प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ स्थित स्तूपाडाँडामा निमार्णाधीन वज्रगुरु स्तूप १८ वर्षदेखि अलपत्र अवस्थामा छ । बजेट अभाव र स्थानीयबिचको विवादका कारण बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर वज्रगुरु स्तूप अलपत्र अवस्थामा रहेको हो ।
सर्लाहीको हरिपुर्वा नगरपालिका–२ को वडा कार्यालय अत्यन्त जीर्ण घरबाट सञ्चालन गर्नु पर्दा सेवा प्रवाहमा समस्या परेको छ । वडाको आफ्नै भवन नहुँदा काठको पुरानो घर भाडामा लिएर वडा कार्यालय सञ्चालन गर्नु परेको हो । झट्ट हेर्दा वडा कार्यालय रहेको घर बेवारिसे जस्तो लाग्छ ।
बैतडी जिल्लाको तल्लोस्वराड क्षेत्रमा पर्ने शिवनाथ गाउँपालिका १० वटा स्थानीय तहमध्ये दुर्गम गाउँपालिका हो । डडेलधुरा जिल्ला र छिमेकी राष्ट्र भारतसँग जोडिएको यो गाउँपालिकामा कुल छ वटा वडा रहेका छन् । स्थानीय तहमा दोस्रो कार्यकालमा समेत गाउँपालिका अध्यक्ष हुनुभएका नेपाली कांग्रेसका कर्णसिंह साउदसँग गोरखापत्रका लागि बैतडी समाचारदाता गोकर्ण दयालले स्थानीय सरकारको कामकारबाही तथा उपलब्धिका विषयमा गर्नुभएको कुराकानी :
नेपालगन्जमा स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयमा सूचना प्रविधि (आइटी) विषयप्रति विद्यार्थीको आकर्षण बढेको छ। आइटी विषयमा स्नातक तहमा भर्ना भएका पहिलो ब्याचका विद्यार्थीले यसको भविष्य तथा सम्भावना राम्रो भएको बताएका छन्। आइटी कोर्समा अध्ययनरत विद्यार्थीसँगको एक अन्तर्क्रिया कार्यक्रममा सहभागीले रुचि र आकर्षण भएका कारण आफूहरू आइटी शिक्षा अध्ययन गर्न आएको बताएका छन्। नेपालगन्ज रामनगरकी तृष्णा विकले नर्सिङ पढ्ने इच्छालाई त्यागेर आइटी पढ्न आएको बताउनुभयो।
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार अन्तर्गत थप पाँच किलोमिटर कालोपत्रेको काम मङ्गलबारबाट सुरु भएको छ । योजनाको पूर्वी खण्डको काम सुरु भएको हो । पूर्वी खण्डका आयोजना प्रमुख श्याम यादवले आँबुखैरेनी गाउँपालिका चोकदेखि मार्कीचोकसम्मको साढे चार किलोमिटर दूरीमा कालोपत्रे कार्य मङ्गलबारबाट सुरु गरिएको जानकारी दिनुभयो । गाउँपालिका चोकबाट सुरु गरी गत असार महिनामा कालोपत्रे गरिएको स्थान मार्कीचोकसम्म जोड्ने गरी कालोपत्रे कार्य अघि बढाएको उहाँले जानकारी दिनुभयो । यसअघि आँबुखैरेनी गाउँपालिका–१, सत्रसयबाट सुरु गरी मार्की चोकसम्म गरी तीन किलोमिटर दुरीमा कालोपत्रे कार्य सम्पन्न गरिसकेको छ ।
वालिङका नागरिकले सांसद तथा नेतालाई आफूले गर्न सक्ने जति मात्रै बोल्न सुझाव दिएका छन् । सबै समस्याको म समाधान गरिदिन्छु भन्ने नेताहरू गाउँ फर्केर नआउने गरेको भन्दै धेरै आश्वासन नदिन आग्रह गरेका हुन् । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजनामा स्याङ्जाको वालिङ–१४ मा भएको सार्वजनिक सुनुवाइमा नागरिकले प्रश्न राखेका थिए । स्थानीय राजेन्द्र थापाले भन्नुभयो, “म नेताहरूलाई सक्ने जति मात्रै प्रतिबद्धता जनाउन भन्छु, ताकि हामी आशावादी भएर बस्न नपरोस् ।” नेताले जे पनि हुन्छ भन्ने र नागरिक त्यसैमा रमाउने अवस्था आएको उहाँको तर्क छ ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एक जनालाई पक्राउ गरिएको छ ।
पूर्व नेपालको कोशीटप्पु वन्यजन्तु आरक्षमा दुई महिनाअघि मात्र चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरी ल्याइएका पुष्पा र अञ्जली नामका दुई वटा पोथी गैँडा त्यहाँस्थित कोशीकली र कुसाहाकली नामका दुई वटा हात्तीसँगै रत्तिएका छन् ।
औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैध रूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई सिलबन्दी गरेको छ ।
परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिनुभएको छ । “करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु”, सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ ।
धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले आफ्ना शैक्षिक कार्यक्रमलाई अन्तर्राष्ट्रियकरण गर्ने कार्यलाई तीव्रता दिएको छ । सोही क्रममा केयुले हङकङमा चारवर्षे ‘ब्याचलर अफ बुद्धिस्ट स्टडिज’ (स्नातक तहमा चारवर्षे बौद्ध शिक्षा) कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
तनहुँमा हराएका एक वृद्ध मृत अवस्थामा भेटिनु भएको छ । तनहुँ देवघाट गाउँपालिका–५ माथिल्लो बगन्दी बस्ने बर्ष ७७ को आसबहादुर गुरुङ मृत भेटिनु भएको हो ।
दोलखाको भीमेश्वर नगरपालिका–८ बोचमा युबी एग्रो प्राइजर काठमाडौँले बृहत् कृषि कार्यक्रम गर्न लागेको छ ।
लामै माथापच्चीपछि सङ्घीय संसद् एवं प्रदेश सभामा चुनावी गठबन्धनमा सामेल दलहरूबिच नै सरकार गठनमा पनि सहमति भएर नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठित यो सरकारले एक वर्षको समयावधि पूरा गर्न लागेको छ । यसबिचमा सरकारले गरेका राम्रा काम तथा सरकारसामु देखिएका चुनौतीको बारेमा जनतालाई सुसूचित गराउने उद्देश्यले प्रधानमन्त्री प्रचण्डले सोमबार (१८ गते) मूलधारका सञ्चार माध्यमका सम्पादकसँग खुलेर कुरा राख्नुभएको छ । नयाँ गठित सरकारका लागि सय दिनको अवधिलाई ‘मधुमास समय’ भनेर त्यस