लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेश निजामती ऐन प्रमाणीकरण गर्नुभएको छ । प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अहिले आफ्नो लयमा अघि बढेको बताउनुभएको छ । नुवाकोट जिल्ला अदालतको आज नयाँ भवन उद्घाटन गर्नुहुँदै उहाँले न्यायपालिकाबाट प्रवाह हुने सेवालाई समयसापेक्ष अनुरूपको परिवर्तन र आधुनिक प्रविधिको उपयोगमार्फत सेवा प्रवाहलाई तदारुकता दिइएको बताउनुभयो ।
म्याग्दीको बेनीमा जारी २१ औँ जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय जेसीज कप फुटबल’ प्रतियोगिताको प्रि-क्वारट फाइनलको खेल सुरु भएका छन्।
लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा कित्ताकाट नहुने गरी किनबेच गर्ने निर्णय कार्यान्वयनमा आएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को कात्तिक १ गते बसेको बैठकले कित्ताकाट नहुने गरी जग्गा किनबेचको लागि फुकुवा गर्ने निर्णय गरेको थियो ।
उखुको मूल्य तोक्न ढिलाइ भइरहँदा चिनी उद्योगहरू भने सञ्चालनको तयारी गरिएको छ । उद्योगीले उखु क्रसिङ सिजन २०८०-०८१ को उखु क्रसिङ सुरु गर्ने तयारी गरेका हुन् ।
पूर्वी नवलपरासीमा माछा पालनमा किसानको आकर्षण बढ्दै गएपछि जिल्ला माछामा आत्मनिर्भर बन्दै गएको छ । जिल्लाको दक्षिणी क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका कावासोती, देवचुली, मध्यबिन्दु नगरपालिकाका धेरै भागमा व्यक्तिगत तथा सामूहिक रूपमा माछापालन गरिँदै आएको छ ।
भोलिदेखि धनगढीमा आयोजना हुने सुदूरपश्चिम महोत्सव तथा व्यापार मेलाको तयारी पूरा भएको छ ।
भारतसँग सिमाना जोडिएको सुनसरी जिल्लाको सीमास्तम्भहरुको निर्माण, मर्मतसंभार र पुनर्स्थापनाको काम बिहीबारदेखि सुरु गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल बराह बाहिनी पकलीको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल नं ४ गण इनरुवाले भारतीय सीमा सुरक्षा दस्ता एसएसबीको उपस्थितिमा पहिलो पटक नेपाल–भारत दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भ अनुगमन, मर्मतसंभार तथा रंगरोगनको कामलाई अभियानकै रूपमा सुरु गरेको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा शल्यक्रिया गर्ने जनशक्ति भए पनि उपकरण नहुँदा सेवा विस्तारमा समस्या भएको छ । आँबुखैरेनी अस्पतालले शल्यक्रिया सेवा सञ्चालन गर्ने लक्ष्य राखे पनि उपकरण अभावमा समस्या भएको हो ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ स्थित बनहरा नदीमा ट्याक्टरको सहायता उखुले भरिएको ट्रली तारिँदै । पुलको अभावमा यस क्षेत्रका किसानले सामान ओसार पसारमा सास्ती खेप्नु परेको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७३ अङ्कले उकालो लागेर एक हजार आठ सय ५२ दशमलव ७७ मा पुगेको छ ।
पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाइलाई अर्को चरणमा उठाइने तयारी भइरहेको बताउनुभएको छ । माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा आज उहाँले भ्रष्टाचार विरोधी र सुशासन प्रवर्द्धनको अभियान यो सरकार नरोकिएको बताउनुभयो ।
एसियाका निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय छैटौँ सम्मेलनले लोकतन्त्रको सबलीकरण र निर्वाचनको तटस्थता प्रवर्द्धनका लागि कानुनमा संशोधनका विषयमा आज २९ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
विगतको तुलामा सडक दुर्घटनामा वृद्धि हुँदैगएको बाँके जिल्लामा गत साढे चार महिनामा सवारी दुर्घटनामा २४ जनाले ज्यान गुमाएका छन् । ६० जना घाइते भएका छन् ।