• १२ साउन २०८१, शनिबार

अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री नेतान्याहुबीच वार्ता

blog

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु

वाशिङ्गटन डिसी, मङ्सिर २२ गते । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वार्ता गर्नुभएको छ 

नागरिकहरूको सुरक्षा गर्न र उनीहरूलाई हमास आतङ्ककारीहरूबाट अलग गर्न अत्यावश्यक रहेको विषयमा वार्ता केन्द्रित रहेको जनाइएको छ । दुई नेताहरूले गाजा क्षेत्रमा विकसित पछिल्ला घटनाक्रम बारे छलफल केन्द्रित गर्नुभएको बताइएको छ ।

राष्ट्रपति बाइडेनले ‘गाजामा मानवीय सहायताको निरन्तर र दिगो प्रवाह’ को महत्त्वमा विशेष जोड दिनुभएको छ । उहाँले इन्धनको व्यवस्थापन सुनिश्चित गर्ने इजरायलको निर्णयलाई स्वागत पनि गर्नुभएको छ । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिले नागरिकको सुरक्षा गर्न र नागरिकलाई हमासबाट अलग्गै राख्न महत्त्वपूर्ण कदम चाल्न आवश्यक रहेको विषयमा जोड दिनुभएको छ ।’

राष्ट्रपति बाइडेनले प्यालेस्टिनीहरू विरुद्ध गरिएको चरमपन्थी हिंसाका विषय र वेस्ट बैंकमा स्थायित्व बढाउनुपर्ने आवश्यकताको बारेमा आफ्नो चिन्ता दोहोर्‍याउनु छ ।

बाइडेनले गाजा क्षेत्रमा रहेका बन्धकहरूप्रति गहिरो चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) लाई हमास आतङ्ककारीहरूले राखेका बाँकी बन्धकहरूसम्म पुग्न अनुमति दिनुपर्ने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्ति अनुसार उहाँले युवती (महिला) नागरिक बन्धकहरूलाई रिहा गर्न हमासले गरेको इन्कारले मानवीय संवेदनशीलतामा आँच पुगेको बाइडेनको ठहर छ । दुवै नेता नियमित छलफलमा बस्न सहमत भएको बताइएको छ । रासस/एएनआई