बेनी नगरपालिका–१, रत्नेचौरको भुवानेमा तीन वर्षअघि पुग्दा दुहुना भैँसी र गाईले गोठ भरिभराउ थियो। एक वर्षयता गोठ रित्तो छ। करिब दुई करोड रुपियाँ लगानी गरेर भैँसीपालन व्यवसाय गर्नुभएका बागलुङ नगरपालिकाका सुनील श्रेष्ठको गोठ रित्तो छ। भुवानेका सात/आठ जनाको जग्गा भाडामा लिएर श्रेष्ठले पशुपालन व्यवसायका लागि करिब एक करोड रुपियाँ बराबरको भौतिक पूर्वाधार निर्माण गर्नुभएको थियो। श्रेष्ठले निर्माण गरेको पूर्वाधार यतिखेर अलपत्र अवस्थामा छ। भैँसीपालन व्यवसायबाट जग्गाको भाडासमेत भुक्तानी गर्न नसकेपछि श्रेष्ठले व्यवसाय नै छाड्नुप¥यो।
आजकल फेवातालको छेउछाउमा चराचुरुङ्गी कम देखिन थालेका छन्। टाढाबाट उड्दै आउने चरा र तिनको आवाज मानवीय अतिक्रमणको चपेटाले खाइदिएको छ। सिमसार क्षेत्रमा बढ्दो अतिक्रमणले गर्दा जलचर तथा चराचुरुङ्गीको बासस्थानसमेत हराउन थालेको छ।
सहकारीले बचत रकमको हिनामिना गरेको विषय गण्डकी प्रदेशसभामा प्रवेश गरेको छ । गण्डकी प्रदेशसभा सदस्यद्वय कृष्ण पाठक र डिल्लीराम सुवेदीले इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गर्ने वातावरण गराउन गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले गणतान्त्रिक व्यवस्थाका कारण देशलाई सुशासन, विकास एवं समृद्धिको पथमा लम्किने आधार निर्माण भएको बताउनुभएको छ ।
कोशी प्रदेश नामकरण अस्वीकार गर्दै संशोधन गरेर पहिचान समेट्न माग राख्दै आन्दोलनरत पक्षले आइतबार विराटनगरमा प्रदर्शन गरेको छ। फागुन १७ गते कोशी प्रदेश नामकरणपछि पहिलो प्रदेश सभा बैठक बस्ने दिनलाई लक्ष्य गरेर भएको आन्दोलनमा पहिचान पक्षधर र प्रहरीबिच भएको झडपमा ४६ जना घाइते भएका छन्।
आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ ।
प्रादेशिक अस्पताल लहानको प्रवेशद्वारमा मध्यराति अलपत्र अवस्थामा फेला परेका १५ दिने नवजात शिशु बालिकालाई अस्पतालकै नर्स विमला थापाले तत्काल संरक्षकत्व प्रदान गर्नुभएको छ। यही शुक्रबार राति १२:३० बजे अस्पतालको प्रवेशद्वारमा रहेको एक काउन्टरमा अलपत्र अवस्थामा राखिएकी शिशु रोएपछि सुरक्षाकर्मीले चिकित्सक टोलीलाई खबर गरेका थिए। चिकित्सक टोलीले नवजात शिशुलाई प्रसूति बाल कक्षमा ल्याएर तत्कालै उपचार गरेर नर्स थापाको निगरानीमा राखिएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट शैलेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजवादोन्मुख अर्थतन्त्रसहितको विकसित राष्ट्र गणतन्त्रको वास्तविक कार्यभार भएको बताउनुभएको छ ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले राष्ट्रको समृद्धिका लागि एकता, सहमति र सहकार्य आवश्यक भएको बताउनुभएको छ ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले अग्रगामी विचार राख्ने दलहरूबीचको बलियो एकता र सहकार्यले मात्र समाजवादको सपना पूरा हुने बताउनुभएको छ । उहाँले गणतन्त्रको मुख्य उद्देश्य र लक्ष्य पनि समाजवाद रहेकाले लक्ष्य हासिल गराउनेतर्फ लाग्न सबैमा अनुरोध गर्नुभएको छ ।
झापाकी उदीयमान छन्द कवि मोक्ष खतिवडाको दोस्रो कृति ‘भावविम्ब’ लोकार्पण भएको छ । बुद्धशान्ति साहित्यिक तथा सांस्कृतिक प्रतिष्ठानले बुधबारेमा एक कार्यक्रम आयोजना गरी कवि खतिवडाको कविता सङ्ग्रह सार्वजनिक गरेको हो । वरिष्ठ साहित्यकार कोमलप्रसाद पोखरेल, समालोचक विष्णुकुमार भट्टराई, प्राज्ञ शुभद्रा भट्टराईलगायत एक दर्जन साहित्यकारले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।
गणतन्त्रका कारण जनताको सर्वोच्चता प्राप्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो । गणतन्त्र दिवस, २०८० को अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले प्राप्त अधिकारको संरक्षण गर्न गणतन्त्रलाई थप बलियो बनाउन आवश्यक रहेको र अधिकार जनतासम्म पुर्याउँदै राज्यलाई समुन्नत बनाउन सबैको सहकार्य जरुरी भएको बताउनुभएको हो ।
सहकारी संस्थामा सर्वसाधारणको कुल निक्षेप झन्डै पाँच खर्ब रुपियाँ पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को फागुन महिनासम्ममा देशभर सञ्चालनमा रहेका ३१ हजार ३७३ सहकारीमा चार खर्ब ७८ अर्ब तीन करोड रुपियाँ रहेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९÷८० का अनुसार सहकारीमा सेयर सदस्य सङ्ख्या ७३ लाख ८१ हजार २१८ रहेको छ भने करिब साढे ३१ हजारको सङ्ख्यामा रहेका सहकारीको सेयर पुँजी ९४ अर्ब १५ करोड रुपियाँ रहेको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नागरिकको परिवर्तन प्रतिको तीव्र आकाक्षाकाे यथोचित सम्बोधन गर्न आग्रह गर्नुभएको छ ।
नौ सय मेगावाटको जलाशययुक्त अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणमा तदारुकता देखाएको र समयमै आयोजना पूरा गर्नेतर्फ सफलता पाएको भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगमले अरुण नदी बेसिनकै अर्को आयोजना तल्लो अरुण पनि बनाउने निश्चितप्रायः भएको छ ।