विश्वसूचना, प्रविधि र विकासले तीव्ररुपमा अघि बढिरेहको अवस्थामा नेपालमा माहिलामाथि दुर्व्यवहार, आर्थिक, सामाजिक, मानसिक, सांस्कृतिक यातना, हिंसा, हत्यामा अझै कमी आउन सकेको छैन । समाजमा यस्ता थुप्रै घटनाहरु भएका छन् । त्यसको थारै मात्र सार्वजनिक हुने गर्दछन् ।
पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूत र सर्वोच्च अदालतका लागि सिफारिस ६ जना न्यायाधीशहरुविरुद्ध ११ वटा उजुरी परेको छ ।
अन्तर्राष्ट्रिय उद्धार समिति (आईआरसी) ले बुधबार सार्वजनिक गरेको अध्ययनले बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशतले वृद्धि भएको खुलासा गरेको छ ।
तामाङ समुदायको उद्गमथलोका रूपमा परिचित काभ्रेपलान्चोकको तेमालमा अन्तर्राष्ट्रिय तामाङ सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्न तेमाल गाउँपालिकाले सरोकारवालासँग छलफल थालनी गरेको छ ।
गाउँको पूजा हुनुअघि बासमती धान काटेपछि स्थानीय किसान दण्डित भएका छन् । टोलमा रहेको बौद्धीमाइको पूजापछि मात्र बासमती धान काट्ने परम्परा छ ।
सहरी विकासमन्त्री सीता गुरुङले नेपालजस्ता देशका लागि जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२८ मा स्थापना गरिएको हानि, नोक्सानी कोष)मार्फत एकीकृत दृष्टिकोण र सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ ।
तुलसीपुर बजारको फुटपाथ क्षेत्रको अतिक्रमण हटाउन सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले बजारक्षेत्रको फुटपाथमा निर्माण गरिएका संरचना डोजर चलाएर सफा गराउन सुरु गरेको छ ।
विस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ-पोखरा सडक खण्डको मादी नदीमा निर्माण गरिने पुलको फाउण्डेसनको काम सुरु भएको छ। तनहुँको सदरमुकाम दमौली नजिकै व्यास नगरपालिका–३/५ जोड्ने मादी नदीमा पृथ्वीराजमार्गको सबैभन्दा लामो 'आर्क डिजाइन'को चार लेनको पुल निर्माण सुरु भएको हो ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा देखापरेको आर्थिक सङ्कट समाधान गर्न वर्तमान सरकार दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभएको छ ।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) मा रहेको आफ्नो पार्टी प्रमुखको पदबाट राजीनामा दिने घोषणा गर्नु भएको छ ।
रामेछापमा बसोवास गर्ने माझी समुदायको मौलिक संस्कृतिसँग सम्बन्धित परम्परागत वाद्यवादन लोप हुँदै गएको छ । माझी समुदायको चाडपर्व तथा विशेषगरी मृत्यु संस्कारमा नभइ नहुले ढोलक, मादल र झ्याली लोप हुँदै गएको हो । रामेछापलाई माझी जातिको उद्गम थलो मानिन्छ ।
चार सय केभीको पश्चिम सेती (बझाङ–वनलेक–दोदोधरा) विद्युत प्रसारण लाइन छिट्टै निर्माणका लागि सम्बन्धित निकायलाई निर्देशन दिने सङ्घीय सरकारले प्रतिबद्धता जनाएको छ ।
पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी बुधबार रिहा हुनुभएको छ । मानवता विरुद्धको अपराधमा उहाँले २५ वर्षे जेल सजाय भोगिरहनु भएको थियो । संवैधानिक अदालतले मङ्गलबार ‘तत्काल रिहा’ आदेश जारी गरेपछि उहाँ जेलमुक्त हुनुभएको हो ।
गौशालाका अध्यक्ष भरतनाथ योगीले पराल प्राप्त गरेपछि १५ दिनका लागि गाईवस्तुलाई आहारा पुग्ने बताउनुभयो ।
विश्वमै ट्रेकिङ (पदयात्रा) का लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएको छ । यतिखेर ट्रेकिङमा गएका नागरिक हेर्ने हो भने विदेशीभन्दा स्वदेशी धेरै भेटिन्छन् । नेपालमा पछिल्लो समय आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएसँगै यसको सम्भावना पनि बढ्न थालेको पर्यटन व्यवसायीहरू बताउँछन् ।