रिडी राम्दी पाल्पाली समाज (रिरास) ले एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मानित गरेको छ । सो संस्थाले यहाँ आयोजित कार्यक्रममा विद्यार्थीलाई सम्मानित गरेको हो ।
बाँके जिल्लासँग जोडिएका ७१ वटा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन कार्य बुधबार सुरु गरिएको छ।
आयोजक पाँचथर फुटबल क्लबलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले हराउँदै मोरङको डाँगीहाट फुटबल क्लब पाँचथरमा जारी ‘प्रथम वाइवाई किराँत गोल्डकप २०८०’को फाइनलमा प्रवेश गरेको छ ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेप्रति जनताको विश्वास भएको बताउनुभएको छ । ‘झुलाघाट–चिवाभञ्ज्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा’ को सातौँ दिन आज गुल्मीको वामीटक्सारमा आयोजित जनसभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
तानसेनमा प्रथम मेयर कप प्रतियोगिता सुरु भएको छ । तानसेन नगरपालिकाको आयोजनामा बुधबारदेखि सुरु भएको कप प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
रातको समयमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नवौँ राष्ट्रिय खेलकुदमा भएको प्रतिस्पर्धाका क्रममा निधन भएका प्याराग्लाइडिङ खेलाडी निस्सीम थापाको परिवारले घटनाको निष्पक्ष छानबिन र उचित क्षतिपूर्तिको माग गरेको छ ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल संयुक्त राष्ट्रसङ्घको अनुरोधमा १० हजारसम्म सेना तैनाथ गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादव फिनल्याण्डको १०६ औँ स्वतन्त्रता दिवसका अवसरमा आज अपराह्न यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।
काठमाडौँ उपत्यकाभित्रका क्यासिनोहरुमा प्रवेश गर्न भारतीय कागजात बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलन (कोप २८) मा नेपालमा भएको जलवायु जन्य हानि नोक्सानी समेटिएको वृत्तचित्र हिमालको पुकार ‘द प्ली अफ माउण्टेन’ प्रदर्शन गरिएको छ ।
उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि मङ्सिर २८ गते सुनुवाइ हुने भएको छ ।
मकवानपुरमा बुधबार भएको छुट्टा–छुट्टै दुर्घटनामा दस जना घाइते भएका छन् ।
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ ।
सशस्त्र प्रहरी बल नेपालको आयोजनामा हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा स्पेसल टास्क फोर्स (एसटिएफ) तालिम सम्पन्न भएको छ ।