राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेलले जावलाखेलमा आज (बिहीबार) अपराह्नमा आयोजित भोटोजात्रामा सरिक भइ भोटोजात्रा अवलोकन गर्नुभएको हो ।
टुक्रे योजनालाई बजेट र वडा कार्यालयलाई बढी प्रशासनिक खर्च माग्दै कैलालीमा नेपाली कांग्रेसका कार्यकर्ताले आफ्नै पार्टी नेतृत्वको सरकार रहेको पालिका घेराउ गरेका छन् ।
हिमाली जिल्ला म्याग्दीको पश्चिममा पर्ने मालिका गाउँपालिकाको केन्द्र दरवाङमा स्थानीय जनतालाई उद्यमी बनाउन बेकरी तालिम सुरु भएको छ । मालिका गाउँपालिका –६, दरबाङमा उद्यमशीलताका लागि स्वरोजगारमूलक तालिम सुरु भएको हो ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ ।
सगरमाथा आरोही कामीरिता शेर्पा आज काठमाडौँ आइपुग्नुभएको छ । सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गर्नुभएका शेर्पाको यो २८औँ पटक सगरमाथाको सफल आरोहण हो।
पाँच महिनादेखि अवरुद्ध भएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ मा पर्ने नारा लेक सडकखण्ड सञ्चालनमा आएको छ । गत पुसको भारी हिमपातले अवरुद्ध भएको उक्त सडकखण्ड केही दिनअघिदेखि सञ्चालन भएको हो ।
विस्तारको काम सुरु भएको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकको पूर्वी खण्डमा ३५ प्रतिशत काम सकिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने पूर्वी खण्डमा प्रतिमहिना तीन प्रतिशतभन्दा बढी प्रगति आउने गरी काम भइरहेको हो ।
बराहताल गाउँपालिका –८ का ३८ वर्षीय मानबहादुर विश्वकर्मा ट्रमा सेन्टर काठमाडौँमा उपचारत हुनुहुन्छ । दायाँ हातमा क्यान्सर भएपछि उहाँले दुई वर्षदेखि उपचार गराइ रहनुभएको छ । आर्थिक अभाव भएपछि उपचार गर्न उहाँलाई समस्या भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले आफू पदीय जिम्मेवारीमा आएदेखि मुक्त कमैया, कमलरी, हलिया, हरवाचरवा तथा भूमिहीनको पुनः स्थापनालाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
नेपाल र चीनबीचको व्यापारिक नाका तातोपानी सञ्चालनमा आएपनि सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढाएको छ ।
रुग्ण गोरखकाली रबर उद्योगलाई पुरानै स्थितिमा फर्काउने सरकारको घोषणा कार्यान्वयन होला त भन्ने प्रश्न फेरि सतहमा आएको छ । सरकारले हालै सार्वजनिक गरेको आउँदो आव २०८०/८१ को नीति तथा कार्यक्रममा बन्द अवस्थामा रहेको सो उद्योग पुनः सञ्चालनमा ल्याउने उल्लेख छ ।
सुत्केरी गराउन ल्याइएको गर्भवती महिलाको मृत्यु भएसँगै दुई दिनदेखि सिन्धुलीवासी स्वास्थ्य सेवाबाट वञ्चित छन्। जिल्लाको एक मात्र प्रमुख स्वास्थ्य संस्था सिन्धुली अस्पताल सिन्धुलीबाट सेवा लिन बिरामी वञ्चित भएका हुन्।
काठमाडौं र चितवनले जारी दोस्रो बागमती प्रदेश खेलकुदमा बिहीबार भलिबल प्रतियोगितामा स्वर्ण जितेका छन् । हेटौँडास्थित हुप्राचौर खेल मैदानमा सम्पन्न प्रतियोगितामा काठमाडौंले महिलामा र चितवनले पुरुषमा स्वर्ण पदक जितेका हुन् ।
नेकपा (एमाले) का सांसद रामचन्द्र राईले छिमेकी मुलुक भारतसँगको नेपालको सम्बन्ध अवसर भएको बताउनुभएको छ ।
दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले आफ्नो एक वर्ष कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । उहाँले बिहीबार आफ्नो प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।