भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा भ्रष्टाचारविरुद्ध सर्वसाधारणलाई सचेत पार्ने उद्देश्यले बाँकेको नेपालगन्जमा ‘नेपालगन्ज वाकाथन’ आयोजना गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणको तार चुँडेर करेन्ट लागेर शनिवार दिउँसो माधवनारायण नगरपालिका –७ लौकहामा एक जनाको मृत्यु भएको छ ।
मकवानपुर प्रहरीले पेस्तोल र गोलीसहित पक्राउ परेको तीन जनालाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी कार्यालय परिसरमा शनिबार हतियारसहित पक्राउ परेका हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का वर्ष ३३ का निश्चल पौडेल, वर्ष ३५ को गणेश घले र वर्ष ३० को प्रितम क्षेत्रीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
सुनसरीको धरान उपमहानगरपालिका-१३ मा निर्माण भएको श्रम संस्कृति उद्यान पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । धरान घुम्न आउने जो कोही पनि उद्यानमा पुग्ने गरेका छन् । उद्यान वरपर गरिएको वृक्षारोपणले सबैको मन आनन्दित हुन्छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको अर्थतन्त्रमा देखिएको सङ्कटका कारण प्रभावित बनेका व्यवसायी र ऋणीलाई सरकारले सहुलियत दिने कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ।
बाँकेका विभिन्न स्थानमा रहेका विद्यालय, अस्पताल तथा सार्वजनिक स्थानमा खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानी परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ।
घोराही उपमहानगरपालिका–६ गुरुवागाउँका किसान व्यावसायिक रूपमा गरेको बन्दा खेती ।
बागलुङ बुर्तिबाङ कि दिव्या थापा सुत्केरी भएको १५ दिन मै छोरी बोकेर काममा निस्कनुभयो। अप्रेसन गरेर प्रसूति गराए पनि उहाँलाई पारिवारिक बाध्यताले लामो समय आराम गर्न दिएन।
सरकारले यस आर्थिक वर्षमा सय आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको छ । अहिले २६ आधारभूत अस्पताल सम्पन्न गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसै आर्थिक वर्षमा सय अस्पताल निर्माण लक्ष्य लिएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सबैमा नैतिकता र इमानदारी हुनुपर्ने खाँचो औँल्याउनुभएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनालाई गति दिन निर्देशन दिनुभएको छ ।
शुपति क्षेत्र विकास कोषले बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिनुभयो ।
गुल्मीको तम्घासमा भएको एक कार्यक्रमका सहभागीहरूले नेपालका राजनीतिक दल सच्चिन आवश्यक रहेको बताएका छन् । मानव अधिकार तथा शान्ति समाज गुल्मी शाखाद्वारा आयोजित नागरिक संवाद कार्यक्रमका सहभागीहरूले राजनीतिक दल नसच्चिए नेपालको वर्तमान व्यवस्था कमजोर हुने बताएका हुन् ।
कीर्तिपुरस्थित पुष्पलाल पार्कदेखि मकवानपुरको फाखेल जोड्ने सडक निर्माणको माग भएको छ ।
मस्टा गाउँपालिका–१, लेकी गाउँकी चाखुडी रोकायाको भूकम्पका कारण घर भत्कियो । केही वर्ष पहिले नै श्रीमान् गुमाएकी एकल महिला रोकायाको घर भत्काएपछि दुई छोरी र एक छोरासहित कठ्याङ्ग्रिँदो चिसोमा त्रिपालमा रात काट्न बाध्य हुनुभएको थियो ।