मकवानपुर थाहा नगरपालिका ९ स्थित चित्लाङमा शनिवार साँझ बस र मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
इमान सिं रानापाल्पा, मङ्सिर २४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सहकारीलाई उत्पादनसँग जोड्नु आवश्यक रहेको बताउनुभएको छ । जनतालाई उत्पादन र रोजगारसँग जोड्न प्रदेश सरकार पनि प्रतिबद्ध भएर लागेको बताउनुभयो । रामपुर बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले सहकारीका शेयर सदस्यहरूलाई उत्पादन सदस्य कसरी बन्ने भन्ने सोचका साथ अगाडी बढ्न आग्रह गर्नुभयो । “तपाईँहरू शेयर सदस्य होइन उत्पादन सदस्य कसरी बन्ने सोचका साथ अघि बढ्नु पर्छ । याहाँहरुलाई उत्पादनसँग जोड्नको लागि लुम्बिनी प्रदेश सरकार तयार छ ।” उहाँले भन्नुभयो । सहकारीलाई उत्पादनसँग जोड्न सकिएन भने थप समस्या उत्पन्न हुने उल्लेख गर्नुभयो । “सहकारीलाई उत्पादनसँग जोड्न सकेनौ भने हामीले बचत गरेको पैसा पाउन मुद्दा हाल्नु पर्ने स्थिति आउन सक्छ ।” उहाँले भन्नुभयो । देशमा ठुला ठुला उद्योगको कल्पना गर्नु भन्दा पनि स्थानीय उत्पादनको वृद्धि र बजारीकरण महत्त्वपूर्ण रहने बताउनुभयो । साथै उहाँले भन्नुभयो “देशमा ठूलाठूला फ्याक्ट्रीको कल्पना होइन । गाउँलाई नै कसरी फ्याक्ट्री बनाउने भन्ने सोचका साथ अगाडी बढ्यौ भने हामीले लक्ष्य प्राप्ति गर्न सक्छौँ ।” स्थानीय उत्पादन बजार सम्म पुर्याउने वातावरण तयार गर्नु आवश्यक रहेको रहेको बताउनुभयो । २ लाख जनतालाई प्रदेश सरकारले रोजगारी दिने लक्ष्य लिएको बताउँदै महिला, युवा किसानलाई कसरी जोड्ने मुख्य विषय रहेको बताउनुभयो । समुदायमा भएको संस्कृतिलाई कसरी पर्यटन सँग जोड्न सकिन्छ भन्ने तर्फ सोच्नु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले रामपुर बचत तथा ऋण सहकारीले रामपुरको विकासमा महत्त्वपूर्ण टेवा दिएको बताउनुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सहकारीलाई उत्पादन सँग जोडेर अघि बढाउन नगरपालिका समन्वय गरेर अघि बढ्ने तयारी गरिरहेको बताउनुभयो । संस्थाका अध्यक्ष गुरु प्रसाद रेग्मीले सहकारीले सेवा विस्तारसँगै डिजिटल प्रविधिको प्रयोगमा जोड दिँदै आएको बताउनुभयो । रामपुरमा स्थापना भएको सहकारीले आफ्नो कार्यक्षेत्र जिल्लाभर विस्तार गरेको छ । सहकारीमा हाल ४ हजार ५ सय ५७ शेयर सदस्य रहेका छन् ।
गत कात्तिकमा पश्चिमका जाजरकोट, रुकुमलगायतका क्षेत्रमा भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि बैङ्क तथा वित्तीय संस्थाले सघाउने भएका छन् । भूकम्पका कारण क्षतिग्रस्त भएका यस्ता संरचनाको पुनर्निर्माणका लागि बैङ्क तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्याई खर्च गर्ने भएका हुन् । नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आव २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाामार्फत मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्याई गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था गरिएको छ ।
अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन् ।
सभामुख देवराज घिमिरेले नेपालको संसद्ले मानवअधिकार आयोगसहितका संवैधानिक आयोग तथा जागरुक नागरिक समाजसँग मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा सहकार्य र समन्वय गर्दै आएको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालले अनुमोदन गरेका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिबद्धता पूरा गर्न सरकार निरन्तर रुपमा क्रियाशील रहेको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र सम्वद्र्धन भएमा मात्र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताउनुभएको छ ।
लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ को सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले बिहीबार साँझ फिल्म हेर्दै प्रदर्शनका लागि सेन्सर पास गरेको हो । निर्देशक सुवेदीले सामाजिक सञ्जालमार्फत सेन्सर पास भएको जानकारी दिनुभएको हो । चलचित्रलाई सेन्सर बोर्डले उत्कृष्ट प्रतिक्रियासहित पास गरेको उहाँको भनाइ छ । चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । यो सर्टिफिकेटसँगै चलचित्र सबै वर्गका दर्शकले हेर्न पाउनुहुने छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
स्वस्तिश्री गुरुकुल आइबी वल्र्ड विद्यालयमा देशका १० अग्रणी चित्रकारले आज चित्रकला बनाउने कार्यक्रम आयोजना हुँदैछ । हिलिङ जाजरकोटलाई निरन्तरता दिन चित्रकला कार्यक्रम आयोजना गर्न लागिएको हो । कलाकारबाट सृजित चित्रकला पुस ७ गतेदेखि जिजी मचन रेस्टुरेन्ट, ललितपुरमा प्रदर्शनीमा राखिने छ । उक्त प्रदर्शनीको बिक्रीबाट उठेको रकम जाजरकोट भूकम्पपीडितको सहयोगार्थ प्रयोग गरिने छ ।
सरकारले ‘लम्पी स्किन’ रोगका कारण पीडित भएका किसानलाई राहत दिने घोषणा गरे पनि किसानले अझै प्राप्त गरेका छैनन् । ‘लम्पी स्किन’ रोगबाट ६५ हजार पशु मरेका छन् । त्यसका आधारमा राहत दिने भनी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले घोषणा गरेको छ महिनाभन्दा बढी भइसक्यो तर किसानले अझै सो राहत प्राप्त नगरेको गुनासो गरिरहेका छन् ।
रुकुमपूर्व जिल्लाको भुमे गाउँपालिकामा फलाम खानी पत्ता लागेपछि भूगर्भविद्ले बिहीबारबाट उत्खननका लागि विस्तृत अध्ययन सुरु गरेका छन् । खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको टिमले भुमे गाउँपालिका–३, झुम्लाबाङमा पत्ता लागेको फलाम खानीको अध्ययन सुरु गर्नुभएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित खस जुम्ली भाषा
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वलक्षित गरी सञ्चालन गरेको सहुलियत मूल्य पसलबाट आठ करोड रुपियाँभन्दा बढीको कारोबार गरेको छ । असोज २१ देखि मङ्सिर १९ सम्म खाद्य कम्पनीले उपत्यकासहित देशका ४९ स्थानमा सञ्चालित सहुलियत मूल्य पसलबाट आठ करोड ३० लाख पाँच हजार ८५९ रुपियाँ बराबरको कारोबार गरेको हो ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल मानव अधिकार र सामाजिक न्यायको पक्षमा थप अग्रसर भइरहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नेपालले राजनीतिक, आर्थिक र सामाजिक विकास गरिरहेको उल्लेख गर्नुभएको छ ।