भवन बनाउन दान गर्ने दाताकै नामबाट कक्षा कोठा नामकरण गरिएको विद्यालयका प्रधानाध्यापक सोमबहादुर थापाले जानकारी दिनुभयो ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर ठाडो पारेर काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।
साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ ? यसको जवाफ हुन्छ, गरगहना, जेबर, जग्गा जमिन वा अन्य चल/अचल सम्पत्ति । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटैलका विपन्न हरवाचरवा दलित परिवारलाई साहुकहाँ बन्धकीमा आफ्नो नागरिकता राख्नुपरेको छ ।
फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुको वाखु क्षेत्रमा पासोमा फसेको रेडपान्डाको जीवितै उद्धार गरिएको हो ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका १५ स्थित रातोमाटे सडकखण्डमा बसको ठक्करबाट मोटरसाइकलमा सवार यात्रुको मृत्यु भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद करिब १४ किलो सुन छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
इलामको माइपोखरीमा मङ्सिर १ देखि ८ सम्म आयोजित त्रि–धार्मिक महायज्ञमा ३६ लाख ३३ हजार रुपियाँ सङ्कलन भएको छ ।
बैंक तथा वित्तीय संस्थाले सास्ती दिएको भन्दै बाँके र बर्दियाका १३ वटा उद्योग वाणिज्य सङ्घले संयुक्त आन्दोलन घोषणा गरेका छन् ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वार्ता गर्नु भएको छ
बागलुङको बाङ्गेचौर खेल मैदानलाई रङ्गशाला बनाउने योजना बुनेको धेरै वर्ष भयो । सङ्घीयतापछि नै दुईपटक स्थानीय सरकारका जनप्रतिनिधि आए तर बागलुङको बाङ्गेचौरलाई रङ्गाशाला बनाउने योजना अधुर रहेको छ ।
बुधबार साँझबाट सुरु भएको भारी हिमपातले मध्य र पश्चिमी हङ्गेरीमा बिहीबार जनजीवन नराम्ररी प्रभावित भएको छ ।
खेती लगाउने बेला बीउ पाएपछि मटिहानी नगरपालिकाका गहुँ खेती गर्ने किसानलाई राहत मिलेको छ । खेती लगाउने बेला नगर कार्यपालिकाको कृषि शाखाले बीउको गहुँ उपलब्ध गराएपछि नगरक्षेत्रका किसानले राहत महसुस गरेका हुन् ।
यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपियाँको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।
उहाँ धेरै मेहनतका साथ खोलाको पानीलाई डोहो¥याएर उच्च स्थानमा ल्याई त्यहाँबाट झरेको पानीको सहायताले काठका ठेकी बनाउनुहुन्छ । रामेछाप र दोलखाको सिमानाबाट बग्ने मिल्ती खोलाको पानीको साहाराले काठमा जीवन्त कला भरेर काँचो काठलाई आकारमा ढाल्नुहुन्छ धनबहादुर।