दक्षिण पाकिस्तानमा भएको सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई हाल काठमाडौँको नागार्जुन बस्ने पदम पाण्डेलाई आज पक्राउ गरेको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा आँखाका बिरामीहरुका लागि निःशुल्क मोतिबिन्दु छनाेट तथा आँखा शिविर सञ्चालन हुने भएको छ ।
इजिप्टका विदेशमन्त्री सामेह शौकरी गाजापट्टीमा युद्धविरामको बारेमा छलफल गर्न अमेरिकी प्रतिनिधि सभा र अमेरिकी सिनेटका केही सदस्यहरूसँग भेट्न मङ्गलवार अमेरिकी राजधानी वाशिङटन डिसी जानुभएको छ ।
इण्डोनेसियाको सुमात्रामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।इण्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने आरोहीहरुको सङ्ख्या २३ पुगेको पश्चिम सुमात्रा प्राकृतिक स्रोत संरक्षण एजेन्सीले जनाएको हो ।
प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले प्रतिभावान् युवालाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ।
इलाका प्रहरी कार्यालय मङ्गलटारले अवैध रूपमा लुकाइछिपाई ल्याएको ३३ बोरा चिनी बरामद गरेको छ ।।इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक पञ्चलाल गोलेको नेतृत्वमा खटेको प्रहरी टोलीले सवारी चेकजाँचको क्रममा संङखुवासभाको खादबारीबाट काठमाडौँ तर्फ आउँदै गरेको बा।प्र।०३(००१ख १९६६ नम्बरको बसमा अवैध रूपमा ल्याइएको ३३ बोरा चिनी बरामद गरेको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ स्थित प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीको पुन हिलमा पर्यटकलाई पिउने पानी लैजान बन्देज गरिएको छ । स्थानीय जनप्रतिनिधि र प्रशासनसँगको मिलेमतोमा व्यपारीहरुले पर्यटकले पानी लैजान नपाउने व्यवस्था गरी महँगोमा पानी किन्न लगाएर लुट मच्चाउने गरेको हो ।
सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको कार्यकाल सकेर २० जना सांसद आगामी फागुन २० गतेदेखि बाहिरिँदै हुनुहुन्छ । सभामा रिक्त हुने पदका लागि आगामी माघ ११ गतेका लागि निर्वाचन हुने भएको छ । राष्ट्रियसभालाई प्रबुद्ध व्यक्तिको सभाका रूपमा हेर्ने गरिएको छ ।
नेपाल दोस्रो पटक विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छानिन सफल भएको छ । काठमाडौँमा भएको विश्वकप टी–२० को एसिया छनोट अन्तर्गत प्रतियोगिताको फाइनलमा पुगेसँगै नेपाल दोस्रो पटक विश्वकपमा छानियो । नेपालले सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेटस (युएई) लाई आठ विकेटले हराएको थियो ।
उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्टसङ्घसँगको सहकार्यमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।
आमरूपमा समुद्री गाई भनिने एउटा जीव चीनबाट लोप भएको छ । सामुद्रिक स्तनधारी जीव डुगोङ्ग लोप भएको घोषणा वैज्ञानिकहरूले गरेका छन् । शताब्दीयौँदेखि रेकर्डमा रहेको यो जीव दुई दशकयता नदेखिएको वैज्ञानिकहरूको भनाइ छ । वैज्ञानिकहरूको एक अन्तर्राष्ट्रिय टोलीले हालै यस विषयमा अनुसन्धान गरेको थियो । चार वटा चिनियाँ प्रान्तमा स्थानीय माछा मार्ने समुदायमा सर्भेक्षण गरी हराएको डुगोङ्ग जीवका बारेमा सबुत खोज्ने प्रयास गरियो ।
दक्षिणपूर्वी एसियाली मुलुक थाइल्यान्डमा राजाको विरोध र आलोचना गर्न पाइँदैन । त्यहाँ राजाको मात्र होइन राजपरिवारका सदस्यको समेत विरोध र आलोचनामाथि रोक लगाइएको छ । राजतन्त्रमा सुधारको माग गर्ने मानवाधिकारकर्मी वकिल आनोन नाम्पा अहिले जेलमा छन् । उनलाई चार वर्षको जेल सजाय तोकिएको छ । सन् २०२० को अक्टोबरमा भएको प्रदर्शनमा नाम्पाले गरेको टिप्पणीका कारण बैङ्ककको एक अदालतले उनलाई दोषी ठहर ग¥यो । त्यसै गरी आन्चन नाम गरेकी थाई महिलालाई ४३ वर्ष जेल सजाय गरिएको छ ।
स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने भएको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै नागरिकलाई स्वरोजगारको कार्यक्रमसँग जोड्न पालिकाले घरेलु मदिरालाई ब्राण्डिङ गर्न लागेको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो ।
मध्य फिलिपिन्समा बस भीरबाट खस्दा २९ जनाको मृत्यु भएको छ । मध्य फिलिपिन्सको एन्टिक प्रान्तमा मंगलवार एउटा यात्रुवाहक बस भीरबाट खस्दा कम्तीमा २९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।