जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष रुमलाल कँडेलले दुइ सय ८४ जना कृषकले भण्डारण गरेको चार सय टन आलुको बीउ निर्यात गरेको राससलाई जानकारी दिनुभयो । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडमा दुई सय ८४ जना सक्रिय कृषकसहित पाँच सय चार जना अन्य सेयर सदस्य आबद्ध छन् ।
मन्त्रिपरिषद्को निर्यणअनुसार बाँकेको जमुनाहस्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको मर्मतसम्भार र पुनःस्थापना थालिएको छ । बुधबार नेपालगञ्ज उपमहानगरपालिका–१६ जमुनाहस्थित नेपाल– भारत सीमा क्षेत्रका ६५१, ११ [३१] नम्बरको सीमास्तम्भमा रङरोगन गरिएको छ ।
हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रूपमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विश्वभर नै मनाइने गरिन्छ । लैङ्गिक हिंसाविरुद्धको अभियानको यस वर्षको नारा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ रहेको छ । नेपालमा विसं २०५४ देखि निरन्तर रूपमा लैङ्गिक हिंसाविरुद्धका विविध सचेतनामूलक कार्यक्रम गरी मनाउन थालिएको छ । हाम्रा समाजमा घट्ने महिला हिंसा अन्त्यका लागि प्रत्येक नागरि
लखाको सदरमुकाम चरिकोट स्थितको पशुपति चौलागाईँ स्मृति अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम प्रारम्भ भएको छ । तीस वर्षमाथिका नसर्ने रोगको पहिचान,निदान,परामर्श र उपचार सम्बन्धी निःशुल्क कार्यक्रम रहेको अस्पताल प्रमुख ज्ञानेश्वर श्रेष्ठले जानकारी दिनु भयो ।
हालै रसियाली सेनामा कार्यरत तीन जना नेपाली युवाको युद्धग्रस्त क्षेत्रमा मृत्यु भएको खबरले सञ्चार माध्यम र सामाजिक सञ्जाल तात्यो । इलामका गङ्गाराज मोक्तान नेपाली सेनामा पाँच वर्ष जागिर खाएपछि दलाललाई छ लाख रुपियाँ दिएर माल्टा जाने लोभले दुबई पुग्नु भएछ । दुबईमा पनि कमाएको सात लाख रुपियाँ दलाललाई बुझाएर रसिया पुग्नु भएछ । युद्धमा परेर भाइटीकाको दिन उहाँको मृत्यु भएको रहेछ । “रसियाबाट नराम्रो खबर आयो नाति टुहुरो भयो” भनेर उहाँका पितालाई उद्धृत गर्दै सञ्चार माध्यमले उल्लेख गरेको छ । समाचार हृदयविदारक छ । तीन जना नेपाली युवाको युक्रेन–रसिया
तीन जना नाबालक छोरा–छोरी साथ लिएर जीर्ण छाप्रोमा बस्दै आउनुभएकी फिदिम ५ की कोपिला सिवा अघिल्लो वर्ष बर्खाभर निदाउनु भएन । पानी पर्दा उहाँको घरमा छिरेर, छोरा–छोरी भिज्थे,ओछ्यान र अगेनो जोगाउन धौ–धौ पर्थ्यो । हिउँदमा ठिहि लाग्ने सिरेटो र शीत लहरले रातभर कठ्याङ्ग्रिनु पर्थ्यो । ‘नयाँ’ घर बनेकाले यो वर्ष पहिले जस्तो दुःख भएन, केटाकेटी लिएर मस्त निदाउन पाएकी छु घाम पानीको पिरलो नभएको’–उहाँले भन्नुभयो ।
सार्वजनिक निकायले खरिद गर्ने निर्माण कार्य, परामर्श, मालसामान वा अन्य जुनसुकै सेवा सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली २०६४ बमोजिम गर्नुपर्ने व्यवस्था छ । सार्वजनिक निकायले गर्ने खरिद कार्यको निगरानी, अनुगमनलगायतका कार्य गर्न तोकिएको काम, कर्तव्य र अधिकार प्राप्त सार्वजनिक खरिद अनुगमन कार्यालय स्थापित छ । खरिद कार्य निष्पक्ष, प्रतिस्पर्धी, कम खर्चिलो र पारदर्शी गराउनु ऐन र नियमावलीको मर्म हो । ई–बिडिङको प्रचलन आएदेखि सम्भवतः खरिद प्रक्रिया निष्पक्ष र पारदर्शी बनेको छ । खरिद कार्यमा हुने गुण्डागर्दी र सिन्डिकेटलगायतका प्रवृत्ति नियन्त्रण गरेको छ । एउटा योग्यता पुगेको
तनहुँको बन्दीपुर गाउँपालिकाभित्र अव्यस्थित ढङ्गले बसोबास गर्दै आएकालाई जग्गाधनी प्रमाणपत्र प्रदान गर्न जग्गा नापजाँच सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग तनहुँले बन्दीपुर गाउँपालिका–१ बाट जग्गा नापजाँच सुरु गरेको हो ।
नेपाली खेलाडीको सम्मानस्वरूप हास्य कलाकार हरिवंश आचार्यले ‘हामी नेपाली, हाम्रो खेलाडी’ बोलको गीत सार्वजनिक गर्नुभएको छ । नेपाल ‘टी–२० विश्वकप’ मा छनोट भएको र नेपालमा खेलप्रतिको इज्जत बढिरहेको अवस्थामा गीत सार्वजनिक गरेको आचार्यले बताउनुभयो ।
कम्पनी रजिस्ट्रार कार्यालयले दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडको सेयर स्वामित्व खरिद बिक्रीको कुनै आधिकारिक जानकारी नभएको जनाएको छ । संसद्को सार्वजनिक लेखा समितिलाई पत्र लेख्दै सो कार्यालयले दर्ता किताबमा रेनोल्ड होल्डिङ्स लिमिटेडको नाममा रहेको ८० प्रतिशत स्वामित्व रहेको देखिएको र त्यसको बिक्रीसम्बन्धी कुनै आधिकारिक कागजात पेस नभएको उल्लेख गरेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्ट्रसङ्घको अनुरोधमा १० हजारसम्म सेना तैनाथ गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । घानामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नेपालले धेरैजसो प्रतिबद्धता पूरा गरिसकेको र बाँकी केही प्रतिबद्धता पूरा गर्ने क्रममा रहेको उल्लेख गर्नुभयो ।
रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा पर्नुभएकी म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार भएको छ ।
चलचित्र ‘दान्भी’ को पोस्टर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति तय नहुँदै सार्वजनिक भएको पोस्टरमा अभिनेत्री पूजा शर्माले मेसिनगनबाट फायर गर्दै गरेको तस्बिरमा देखिएको छ ।