काठमाडौँ, मङ्सिर २० गते । उपराष्ट्रपति रामसहायप्रसाद यादव फिनल्याण्डको १०६ औँ स्वतन्त्रता दिवसका अवसरमा आज अपराह्न यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।
नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हिक्काले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, पूर्वमन्त्री विभिन्न राजनीतिक दलका नेता यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी एवम् वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो । रासस