• १२ साउन २०८१, शनिबार

भारतबाट ल्याइएका अवैध राँगा नियन्त्रणमा

blog

बाँके प्रहरीले नियन्त्रण गरेका राँगा । तस्विर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, मङ्सिर २२ गते । बाँके प्रहरीले अवैध रुपमा भारतबाट भन्सार छलीगरी ल्याइएका राँगा नियन्त्रण गरेको जनाएको छ । जिल्लाको डुडुवा गाउँपालिकाबाट भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याइएका चार राँगा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हिरमिनीयाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार डुडुवा गाउँपालिका –६ मन्सिपुरुवाबाट उक्त राँगा बरामद गरेको प्रनाउ डाँगीले बताउनुभयो ।

राँगाहरु ल्याउँदैग रेका व्यक्तिले प्रहरीलाई देखेपछि राँगा छाडेर भागी फरार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद गरिएका चार राँगाको अन्दाजी मूल्य १ लाख ४० हजार रुपियाँ बराबरको छ । आवश्यक कारबाहीका लागि राँगालाई नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।