• १२ साउन २०८१, शनिबार

अमेरिकाको टेक्सासमा आमाबुवाको हत्या गर्ने पक्राउ

blog

ह्युस्टन, मङ्सिर २१ गते । अमेरिकाको टेक्सास राज्यमा एकजना संदिग्ध व्यक्तिलाई बाबुआमा र अन्य चार व्यक्तिको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।

चौतिस वर्षीय शेन जेम्स जुनियर नामका ती व्यक्तिले सोमबार राति १० बजेतिर क्यालिबर ह्यान्डगनले आमाबुबालाई गोली हानेको आशङ्का गरिएको छ । जेम्सलाई मानसिक स्वास्थ्य समस्या रहेको र घरेलु हिंसाको घटना पछि सेनाबाट हटाइएको जनाकारीमा आएको छ ।

मङ्गलबार सान एन्टोनियोबाट करिब ८० माइल (१२९ किलोमिटर) टाढा अस्टिनका विभिन्न स्थानमा अन्य चार जना व्यक्तिको हत्यामा पनि उनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

अस्टिन प्रहरी प्रमुख रोबिन हेन्डरसनले बुधबार पत्रकारलाई बताए अनुसार पक्राउ गर्ने क्रममा अभियुक्तले प्रहरीमाथि पनि गोली चलाएका थिए । रासस/सिन्ह्वा