• १२ साउन २०८१, शनिबार

सवारी दुर्घटनामा एकको मृत्यु

blog

राममणि दाहाल
हेटौँडा, मङ्सिर २२ गते ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका १५ स्थित रातोमाटे सडकखण्डमा बसको ठक्करबाट मोटरसाइकलमा सवार यात्रुको मृत्यु भएको छ ।

पथलैयाबाट भरतपुरका लागि आउँदै गरेको ना  ४ ख ९५२०  नं. को बसले सोही दिशातर्फ आउँदै  गरेको ना  ५३ प ८५२७  नं.को मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिएर दुर्घटना हुँदा घाइते भएका जितपुर सिमरा उपमहानगरपालिका १२ की ३२ वर्षीया निशा कुमारीको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बसको ठक्करबाट मोटरसाइकल चालक जितपुर सिमरा उपमहानगरपालिका १२ का वर्ष ४३ का रोशनकुमार रायको बायाँ खुट्टामा चोट लागेकाे छ ।

मोटरसाइकल पछाडि सवार निशा कुमारीलाई टाउकोमा गम्भीर चोट लागेर उपचारका लागि दुवै जनालाई हेटौँडा अस्पताल पठाएकोमा निशा कुमारीलाई बिहान ११ः३३ बजे डाक्टरले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल, बस र बस चालक प्रहरीको नियन्त्रणमा छन् ।