• १२ साउन २०८१, शनिबार

एलपीएल : युथ अफ टिकापुर र धनगढी स्पोर्ट्स विजयी

blog

काठमाडौँ, मङ्सिर २२ गते ।  कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को छैठौं दिन शुक्रबार युथ अफ टिकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन् ।

समूह ‘बी’ अन्तर्गतको खेलमा युथ अफ टिकापुरले दोश्रो जित दर्ता गर्ने क्रममा धनगढी क्रिकेट एकेडेमीलाई ३३ रनले हरायो । समूह ‘ए’ को अर्को खेलमा धनगढी स्पोर्ट्स क्लबले शुक्लाफांटा ब्ल्याक बक्स फाउन्डेसनलाई ६ विकेटले हरायो ।

पहिलो खेलमा युथ अफ टिकापुरले दिएको १३६ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा आठ विकेटका क्षतिमा १०२ रन मात्र बनाउन सक्यो । यसअघि टस जितेर ब्याटिङ गरेको युथ अफ टिकापुरले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३५ रन बनाएको थियो । 

यस्तै अर्को खेलमा शुक्लाफांटाले दिएको ११० रनको लक्ष्य धनगढीले १३.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । यसअघि टस जितेर ब्याटिङ गरेको शुक्लाफाँटा ब्ल्याक बक्स फाउन्डेसनले २० ओभरमा सात विकेटको क्षतिमा १०९ रन बनाएको थियो ।

प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपियाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ ।