रेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको मालोर्कालाई ३–० गोलले हरायो ।
दोलखाको बैत्यश्वर गाउँपालिका –८ क्षेत्रपामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिरी प्राविधिक शिक्षालयको सहयोगमा सञ्चालन गरिएको शिविरमा १२ सयभन्दा बढी पशुको उपचार गरिएको हो ।
वि.सं. २०७२ असोज ३ गते नेपालको इतिहासमा जनताको विजय प्रमाणित भएको दिन हो । यसैदिन प्रथम राष्ट्रपति डा. रामवरण यादव जननिर्वाचित संविधानसभाद्वारा पारित नेपालको संविधान संविधानसभाकै ऐतिहासक सदनमा घोषणा गर्नुभएको थियो ।
तनहुँका १० वटै पालिकामा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन भएको छ ।
काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने तयारी गरेको छ ।
काठमाडौँ, जेठ १५ गते । कलङ्कीमा ट्रकको ठक्करबाट घाइते भएकी तनहुँ घर भई चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने महिलाको मृत्यु भएको छ ।ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६४ वर्षीया सन्तुमाया राउतको उपचारका क्रममा आज वीर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालस्थित प्रहरी समाचार कक्षले जनाएको छ । आइतबार दिउँसो कलङ्की चोकमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख २९४१ नम्बरको ट्रकले बाग्मती प्रदेशको ०२–००४ प ४७०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार राउत गम्भीर घाइते हुनुभएको थियो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि जितिसकेको म्यानचेस्टर सिटी असन्तिम खेलमा ब्रेन्टफर्डसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा सिटी ब्रेन्टफर्डसँग उसैको मैदानमा १–० गोलले पराजित भएको हो ।
सप्तरीको एक नमुना विद्यालयको भौतिक संरचना निर्माण गर्ने क्रममा लाखौको ईटा तथा काठ गायव भएको स्थानीयको आरोप छ । अग्निसाइर कृष्णासवरण गाउँपालिका –४ प्रसवनीमा २०१६ सालमै स्थापना भएको महिकर माध्यमिक नमुना विद्यालयमा वर्षौ पुरानो संरचना भत्काएपछि त्यसबाट निस्केका सखुवाका दुईसय बढी कोरो (छानो ठड्याउने काठ) मध्ये तीन हिस्सा काठ तथा सात लाख बराबरको र्इटा ठेकेदारले गायव गरेको विद्यालय अभिभावक संघका सदस्य वेचन खंगले भन्नुभयो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आरोहीको जीवनको सुरक्षा, हिमालको स्वच्छता र सरसफाइका लागि आवश्यक व्यवस्था गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।सोह्रोँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका सन्दर्भमा आज शुभकामना सन्देश दिँदै उहाँले पर्वतारोहणमा प्रविधिको बढ्दो उपयोगका कारण सगरमाथा आरोहण सुरुआती साहसिक पर्यटनका तुलनामा लोकप्रिय हुँदै गएको र विश्वभरिबाट आरोहीको सङ्ख्यासमेत बढ्दै जाँदा सगरमाथामा मानवीय दबाब थपिँदै गएको अनुभव भएको उल्लेख गर्नुभएको छ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले गणतन्त्रको विकल्प समाजवाद मात्र हुनसक्ने बताउनुभएको छ ।
मलेसियाविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ । मलेसियास्थित वाइएसडी यूकेएम ओभलमा सोमबार भएको पहिलो खेलमा नेपाल मलेसियासँग पाँच विकेटले पराजित भयो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित १६औँ गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै उहाँले आम नागरिकले अनुभूति गर्ने गरी प्रदेश सरकारले काम गरिरहेको चर्चा गर्नुभयो । मुख्यमन्त्री कार्कीले इतिहासको गतिलाई कसैले पनि पछाडि धकेल्न नसक्नेमा जोड दिनुभयोे ।
गुल्मीको तम्घास बजारमा पुनःकालोपत्रे गरिएको छ । ‘समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान’ भन्ने मूल नाराका साथ अगाडी बढिरहेको नगरपालिकाले सडकको मर्मत र स्तरोन्नति गर्ने कामलाई तीव्रता दिएको हो ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित हुनु भएको छ । जारी राष्ट्रपतीय निर्वाचनमा जित हासिल गर्दै उहाँले आफ्नो शासन तेस्रो दशकसम्म लम्ब्याउनु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले नतिजा निकाल्ने गरी जलनको उपचार गर्न अस्पताललाई निर्देशन दिनुभएको छ ।