दिगो विकास, सुशासन, सामाजिक सद्भाव, शान्ति, राजनीतिक स्थायित्व र कानुनी शासनको स्थापनाका लागि भ्रष्टाचार एउटा प्रमुख चुनौती हो । नेपालको सन्दर्भमा भ्रष्टाचारबाट कुनै पनि क्षेत्र अछुतो देखिँदैन । जनताको समृद्धि र देशको विकासका लागि पनि भ्रष्टाचारको नियन्त्रण जरुरी छ । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मत लिने क्रममा उहाँले ‘राम्रो काम मात्र गर्छु, नराम्रो गर्दिनँ र गर्न पनि दिन्न’ भन्नुभएको थियो । यो भनाइले उहाँमा देश र जन
केही दिनदेखि सरकार पुनर्गठनको चर्चा परिचर्चाहरूले स्थान पाएको छ । सरकार पुनर्गठनको चर्चा हुनु अनौठो मानिँदैन तर नेतृत्व तहका जिम्मेवार पदाधिकारीहरूबाट राजनीतिक अस्थिरता निम्त्याउने खालका विरोधाभाषपूर्ण र अस्पष्ट अवधारणाहरू आउनु चाहिँ राम्रो ठानिँदैन । यस्ता विचार विमर्शहरू पनि उद्वेलित हुनु हुँदैन । पुनर्गठनका लागि हिसाब–किताब भइरहेका होलान्, त्यो आफ्नै ठाउँमा छ । राजनीति असीमित सम्भावनाको पुञ्ज हो, कहिलेकाहीँ नसोचेको पनि हुन्छ
बिहीबार राती दुबई फ्लाइटबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आएका गोरखा वारपाकका चन्द्र घले करिब १४ किलो सुनसहित पक्राउ परेका छन् ।
जनजिब्रोले हरवाचरवालाई हरुवाचरुवा भन्ने गरेको पाइन्छ । नेपाली बृहत् शब्दकोषले हरवालाई खेतबारीमा हलो जोत्ने व्यक्ति र चरवालाई गाईबस्तु चराउने मानिस, गोठालो भनी परिभाषा गरेको छ । हरवा अर्थात् बँधुवा श्रमिक साहुको घरमा काम भएको बखत अरू ठाउँमा गएर ज्यालादारी काम गर्न वा आफ्नो खेतीपातीको काम गर्न स्वतन्त्र हुन्छ तर साहुको काम परेको बखत जताबाट पनि आइपुग्नु पर्छ ।
मुलुकको अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सरकारले नयाँ घोषणाको तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधारमा सरकार अत्यन्त गम्भीर रहेको र समाधानका लागि सबै सरोकारवालासँग बृहत् बैठक गरेर केही नयाँ घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । बिहीबारदेखि सुरु चौथो जिम्मेवार व्यवसाय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यसका लागि सरोकारवाला सबैको सक्रिय सहभागिता र महत्वपूर्ण सुझावको सरकारले अपेक्षा गरेको बताउनुभयो ।
डेरी उद्योगीले बक्यौता रकम भुक्तानी नगर्दा दुध उत्पादन गर्ने किसान मर्कामा परेका छन् । डेरी उद्योगीले किसानलाई चार/पाँच महिनादेखि भुक्तानी दिएको छैन । किसानले डेरी उद्योगीबाट करिब छ अर्ब रुपियाँ भुक्तानी पाउनुपर्ने देखिएको छ । भुक्तानीको माग गर्दै शुक्रबार माओवादी केन्द्र निकट किसान सङ्गठन अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) राष्ट्रिय कृषक समूह महासङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ लि. नेपाललगायतका सङ्घ संस्थाले विज्ञप्ति जारी गरेका छन् । यी संस्थाले किसानको बक्यौता रकम भुक्तानी नगरे आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ । भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर –२ निवासी पीडकले फिर्ता गर्ने सहमति गरेका हुन् ।
बागमती प्रदेश सरकारले कानुन पालना, पारदर्शी र नागरिकप्रति जवाफदेहिता पालना नगरेको पाइएको छ । ऐन, कानुनको पालना एवं कार्यान्वयन प्रदेश सरकारका मन्त्रालय र मातहतका निकायले नै गर्ने गरेका छैनन् । बागमती प्रदेश सरकारले सरकारको कामकारबाहीलाई खुला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन प्रदेश सूचनाको हकसम्बन्धी ऐन, २०७६ बनाएको छ । ऐनमा सार्वजनिक निकायले आफ्नो निकायसँग सम्बन्धित सूचनासहितको विवरण चौमासिक रूपमा स्वतः प्रकाशन गर्नुपर्ने व्यवस्था गरिएको छ । तथापि, प्रदेश सरकारका मन्त्रालय र सरकारका निकायले नै उक्त ऐन पालना एवं कार्यान्वयनमा अटेर गर्दै आएका छन् ।
स्याङ्जाको गल्याङ नगरपालिकाले छोरीको जन्मदर बढाउन ‘नगरकी छोरी’ कार्यक्रम सुरु गरेको छ । पछिल्लो समय छोरीहरूको जन्मदर कम हुँदै गएको भन्दै पालिकाले यस्तो कार्यक्रम सुरु गरेको जनाएको छ
बागमती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो मार्ग महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक एक महिनाका लागि बन्द गरिएको छ । सडक स्तरोन्नतिको काम भइरहेकाले बिहीबारबाट एक महिनाका लागि सवारी आवागमन बन्द गरिएको हो । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दूतराज तितुङका अनुसार मकवानपुर र काठमाडौँ दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेको र निर्धारित समयसीमाभित्र सडकको काम पूरा गर्नुपर्ने भएकाले सवारी आवागमन बन्द गरिएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) शुक्रवार दिउँसो कैलालीको धनगढी आउँदै हुनुहुन्छ । कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा आयोजना गर्न लागेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आउन लाग्नु भएको हो ।
काठमाडौँमा नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा मङ्सिर २३ देखि २६ सम्म हुने महोत्सवको ११ औँ संस्करण नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुने छ । विश्वभरिबाट खुला आवेदनमार्फत सङ्कलित वृत्तचित्र, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ वटा चलचित्र महोत्सवमा प्रदर्शन हुँदै छन् । नेपाललगायत फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, ओमान, थाइल्यान्ड, म्यान्मार, दक्षिण कोरिया, जर्मनी, इरान, टर्की, क्रोएसिया, इटाली, आयरल्यान्ड, किर्गिस्तान, जर्जिया, पोल्यान्ड, ताजकिस्तान, नर्वे, युक्रेन, बङ्गलादेश र भारतबाट प्राप्त मानव अधिकारका विषयमा निर्मित चलचित्र तथा वृत्तचित्र महोत्सवमा प्रदर्शन गरिने छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान परम्परागत चित्रकला विभागको आयोजनामा बिहीबार मुस्ताङका कलाका बारेमा अन्तर्क्रिया गरिएको छ । अन्तर्क्रियामा मुस्ताङका कलाकार छिरिङ फोन्जो गुरुङले कार्यपत्रमार्फत त्यहाँका गुम्बा, चैत्य, गुफादेखि घर–सम्पदामा रहेका कलाका बारेमा जानकारी गराउनुभएको थियो । कलाकार छिरिङले नेपालको हिमाली भेगका कलाको खोज, अनुसन्धान र प्रवर्धन गर्न जरुरी रहेको उल्लेख गर्दै कलामार्फत पर्यटन विकास गर्न राज्यले ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो । प्राज्ञ परिषद् सदस्य पाल्साङ्मो लामाले मुस्ताङका कलाका बारेमा अध्ययन अनुस