अग्ला पहाडबाट खस्ने झरना । झरनाको फेदीमा बनेका सफा तलाउ । वरिपरि वनजङ्गल । पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृश्यले यात्राका थकान मेटाइदिने गर्छ ।
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले उत्पादनमूलक क्षेत्रमा सरकारले आवश्यक सहयोग गर्ने बताउनु भएको छ ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ ।
पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङमा तीव्र गतिमा बजार विस्तार भइरहेको छ । बजारमा जनघनत्व बढ्दो छ । गाउँबाट बसाइसराइ गरेर यहाँ आउनेको सङ्ख्या दैनिक बढ्दै गएको छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसले अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
जिल्ला सुरक्षा समिति सुनसरीका सुरक्षा अधिकारीले बिहीबार सीमाबाट हुने अवैध चोरी तस्करी नियन्त्रण गर्न मातहतका प्रहरी चौकीहरूलाई निर्देशन दिएका छन् । केही दिनअघि मात्रै सीमावर्ती क्षेत्र र सीमा स्तम्भको अनुगमन तथा निरीक्षण गरेका अधिकारीले बिहीबार हरिनगरको रामनगर भुटाहा प्रहरी चौकी, घुस्की प्रहरी चौकी, देवानगन्जको इलाका प्रहरी कार्यालय, छोटी भन्सार कार्यालय कौवाखोचको अनुगमन गर्नुभएको थियो ।
ऐँसेलुखर्क गाउँपालिका जोड्ने छ सय मिटर सडकमा हालसम्म तीन करोड रुपियाँभन्दा बढी रकम खर्च भएको छ। २०७२ सालमा ट्र्याक खोलिएको कच्ची सडक मर्मतका लागि मात्र तीन करोड २८ लाख रुपियाँ खर्च भएको हो। ऐँसेलुखर्क गाउँपालिका–७, माक्पा र रावा बेँसी गाउँपालिका–५, दुबेकोलको सिमानामा पर्ने भिरपानी कच्ची सडक मर्मतका लागि मात्र त्यति धेरै रकम खर्च भएको हो। भिरपानी सडक त्यही बाटो हो, जहाँ हरेक वर्ष बर्खा लागेसँगै गाडी फस्ने तथा थुनिने गर्छ। ग्रेड नमिलाई खनिएको भिरपानी सडक ट्र्याक खोल्ने व्रmममा ठुलो चुनौती मोलिएको सडक निर्माणमा संलग्नहरू बताउँछन्।
बाँकेमा सहकारी संस्थालाई सुदृढ र झन् बलियो बनाउन जिल्लाका आठ वटा सहकारी संस्थाले एकीकरण गरेर एकीकृत कारोबार गर्ने निर्णयमा पुगेका छन् । कोराना महामारीपछि देशमा भएको आर्थिक मन्दीका कारण सहकारीहरू राम्रो तरिकाले सञ्चालन हुन नसकेको जनाउँदै बाँकेका आठ वटा साना किसान सहकारी संस्था ‘अष्टम साना किसान कृषि सहकारी संस्था’ को नाममा एकीकरण भएका हुन् ।
वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्नुपूर्व दिइने अभिमुखीकरण तालिमलाई खारेजी नभई प्रभावकारी गराउने विषय उठेको जनाएको छ । बोर्डका सूचना अधिकारी राजन पौडेलले वैदेशिक रोजगारीमा प्रस्थानपूर्व हाल दिइँदै आएको तालिमलाई थप प्रभावकारी गराउने विषयमा छलफल भएको जानकारी दिनुभयो । अभिमुखीकरण तालिममा अनियमितता भएको स्वीकार गर्दै उहाँले भन्नुभयो, “तालिमप्रदायक संस्थाले तालिम नै नदिइकन प्रमाणपत्र दिने व्रmम बढेको छ । त्यसैले तालिम नदिने संस्थाको अनुगमन गरेर तालिम अनिवार्य गराउने र तालिमलाई थप प्रभावकारी गराउन अन्य माध्यमसमेत प्रयोग गर्ने विषयमा छलफल भएको छ ।”
मिस हेरिटेज ग्लोबल नेपाल २०२३ की विजेता मुना रिजालले सन् २०२३ सेप्टेम्बर २३ मा दक्षिण अफ्रिकामा हुने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्नुहुने भएको छ । दक्षिण प्रतियोगितामा प्रतिनिधित्व गर्ने क्रममा मुनाले नेपालको सम्पदा झल्काउने
मुलुकको दिगो विकास लक्ष्य (एसडिजी) र विकासशीलमा स्तरोन्नतिको प्रयासमा नेपाल उद्योग वाणिज्य महासङ्घले पनि सहकार्य गर्ने चासो देखाएको छ । महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिङ्गर हमदीबिच आज महासङ्घ सचिवालयमा भएको भेटमा यसबारे छलफल भएको महासङ्घले जनाएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सापास नगर्नेको सेवा कटौती गर्ने भएको छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न ३० जना अभियुक्तमाथि अदालतमा मुद्दा दायर भएसँगै नाम जोडिएका अन्य उच्च पदस्थ अधिकारीमाथि समेत अनुसन्धान अघि बढ्ने भएको छ। यस प्रकरणमा प्रहरीले पूर्वमन्त्रीद्वय बालकृष्ण खाण, टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत ३० जनाविरुद्ध अनुसन्धान गरे पनि उच्च पदस्थ अधिकारीलाई उन्मुक्ति दिएको भन्दै आलोचना भइरहेको छ।
कालीकोट जिल्लामा खाद्यान्न अभाव हुने भएको छ । सरकारले दिँदै आएको चामल अभाव हुँदा अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मान्मको गोदाम रित्तो हुन पुगेको छ । सरकारको फितलो तयारी र व्यवस्थाका कारण कर्णालीमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ । कर्णालीलगायतका दुर्गम स्थानमा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे पनि कमिसनको चक्करमा ढुवानी हुन नसक्दा सर्वसाधारणले समयमा चामल पाउन कठिन हुने गरेको छ । दैनिक २० क्विन्टलदेखि ३० क्विन्टलसम्म चामल बिक्री हुने कालीकोटमा तोकिएको समयमा चामल ढुवानी नहुँदा खाद्यान्नको चरम अभाव भएको कार्यालय जनाएको छ ।
सत्र वर्षअघि झापाको विभिन्न स्थानमा तस्करबाट बरामद गरिएको २० मेट्रिकटन बहुमूल्य रक्तचन्दन [काठ] जिल्ला वन कार्यालयको दुईवटा कोठामा थन्किएको छ ।