म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाट जोड्ने रघुगङ्गा नदीमाथि रहेको झोलुङ्गे पुल अहिले सुनसान छ ।
मोरङको विराटनगर महानगरपालिका-७ स्थित कवाडी पसलमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल पुनहिलबाट देखिएको धौलागिरी हिमालको मनोरम दृश्य।
गत असारबाट नारायणी नदी किनारमा बन्द अवस्थामा रहेको नेपालकै पहिलो क्रुजसिप आजदेखि पुनः सञ्चालनमा आएको छ । मनसुन भित्रिएसँग नारायणी नदीमा आएको बाढीका कारण बन्द भएको क्रुजसिप आजदेखि नियमित सञ्चालनमा ल्याइएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले जनाएको छ ।
अछाम र सुर्खेतको सिमानामा पर्ने जङ्गलघाटमा ठेक्का लगाइएको पुलको निर्माण कार्य अगाडि बढ्ने भएको छ । बुधबार अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह तथा अछाम र सुर्खेतका नागरिकबिच जङ्गलघाटमा भएको अन्तरक्रिया कार्यक्रममा शाहले अब तोकिएकै स्थानमा पुल बन्ने बताउनुभयो ।
नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्व शिक्षा मन्त्री गोविन्दराज जोशीले शिक्षामा आधुनिकीकरणसहित आमूल परिवर्तन आवश्यक रहेको बताउनुभएको छ।
नेपालमा धेरै युवा सम्भावना नभएर परदेश गएका सन्दर्भमा यहाँका ३६ वर्षीय युवा विदेशको राम्रो जागिर छाडेर नेपालमै पशु तथा मौरीपालनमा लाग्नुभएको छ ।
पूर्वी नवलपरासी माछापालनमा आत्मनिर्भर बन्दैगएको छ । माछाका लागि वातावरण अनुकूल र कमाइ पनि राम्रो हुने देखेपछि नवलपुरका युवाहरू अन्य पेसा छाडेर माछापालनमा लागेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले पार्टीको नियमावली–२०८० लाई विधान मस्यौदा समितिमा पठाइ रायसहित केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने निर्णय गरेको छ ।
अमेरिकाको टेक्सास राज्यमा एकजना संदिग्ध व्यक्तिलाई बाबुआमा र अन्य चार व्यक्तिको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।
राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०७९/८० को पन्ध्रौँ वार्षिक प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाइएको छ ।
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्लाई गाजामा मानवीय विपत्तिलाई रोक्नका लागि कार्य गर्न आग्रह गर्नुभएको छ ।
गोरखापत्रकर्मी शिवा तामाङ सम्मानित हुनुभएको छ । तामाङ पत्रकार सङ्घको २० औं स्थापना दिवसको अवसरमा बिहीबार पत्रकार दीपेन्द्र तामाङ स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यमय बनेको बताउनुभएको छ ।