सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिले गरेको गल्तीको दोष प्रणालीलाई दिन नहुने बताउनुभएको छ।
उपसभामुख इन्दिरा राना मगरले महिनावारी बेलामा हुने विभेदको घरबाट नै अन्त्य गर्नुपर्ने बताउनु भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्र र विभिन्न राजनीतिक दलका नेतासँग छलफल गर्नुभएको छ।
गणतन्त्र दिवसको अवसर पारेर नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट रेशम चौधरीसहित १९ जना कैदीको बाँकी कैद मिनाहा भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ ।
महागुरु पण्डित बज्राचार्य स्व. बद्रीरत्न गुरुजुले स्थापना गर्नुभएको बज्राचार्य अध्ययन मण्डलले नेवारी परम्पराअनुसार ४४ औँ स्थापना दिवस मनाएको छ ।
जेठ १७ देखि चार दिने भारत भ्रमणको तयारीमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विज्ञहरूले भ्रमणमा जाँदा भ्रमणको मेन्यु लिएर नजान सुझाव दिएका छन् ।
एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ ।
कैलालीका स्थानीय तह बजेट निर्माणमा जुटेका छन् । आगामी आर्थिक वर्ष २०८०–८१ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट असारमा सार्वजनिक गर्नेगरी स्थानीय तहहरू बजेट बनाउने काममा जुटेका हुन ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले सुदूरपश्चिममा युवालाई पासपोर्टको ठाउँमा रोजगारी दिने वातावरण सिर्जना गर्ने बताउनुभएको छ ।
नेपाल अडिटर्स एसोसिएसन (अडान) केन्द्रीय कार्यसमितिको तेस्रो पूर्ण बैठक २१ बुँदे प्रस्ताव जारी गर्दै सकिएको छ ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले मानव स्वास्थ्य सेवामा जस्तै पशु स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्न प्रतिबद्ध रहेको बताउनुभएको छ।
नेपालगञ्ज उप-महानगरपालिकाले समयमै पहिचान गरी उपचार सेवा प्रभावकारी बनाउने उद्देश्यले टोलस्तरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ५ को जमुनहा गाउँमा आगलागी भएको छ । आइतबार दिउँसो १२ बजे भएको आगलागीमा ११ घरसहित एक गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर सरकारको आगामी आर्थिक वर्षको बजेट आउने बताउनुभएको छ।