सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा गैरआवासीय नेपालीले समेत प्रतिस्पर्धा गरी उपकुलपति नियुक्त हुने व्यवस्था गर्न राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा सहमति भएको छ । समितिमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० मा छलफलका क्रममा यस प्रकारको सहमति भएको हो ।
नेपाल वायुसेवा निगमले सार्वजनिक गरेको नयाँ जहाज खरिद बोलपत्रमा तीन वटा विदेशी कम्पनीले प्रस्ताव पेस गरेका छन् । निगमले गत कात्तिक ५ गते सार्वजनिक गरेको बोलपत्रमा दुर्गममा उडान भर्ने तीन वटा साना जहाज खरिदका लागि क्यानडा, चीन र भारतीय कम्पनीले चासो देखाएका हुन् ।
चितवन एफिसी र बुटवल लुम्बिनी फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल) मा बराबरी खेल्दै अङ्क बाँडेका छन् । दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा चितवन र बुटवल १–१ गोलको बराबरीमा करोकिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मानवअधिकारका नाममा समाजलाई दिक्भ्रमित नबनाउन आग्रह गर्नुभएको छ ।
दशौँ राष्ट्रिय खेलकुद तोकिएकै मितिमा आयोजना हुने युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले बताउनु भएको छ ।
नेपाल पुलिस क्लब स्ट्याग ग्लोबल टेबल टेनिस लिग प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा प्रहरी ९२ अङ्क जोड्दै सेमिफाइनलमा पुगेको हो ।
हलपुर क्रिकेट रङ्गशालालाई महिला क्रिकेट एकेडेमी बनाउन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले सुझाव दिनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बदलिएको रुपान्तरित कांग्रेस बनाउन पार्टी सभापति शेरबहादुर देउवालगायतका नेताहरुले पदको मोह त्याग्नुपर्ने बताउनुभएको छ ।
कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को औँ पाँचौँ दिन बिहीबार सम्पन्न दुई खेलमा यूथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी भएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा बिहीबार नेपालगन्जका विभिन्न पानी उत्पादन उद्योगहरूको अनुगमन गरिएको छ ।
नेपाल स्क्वास र्याकेट सङ्घको आयोजनामा हुने एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० का लागि एक्स स्टेपले प्रायोजन गरेको छ ।
झापाको बिर्ता युनाइटेड क्लब पाँचथरमा जारी ‘प्रथम वाइवाई किराँत गोल्डकप २०८०’को फाइनलमा पुगेको छ । बिहीबार फिदिम माविको खेल मैदानमा सम्पन्न अन्तिम सेमिफाइनलमा ताप्लेजुङको कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङलाई हराउँदै झापा किराँत गोल्डकपको उपाधि नजिक पुगेको हो ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङस्थित कालिका भगवती मन्दिरको दर्शन र पूजा गर्नुभएको छ । अध्यक्ष ओलीसहितका नेताहरू मन्दिर पुगेर आज पूजाआजा र दर्शन गर्नुभएको हो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले महिलाको अधिकार स्थापित गर्न राज्यले थप पहल र लगानी गर्नुपर्ने बताउनुभएको छ ।
नेपालगन्जमा नेपालमै सबैभन्दा ठुलो साइकल ‘पम्प ट्रयाक’ को निर्माण प्रक्रिया सुरु भएको छ ।