मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी रहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार दिउँसोबाट बैठक सुरु भएको हो ।
४१ वर्ष पुगेका अशक्त छोरा घरमा राखेर दैनिक रूपमा उनकै हेरचाह गर्नु सरदेवीको दैनिकी हो । २०३९ साउन १७ गते दोस्रो सन्तानका रूपमा जन्मिएका भविन्द्रको जन्मदै कम्मरमुनीको भाग कमजोर थियो ।
जिम्बावेमा असार ३ गतेदेखि आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार राति १६ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिवि सेवा आयोगको अध्यक्ष छिट्टै नियुक्त हुने बताउनुभएको छ ।
नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेका राष्ट्र मध्येमा पर्छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालको वार्षिक औसत तापक्रम शून्य दशमलव शून्य ५६ डिग्री सेल्सियसले बढेको छ ।
साँढे दुई दशक अगाडि ट्र्याक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्र हुनसकेको छैन । विसं २०७३ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइ हालसम्म पाँच पटक म्याद थप्दा पनि उक्त सडक कालोपत्र हुन सकेको छैन ।
गणतन्त्र दिवसको अवसरमा कपिलवस्तु कारागारबाट १० जना कैदीबन्दी रिहा गरिएको छ ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा गरिब तथा विपन्न घर परिवारलाई कुखुराको खोर वितरण गरिएको छ । ग्रामीण क्षेत्रका विपन्न किसानहरुकोे आयआर्जनमा टेवा दिने उद्देश्यले मध्यविन्दु नगरपालिका –१ स्थित नवज्योति कृषक समूहका विपन्न २० घर परिवारलाई खोर वितरण गरिएको वडा अध्यक्ष तिलकराम न्यौपानेले जानकारी दिनुभयो ।
सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिने आह्वान गरेपछि एक हजार नौ सय २० मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाई दिनु भएको छ ।
रेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको मालोर्कालाई ३–० गोलले हरायो ।
दोलखाको बैत्यश्वर गाउँपालिका –८ क्षेत्रपामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिरी प्राविधिक शिक्षालयको सहयोगमा सञ्चालन गरिएको शिविरमा १२ सयभन्दा बढी पशुको उपचार गरिएको हो ।
वि.सं. २०७२ असोज ३ गते नेपालको इतिहासमा जनताको विजय प्रमाणित भएको दिन हो । यसैदिन प्रथम राष्ट्रपति डा. रामवरण यादव जननिर्वाचित संविधानसभाद्वारा पारित नेपालको संविधान संविधानसभाकै ऐतिहासक सदनमा घोषणा गर्नुभएको थियो ।
तनहुँका १० वटै पालिकामा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन भएको छ ।
काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने तयारी गरेको छ ।