अहिले नेपालमा पश्चिमी वायु र छत्तिसगढमा अवस्थित न्यूनचापीय प्रणालीको कारण आंशिक प्रभाव परेको छ । जसका कारण चिसो बढेको छ । मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम बाहेकका अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने अहिले मौसम सफा छ ।
मकवानपुरको महत्त्वपूर्ण मकवानपुरगढी दरबारको जीर्णोद्धारपछि पुराना आकृति अङ्कित संरचनाहरूलाई व्यवस्थित र सुन्दर बनाएको देखिन्छ । भग्नावशेष मात्र बाँकी रहने अवस्थामा पुगेको ऐतिहासिक मकवानपुर गढी जीर्णोद्धारसँगै सुन्दर बनेको हो ।
छ वर्षअघि निकै उत्साहका साथ राष्ट्रियसभा सदस्यको जिम्मेवारी सम्हालिरहँदा सांसद डा. विमला राई पौड्याललाई कानुन निर्माण र जनताका आवाज सम्बोधनमा केही गर्न सकिन्छ भन्ने लागेको थियो ।
अरनिको राजमार्ग अन्तर्गत कोदारी राजमार्ग स्तरोन्नतिमा १० अर्ब रुपियाँ खर्च हुँदासमेत उक्त सडकको अवस्था सुधार हुन सकेको छैन । नेपाली कांगे्रस सिन्धुपाल्चोक जिल्ला
वार्षिक रूपमा प्रदान गरिने प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो नोबेल । यो पुरस्कार एक स्विडेनी आविष्कारक, इन्जिनियर तथा उद्योगपति अल्फ्रेड नोबेलको नाममा सन् १८९६ मा स्थापना गरिएको थियो । नोबेल पुरस्कार भौतिकशास्त्र, रसायनशास्त्र, फिजियोलोजी वा मेडिसिन, साहित्य, शान्ति र आर्थिक विज्ञान विधामा प्रदान गरिन्छ । यी पुरस्कार हरेक वर्ष अल्फ्रेड नोबेलको मृत्यु भएको दिन डिसेम्बर १० मा स्टकहोमर ओस्लोमा आयोजित समारोहमा प्रदान गरिन्छ । नोबेल शान्ति पुरस्कार ओस्लोमा प्रदान गर्ने प्रचलन रहिआएको छ ।
यही मङ्सिर २५ गते पर्ने बालाचतुर्दशी पर्वलाई दृष्टिगत गरी पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा आजदेखि मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ इत्राम खोलास्थित शिव सुन्दर स–मिलमा भीषण आगलागी भएको छ । बिहीबार बिहान ५ः३० बजेनै विद्युत् तारा सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
नेपालको औपचारिक भ्रमणमा रहनुभएकी अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक तथा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक इलिन लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुभएको छ ।
विगत ४३ दिनदेखि बन्द रहेको सिम्रौनगढ नगरपालिका खुलाउन बसेको वार्ता सकारात्मक भएको छ । बन्द रहेको पालिकाको कामकाज सुचारु गर्न ४३ दिनपछि बसेको पहिलो बैठकमा तीन वटा बुँदामा सहमति भई टुङ्गो लागेको हो ।
मानिसलाई आफ्नो सरसफाइमा ध्यान दिन सर्वप्रथम आफ्नो मलमूत्रमा विशेष ध्यान दिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ । मलमूत्र चलाएमा राम्ररी हातगोडा धुने र मलमूत्रको व्यवस्थित विसर्जन गरिनु पर्ने सर्वमान्यता पनि छ । अन्यथा रोग सर्ने र वातावरण दूषित हुने गर्छ । अन्य व्यक्तिको मल (दिसा) लाई आफ्नो शरीरमा प्रवेश गराई उपचारात्मक लाभ लिन सकिने अवधारणा विकास भएको थाहा पाउँदा अचम्म मान्नु हुन्छ होला तर दिसामा हुने ब्याक्टेरियालाई शरीरमा प्रत्यारोपण गरी आन्द्राका कतिपय समस्या समाधान गर्न सकिने देखिएको छ । आन्द्रामा रहेका हितकारी ब्याक्टेरियाले शरीरको प्रति
डेढ करोडको लगानीमा निर्मित दोलखाको भीमेश्वर नगरपालिका–६, टागनागीको भ्युटावर प्रयोगविहीन बनेको छ । आयआर्जन तथा मनोरञ्जनसमेत
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ९१औँ महासभामा सहभागी भई स्वदेश फर्किनुभएको छ ।
चितवनको भरतपुर महानगरपालिकाले ६८ वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यव्रmम सुरु गरेको छ । भरतपुर–२४ का ७२ वर्षीय टीकाराम भट्टराईको स्वास्थ्य परीक्षणसँगै बुधबारदेखि सो अभियान शुभारम्भ गरिएको हो ।
कोरिओकार्सिनोमा जेस्टेसनल (गर्भसँग सम्बन्धित) ट्रोफोब्लास्टिक डिजिज (रोग) कै एक प्रकार हो । कोरिओकार्सिनोमा बिरलै हुने क्यान्सरमा गनिन्छ, जुन असामान्य गर्भका रूपमा विकसित हुन्छ । यस्तो असामान्य वृद्धि गर्भावस्थाको आरम्भिककालमा पाठेघरभित्रबाट सुरु हुन्छ । कोरिओकार्सिनोमालाई कोरियोब्लास्टोमा, कोरियोइपिथेलिओमा, जेस्टेसनल ट्रोफोब्लास्टिक, निओप्लासिया वा ट्रोफोब्लास्टिक ट्युमर पनि भनिन्छ । कोरिओकार्सिनोमा र मोलार गर्भबीच के भिन्नता छ भने कोरिओकार्सिनोमा गर्भ प्रक्रियाको
पत्रकार तथा कथाकार वसन्त पराजुलीको अङ्ग्रेजी कथाहरूको सङ्ग्रह ड्रिमि आइज विमोचन भएको छ । नेपाल इङ्लिस ल्याङ्वेज टिचर्स एसोसिएसन (नेल्टा) चितवनको आयोजनामा एक कार्यक्रमका बिच कवि डाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री, भिलेज अफ इङ्लिस राइटर्स (भ्यू) चितवनका अध्यक्ष डाक्टर केशवराज चालिसे, नेल्टा चितवनका अध्यक्ष बटुकलाल तामाङ, भुँडी पुराण पब्लिकेसन्सका प्रबन्ध निर्देशक केशव पराजुली, साहित्यकार हरि गौतमलगायतले कृतिको संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।