिद–बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
ताप्लेजुङमा युनाइटेड वल्र्ड स्कूल (युडब्लुएस) नेपाल नामक संस्थाले गुणस्तरीय शिक्षा लक्षित परियोजनामा लगानी गर्ने भएको छ।
बाल क्लबमा आबद्ध नेतृत्व देश विकासको मूलधारमा आउन सक्ने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभएको छ । आजबाट काठमाडौँमा सुरुभएको बाल क्लबका पूर्व सदस्यको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिएर प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले नेपाल सरकार स्वदेशी उत्पादनको वस्तुलाई सेवामुखी बनाएर रोजगारीलाई बढवा दिन लागेको बताउनुभयो।
प्रतिस्पर्धी हिमालयन शेर्पा क्लब ४–३ गोल अन्तरले हराँउदै कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ पाँचथरको फिदिममा जारी ‘प्रथम वाइवाइ अन्तर्राष्ट्रिय आमन्त्रण किराँत गोल्डकप’को सेमिफाइनलमा प्रवेश गरेको छ ।
म्याग्दीको बेनीमा अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिताको २१औँ संस्करण सुरु भएको छ । प्रतियोगिताको मंगलबार गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभयो ।