नेपाल सरकारले सन् २०२५ सम्ममा बालश्रम उन्मुलन गर्न लिएको लक्ष्य पूरा गर्न सबैको साझा प्रयास आवश्यक भएको सरोकारवाला पक्षको भनाइ छ ।
सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत सुनिल नेपाललाई सर्वसम्मतिले अनुमोदन गरेको छ।
नवलपुरको कावासोती –३ मा डिप ट्युबवेल सिंचाइँ सञ्चालनमा आएसँगै कृषकलाई राहत मिलेको छ । सिंचाइँका लागि आकाशे पानीको भर पर्नुपर्ने यस क्षेत्रका कृषक अहिले सिंचाइँ सुविधा पुगेपछि खुसी भएका हुन् ।
आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ ।
नेपाली कांग्रेस मधेश प्रदेशले दुई दिवसीय प्रदेश सम्मेलन गर्न लागेको छ । आगामी पुस ५ र ६ गते गरिने प्रथम प्रदेश सम्मेलनलाई सम्पन्न गराउन विभिन्न समिति उपसमिति गठन गरेको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको बताउनुभएको छ।
पन्ध्र महिनामा आकाशे पुल निर्माणको काम सम्पन्न गर्ने सम्झौता भएको १३ महिना हुँदासमेत काम सुरु हुन नसक्दा नेपालगन्ज र कोहलपुरमा निर्माण गरिने आकाशे पुल निर्माण योजना अलपत्र परेको छ ।
पञ्चदेवल विनायक नगरपालिकाको टिमलाई पराजित गर्दै पालिकास्तरी खुला महिला भलिवबलको उपाधि कमलजार नगरपालिकाले हात पारेको छ ।
दुग्ध विकास संस्थान (डीडीसी) ले तीन महिनाभन्दा बढी सयमदेखि दुधको पैसा नदिँदा सर्लाहीका किसान र डेरी सञ्चालक मारमा परेका छन् ।
प्रहरीले दुई किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ।
बाँके प्रहरीले अवैध रुपमा भारतबाट भन्सार छलीगरी ल्याइएका राँगा बरामद गरेको जनाएको छ । जिल्लाको डुडुवा गाउँपालिकाबाट भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याइएका चार राँगा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ रहेको बताउनुभएको छ।
झापाको मेचीनगर नगरपालिकाले सडकको जमिन अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन सुरु गरेको छ । मेचीनगरले आफ्नो नगर क्षेत्रभित्र पर्ने पूर्व–पश्चिम राजमार्ग सडकखण्डको काँकरभिट्टादेखि चारआलीसम्म अतिक्रमण गरी बनाइएका टहरा हटाउन सुरु गरेको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाविरुद्धका हिंसा उन्मूलन गर्न देशभर सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने बताउनुभएको छ ।
नेपालले एसिसी यू–१९ एसिया कप क्रिकेटमा खराव सुरुवात गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित आइसिसी एकेडेमी ओभल २ मैदानमा शुक्रबार भएको समूहको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भयो ।