काठमाडौँमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ ।
ओखलढुङ्गामा नवनिर्मित कारागार भवन प्रयोगमा नआउँदा कैदी बन्दी राख्न समस्या भएको छ । सुरक्षा पर्खाल नबन्दा जिल्ला कारागारको नयाँ पक्की भवनमा कैदी बन्दी सार्न समस्या भएको हो ।
सन् २०१६ मा पाकिस्तानमा आयोजना हुनुपर्ने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को शिखर सम्मेलन अझै अन्यौलमा छ । सन् २०१४ को नोभेम्बरमा काठमाडौँमा आयोजना भएको १८औँ शिखर सम्मेलनमा अध्यक्षको जिम्मेवारी लिएको नेपालले त्यसलाई बिसाउन पाएको छैन । सन् २०१६ मा पाकिस्तानमा हुने भनिएको सम्मेलनबाट अध्यक्षको जिम्मेवारी पाकिस्तानलाई सुम्पिने तयारी गरिरहेको नेपाल त्यसको सात वर्ष बित्दा पनि सार्कको अध्यक्ष छ । १८औँ शिखर सम्मेलन पनि सन् २०११ मा माल्दिभ्समा सम्पन्न सम्मेलनको तीन वर्षपछि आयोजना भएको थियो ।
सिन्धुपाल्चोकका विकट बस्तीहरू जुगल गाउँपालिका–३ को गुम्बा, क्याङ्सिङ र अम्बाखर्कमा विद्युत् विस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरण सिन्धुपाल्चोक वितरण केन्द्र लामोसाँघु
माघको चिसो सिरेटोमा कुहिरोको कवजभित्र म आफू तातो महसुस गर्दै हिँडिरहेको थिएँ । नरकटको झाडी र कालोपुलको खोला आफ्नै सुरमा सुसाइरह्यो । हिडँदा हिँडदै केही मानिस मेरो सुराकी लागेँ । समयले केही नयाँ रहस्य अचानक खोतल्दै गरेको आभाष हुँदै थियो । यात्रामा म एक्लो तर कमजोर देखिइन तर पछाडिको आकृतिसँग आँखा जुधाउन पनि समर्थ भईन् । नजिकै थियो कलेज तर डरको डिग्री अझ नजिक थियो । यसैबिच आफू उभिएको ठाउँबाट उज्यालो ओझेलमा प¥यो । तैपनि म असहज नदेखिन नक्कल पारेर सकेसम्म छिटो छिटो हिँड्न खोज्थे । मानव रूपी दानवलाई हेर्दिनथेँ । तथापि आफैँभित्र जन्मिएको मुटु काप्ने वास्तविकताबाट अब म मुक्त रहिनँ । योजनाबद्ध रूपमा ती दानवहरू पो हिँडेका थिए । डरले मन र तन दुवै अत्तालिए । बाँच्ने रहरबाहेक अर्को कुनै चाहना थिएन ।
र्लाहीसहित तराई क्षेत्रमा दुई दिनदेखि बाक्लो मात्रामा हुस्सु लागेर चिसो स्याँठ चल्दा जनजीवन प्रभावित बनेको छ । यस क्षेत्रमा शुक्रवारबाट चिसो एक्कासि बढेको हो । यहाँ शनिवार पनि बिहानैबाट बाक्लो मात्रामा हुस्सु लागेर शीत झरिरहेको छ ।
यो कुरा गर्दै नगर्नोस् बुझ्नो भो ? समय खराब छ कस्सैको भर नपर्नोस् बुझ्नो भो ? समय खराब छ । चेपागाँडाहरू ठुलै विद्वान् भएर देखा परिरहेका छन् त्यस्ताका लागि नमर्नोस् बुझ्नो भो ? समय खराब छ ।
याद आइरहन्छ तीन दशक उतैको गर्न लागे चर्चा मनासलु यात्राको समय सीमा चै कातिक भाष हो दुई हजार चउन्न विक्रम संवत्को
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा शनिवार बिहानै एक घरमा आगलागी भएको छ । सदरमुकाम बजारनजिक फुङ्लिङ नगरपालिका–५ उकाली पानी टोलमा एक घरमा आगलागी भएको हो ।
अक्षरको आविष्कार भएपछि संसारमा कसले ‘कति’ लेखिसके होलान् ? त्यसको तथ्याङ्क खोजी गर्नु मूर्खता होला तर एउटा अर्को प्रश्न गर्नु भने सान्दर्भिक नै होला–लेख्दा ‘के’ लेखिए होलान् ? सामान्यतः विभिन्न शास्त्र पुराणको गणनालाई पर राखेर आजको समसामयिक विषयमा कुरा गर्दा साहित्य लेखनलाई नै अगाडि राख्नुपर्ने हुन्छ । अझ हामै्र देशको सन्दर्भमा त साहित्यले नै अधिकांशतः किताबका पृष्ठ ओगटेको छ । मूलतः वर्तमान साहित्यमा उपन्यास, कथा, कविता, नियात्रा, गीत गजलका अलावा एउटा अर्को विधा बढी मुखरित भएर आएको पाइन्छ । त्यो हो, जीवनी । सम्भवतः एक व्यक्तिले दोस्रो व्यक्तिको जीवनमा आधारित भएर लेख्ने विधा नै जीवनी हो । जीवनीकै लहरमा हिजोआज स्वयम्ले आत्मकथा वा आत्मवृत्तान्त लेख्ने क्रम निकै बढेको छ । त्यसो त, यो विधा साहित्यिक व्यक्तित्वमै आधारित नहुन पनि सक्छ । यस क्रममा जुन पुस्तकको चर्चा यहाँ गरिँदै छ, त्यो एक चिकित्सकले लेख्नुभएको हो–‘मुटुसँग सहयात्रा’ । यो पुस्तकका लेखक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभूषण उपाध्याय हुनुहुन्छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले सबै राजनीतिक दलले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसद्मा पठाउनुपर्ने बताउनुभएको छ ।
हामीले पहिला नै तीन पटक अमेरिका भ्रमण गरिसकेका थियौँ । त्यसैले छोरी र ज्वाइँको अमेरिका भ्रमणको निम्तोबाट त्यति रोमाञ्चित भएका थिएनौँ तर भ्रमणलाई त्यतिकै टार्न पनि मनले मानेन । यद्यपि हाम्रो अनुमानविपरीत यसपालिको यात्रा अत्यन्तै रोमाञ्चकारी हुन पुग्यो । हामीले जुन २९ मा कनेक्टिकट राज्यको हार्डफोर्डबाट अमेरिकाको सुदूरपश्चिमका राज्यहरूको भ्रमण आरम्भ ग¥यौँ । जुन ३० र जुलाई १ गरेर दुई दिन वासिङ्टन राज्यको ठुलो सहर सियाटलमा दृश्यावलोकन गरेपछि वासिङ्टनकै एलेन्सवर्ग सहरमा बास बस्न पुग्यौँ । एलेन्सवर्गको होटलमा बिहानको नास्तापछि हाम्रो यात्रा पुनः सुरु भयो । दुई घण्टाको यात्रापछि वासिङ्टन राज्यको दोस्रो ठुलो स्पोकन सहरमा पुग्यौँ । स्पोकन सहरलाई ‘फादर्स डे’ को जन्मस्थल भनेर चिनिन्छ । हामीले त्यहाँको पाँच वटा वालमार्ट स्टोरमध्ये एउटामा आगामी यात्राका लागि चाहिने सामग्रीहरूको खरिदमा दुई घण्टा जति समय बितायौँ र एउटा फास्टफुड चमेना गृहमा लन्च पनि ग¥यौँ ।
गोरखा जिल्ला महासिद्धयोगी गुरु गोरखनाथको साधनास्थल हो । गुरु गोरखनाथको नामबाट गोरखा जिल्लाको नामकरण भएको हो । गोरखा पूर्वीय सभ्यताका केन्द्रबिन्दुहरूमध्ये एक हो । राजा द्रव्य शाहले विसं १६१६ साल भदौ २५ गते गोरखा राज्यको स्थापना गरेका थिए । उनीपछिका दसौँ पुस्ताका राजा पृथ्वीनारायण शाह हुन् । गोरखा राज्यको स्थापना र विस्तारसँग गुरु गोरखनाथको सम्बन्ध गाँसिएको छ । त्यसैले उहाँ
नेपाल र अङ्ग्रेजको सैनिक मुठभेड विसं १८२४ देखि सुरु भएको थियो, जुनबेला क्याप्टेन किनलकले कान्तिपुरका राजा जयप्रकाश मल्लको पक्षमा गोर्खालीविरुद्ध आफ्नो सेना उतार्न खोजेका थिए । काठमाडौँमा आक्रमण गर्न आएका गोर्खालीलाई तिनीहरूबाट बचाउन किनलकले मल्ल राजालाई सघाउन आउ“दै थिए । यसमा अङग्रेजको सिन्धुलीमा हार भयो । त्यसको ४८ वर्षपछि आएर सबैभन्दा ठुलो फौजी युद्धमा बदलियो । यसलाई ‘नेपाल–कम्पनी’ युद्ध वा ‘नेपाल–अङ्ग्रेज युद्ध’ भनिन्छ । जसमा नेपालले आफ्नो देशको आधाजसो भूभाग गुमाउन पुग्यो । युद्धमा हारजित विश्वव्यापी सत्य हो । नेपाली सेनाले जिउज्यान लगाएर आफूभन्दा कता हो कता शक्तिशाली शत्रुसँग डिफेन्सिभ÷अफेन्सिभ (जाइ कटक नगर्ने झिकी कटक गर्ने) युद्ध लड्यो । अङ्ग्रेजले नेपाललाई पनि उपनिवेश बनाउन चाहन्थे होलान् तर नेपाल विश्व इतिहासमा कहिल्यै कसैको उपनिवेश बनेन ।
त्रिभुवन विश्वविद्यालयका एक जना प्राध्यापक तथा नेपाली साहित्यका प्रसिद्ध समालोचकसँग एउटा पुस्तकको अन्तर्क्रियामा भेट भयो । निकै लामो समयपछिको भेट भएकाले कुशलक्षेम सोध्ने क्रममा उहाँले सोध्नुभयो, “तपाईं रिटायर्ड हुनुभएको हो ?” उहाँको प्रश्नले म झसङ्ग भएँ । मैले कहिले पनि रिटायर्ड भएको वा रिटायर्ड हुने कुरा सोचेको छैन । मैले उहाँलाई जवाफ दिएँ, “मेरो जागिर मात्र छुटेको हो, म रिटायर्ड भएको होइन ।” मेरो जवाफ सायद उहाँका लागि पनि अनपेक्षित थियो । किनभने केही निश्चित अवधि जागिर खाएर त्यो जागिर छुटेपछि मानिस रिटायर्ड हुन्छन् भन्ने आमबुझाइ छ हाम्रो समाजमा । रिटायर्ड अर्थात् बुढो अर्थात् सव्रिmय जीवन बिताउन नसक्ने अर्थात् अब काम नलाग्ने ।उहाँले मेरो जवाफ सुनेपछि एकछिन विचार गर्नुभयो र त्यसपछि भन्नुभयो, “मैले भन्न खोजेको पनि जागिर छुटेको कुरा नै हो ।”हामी दुवै हाँस्यौँ । यो सामान्य संवाद थियो हाम्रोबिचमा तर यसले मलाई एकाएक सोचमग्न बनायो ।