झापाको दमक –३ मा फेरि जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीयहरु त्रसित भएका छन् । विहीबार राति २ वटा हात्ती बस्तीमा छिरेको र स्थानीय राजुकमार खड्काको घर भत्काएको वडाध्यक्ष नविन बरालले बताउनुभयो ।
झापाको कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरमा आवश्यकता अनुसार जनशक्ति, बजेट र औषधि अभावले पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सरकारको मिसन भ्रष्टाचारको अन्त्य भएको बताउनुभएको छ ।
समाजमा शिक्षित कहलिनु पनि कसैका लागि ठूलो सपना हुन्छ । विभिन्न कारणले पढ्न नपाउने र पढाइ पूरा गर्न नभ्याउनेका लागि यही सपना साकार बनाउन सहयोगी बनेको छ, ललितपुर सातदोबाटोस्थित ‘प्रेरणा महिला माध्यमिक विद्यालय’ ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश अहिले झन् सङ्कटतिर गएको दाबी गर्नुभएको छ । नेतृत्वको असक्षमताका कारण देश ओरालो लागेको उहाँको भनाइ छ ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा ३२ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ।
कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को छैठौं दिन शुक्रबार युथ अफ टिकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन् ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको पुँजी जनताको अदालतप्रतिको आस्था र विश्वास भएको बताउनुभएको छ । गोरखा जिल्ला अदालतको नवनिर्मित भवनको आज उद्घाटन गर्नुहुँदै उहाँले न्यायपालिकाले जनतामा अदालतप्रतिको आस्था र विश्वास अभिवृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
सुदूरपश्चिम प्रदेशकै ठुलो सहकारी संस्थाको रुपमा रहेको नवजीवन सहकारी संस्थाको शेयर पूँजी ५० करोड पुगेको छ ।
गोरखापत्र संस्थानमा कार्यरत प्रुफरिडर विनोद अर्यालकी आमा कृष्णकुमारी अर्यालको ८६ वर्षको उमेरमा निधन भएको छ ।
नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा सांस्कृतिक पहिचान कायम गर्न सबै जाति तथा समुदायका भाषा, साहित्यको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान र व्यवस्थाको विरुद्धमा आवाज उठ्नु दुर्भाग्य भएको बताउनुभएको छ।
सरकारले महिला तथा बालबालिका विभाग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको हो ।
बाँकेको कोहलपुर चप्परगौडीबाट खड्कवार हुँदै सल्यानको घुइयाबारी जोड्ने अन्तरप्रदेश सडक निर्माणका लागि दवाव सिर्जना गर्न समन्वय र सहकार्य समिति गठन गरिएको छ ।
जलवायु परिवर्तनका जानकारहरुले संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा जारी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२८) का क्रममा स्थापना भएको हानि, नोक्सानी कोष सकारात्मक भएको उल्लेख गर्दै यसको वितरणको प्रक्रिया सरल, सहज र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन् ।