नागरिकले अझै पनि संविधानले दिएको मौलिक हकका रूपमा रहेको आधारभूत स्वास्थ्य सेवा पाउनबाट वञ्चित रहेका छन्। सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तह बनेर सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगेपछि संविधान र जनस्वास्थ्य सेवा ऐन अनुसार नागरिकले गुणस्तरीय सेवा पाउने विश्वास गरिएको थियो तर स्थानीय तह बनेको छ वर्षको अवधिमा समेत स्वास्थ्य क्षेत्रमा न्यूनतम काम हुन सकेको छैन।
‘रूप’ र ‘सार’ ! यी दार्शनिक शब्दावलीमाथि घागडान बहस गर्नेमा सायद कविहरू नै छन्– ‘फ्रन्ट लाइन’मा । त्यसमा पनि झन् ‘प्रगतिशील कवि’हरू । एक दशकअघिको स्मृतिमा पसिहेर्दा, मैले एक कार्यक्रममा कवितामाथि टिप्पणी उठाएको थिएँ, ‘१० जना प्रगतिशील कविका कविता नाम छोपेर पढे कसको हो छुट्याउन हम्मे हुन्छ ।’ बोलेको त्यत्ति मात्रै हो । तर ‘फ्रन्ट लाइन’का एक हुल ‘प्रगतिशील कवि’हरूले पाखुरा सुर्किए । ती भुनभुनाइरहे मेरो वरिपरि, झिँगाझैँ ।
आज नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिन । दशकौँ लामो सङ्घर्ष क्रमबद्धतासँगै २०६२/६३ को शान्तिपूर्ण संयुक्त जनआन्दोलनको लक्ष्य सुनिश्चित ग-यौँ । सोही आन्दोलन सफलताको जगमा विसं २०६५ जेठ १५ गते वंश परम्पराको राजतन्त्र हटाएर जननिर्वाचित संविधान सभाले गणतन्त्र घोषणा गरेको गौरवपूर्ण दिन । अन्तरिम संविधान २०६३ अनुरूप निर्वाचित संविधान सभाले दुई शताब्दी नेपाली जनमा शासन गरेको राजतन्त्र विस्थापित गरी गण
विश्वको आमसञ्चार प्रणाली विज्ञान र प्रविधिले जसरी फड्को मारेको छ त्यसबाट देश नेपाल पनि सँगसँगै घिस्रिरहेको छ । यद्यपि अत्याधुनिक सञ्चार प्रणालीसँग जोड्नुअघि नेपाली समाज र त्यसमा पनि आदिवासी जनजाति समुदायको आफ्नो छुट्टै परम्परागत सञ्चार प्रणाली थियो र छन् । प्रस्तुत आलेखमा आदिवासी किरात राई जातिको लोकपरम्परा, सामाजिक मूल्यमान्यतालाई केन्द्रबिन्दु बनाइएको छ ।
आज गणतन्त्र घोषणा भएको १५ वर्ष पूरा भएको दिन । अर्थात् दुई सय ४० वर्षे राजतन्त्रको अन्त्य गर्दै २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरिएको थियो ।
आधुनिक नेपालको सबै कालखण्डका क्रान्ति र आन्दोलनको साक्षीका रूपमा नेपाली पत्रकारिता रहेको छ । साक्षी मात्र पनि भनेर पुग्दैन होला, पत्रकारिता ती क्रान्ति र आन्दोलनको एउटा महत्त्वपूर्ण हिस्सेदार पनि बन्न पुगेको छ । क्रान्ति र आन्दोलनकै क्रममा कतिपय सञ्चार संस्थासमेत जन्मिएका छन् । । त्यसकारण नेपालको राजनीतिक परिवर्तन र मिडियाको सम्बन्ध एउटा शब्द वा वाक्य विशेषले मात्र व्याख्या गर्न पनि गाह्रो छ । मिडियाले आन्दोलनलाई सघाएको छ आन्दोलनले मिडिया जन्माएको पनि छ । आन्दोलनको सफलतालाई संस्थागत गर्ने पवित्र उद्देश्यले परिवर्तनसँगै मिडियाको सङ्ख्या पनि थपिने गरेको छ ।
नेपालमा गणतन्त्र घोषणा भएको आज जेठ १५ गते १५ वर्ष पूरा हुँदै छ । त्यसभन्दा अगाडि देशमा राजतन्त्र थियो र राजा नै राष्ट्रप्रमुख हुन्थे । विसं २०६२/६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनपछि जारी गरिएको अन्तरिम संविधानअनुरूप सम्पन्न संविधान सभाको निर्वाचनपश्चात् गठन भएको संविधान सभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते राजतन्त्र उन्मूलन गरी नेपालमा गणतन्त्र स्थापना ग¥यो । त्यसपछिको संविधान सभाले डा रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा ग¥यो ।
१६औँ गणतन्त्र दिवस-विशेष समारोह
नेपाल अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अगाडि बढेको छ । नेपालको संविधान २०७२ अनुसार यसले संस्थागत हुने आधार पाएको छ । यस व्यवस्थालाई संसारमा अपनाइएका शासन पद्धतिमध्ये सर्वोत्कृष्ट पद्धतिको रूपमा लिने गरिन्छ । गणतन्त्रको अर्थतिर जाँदा यो एउटा यस्तो प्रणाली हो, जहाँ शासनाध्यक्षमा राजा वा सम्राटको बदलामा जनताकै प्रतिनिधि सर्वोच्च पदमा आसीन हुन्छन् । यस्तो व्यवस्थामा देशको सम्प्रभु जनता वा जनताले चुनिएर पठा
टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरी रिहा हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशमसहित १९ जनाको कैद सजाय माफी गरेसँगै चौधरी रिहा हुनु भएको हो ।
लुम्बिनी केबुलकारले बुटवलमा सोमबारदेखि आफ्नो व्यावसायिक कारोबार सुरु गर्ने भएको छ। केबुलकार प्रालिका तर्फबाट आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा सो केबुलकारका अध्यक्ष चन्द्र ढकालले सोमबारदेखि व्यावसायिक रूपमा केबुलकार सञ्चालन गर्न लागिएको बताउनुभयो।
लमही नगरपालिकाले वडा नम्बर ४ को बुट्कहावा–सेम्रहवाको नर्सरीमा अवैध रूपमा भण्डार गरेर राखेको ५९४ घनमिटर ढुङ्गा जफत गरेको छ। शनिबार लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको नेतृत्वमा गएको अनुगमन टोलीले राजस्व नतिरी राप्ती नदीबाट अवैध तरिकाले भण्डारण गरेर राखेको नदीजन्य पदार्थ ढुङ्गा नियन्त्रणमा लिएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौँला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भन्टा, धनियाँ लगायतका बीउ र बेर्ना रोप्नुभएको हो।
ईश्वरपुर नगरपालिका–१२, माथिल्लो गुइडुङका ज्ञानबहादुर स्याङ्तानको खोरमा अहिले पाँच वटा माउ बाख्रा र तिनका आठ वटा पाठापाठी छन् । तीन वटा खसी ठूला भएर हुर्किसकेका छन् । चुरेको गाउँमा बसेर सामान्य खेती किसानी गर्ने ज्ञानबहादुर परिवार यही पाँच वटा माउ बाख्राको पाठापाठी हुर्काएर बेचेको पैसाले नै चलिरहेको छ । खसीबाख्रा बेचेको पैसाले नै घर खर्च, औषधी उपचारका लागि आवश्यक रकम र दुई छोराको पढाइ खर्च जोहो गरिरहेको स्याङ्तानले बताउनुभयो ।
सरकारले सम्झौता अनुसार मल ल्याउन नसकेको कम्पनीसँग सम्झौता रद्द गरेको छ । सिल्क मार्केट, ग्लोबल म्याटिक्स, सिनोम्याक र विध कम्पनीले चीनबाट पाँच हजार मेट्रिक टन मल ल्याइसकेको छ तर ढिलो गरी मल ल्याएको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडले ती कम्पनीहरूसँग गरेको सम्झौता रद्द गरेको छ ।