• ८ मंसिर २०८१, शनिबार

गजल

blog

यो कुरा गर्दै नगर्नोस् बुझ्नो भो ? समय खराब छ

कस्सैको भर नपर्नोस् बुझ्नो भो ? समय खराब छ ।


चेपागाँडाहरू ठुलै विद्वान् भएर देखा परिरहेका छन्

त्यस्ताका लागि नमर्नोस् बुझ्नो भो ? समय खराब छ ।


परेवाको भेषमा आउनेजाने गर्छन् हुचिलहरू यता

अब कनिका नछर्नोस् बुझ्नो भो ? समय खराब छ ।


बल्लबल्ल दुःखले कमाउनु भो त्यत्रो नाम र इज्जत

माथिबाट झर्दै नझर्नोस् बुझ्नो भो ? समय खराब छ


कहिले कता कहिले कता धेरै कष्ट पाउनु भो यहाँले

त्यसरी आइन्दा नचर्नोस् बुझ्नो भो ? समय खराब छ ।