गायक आशिष अविरल र गायिका सुशीला पाठकको स्वरमा रहेको गीत ‘ओ हो नि’ को भिडियो सार्वजनिक भएको छ । गीतमा शिव हमालको शब्द र सङ्गीत, आशिष अविरलको सहायक सङ्गीत र मिक्सिङ, मास्टरिङ छ ।
कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूलाई बुधबार पक्राउ गरिएको हो ।
चलचित्र ‘गणपति’ भदौ १४ गते प्रदर्शन हुने भएको छ । सबिन अधिकारीको लेखन र निर्देशनमा बनेको ‘गणपति’ को लक्ष्मण रिजाल निर्माता हुनुहुन्छ । चलचित्रमा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व. जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुष्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु रानालगायतलको अभिनय छ ।
ओम सुनार २०६६ सालदेखि निरन्तर सङ्गीत साधनामा हुनुहुन्छ । बाल्यकालदेखि नै गीत सङ्गीतमा झुकाव राख्नुहुने सुनारले दर्जनौँ गीतमा स्वर र सङ्गीत दिनुभएको छ । सुदूरपश्चिमको कैलालीस्थित लम्की चुहामा बाल्यकाल बिताउनुभएका ओम स्कुल जीवनदेखि नै गीत सङ्गीतमा झुकाव राख्नुहुन्थ्यो । उहाँ हरेक दिन बिहान तीनदेखि चार घण्टा सङ्गीतको अभ्यास गर्नुहुन्छ ।
दोलखाको कालिन्चोक गाउँपालिका –५ लापिलाङमा जन्मनु भई हाल भीमेश्वर नगरपालिका –८ मा स्थायी बसोबास गर्नु हुने किसान रेसम खड्काले आलु खेतीबाट मात्रै वार्षिक करिब चार लाख रुपियाँ आम्दानी गर्दै आउनु भएको छ ।
जनताको सबैभन्दा नजिकको सरकारका रूपमा रहेको स्थानीय तहले सेवा प्रवाहमा राम्रै काम गरेको भए पनि बेथिति झन् झन् बढ्दै गएको छ। हरेक वर्ष महालेखा परीक्षकको कार्यालयले सुधार गर्न सुझाव दिए पनि स्थानीय तहका बेथिति न्यूनीकरण हुन सकेका छैनन्। महालेखा परीक्षकको कार्यालयले
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रणाली चेन अफ कमान्डबाहिर चल्न नसक्ने बताउनुभएको छ। उहाँले भन्नुभयो, “चेन अफ कमान्ड कमजोर गरेर सुरक्षा निकाय परिचालन हुन सक्दैन। अहिले चेन अफ कमान्ड सुस्पष्ट रूपमा सुदृढ तुल्याइएको छ।” राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा उहाँले शान्ति सुरक्षा आमनागरिकसँग मात्र सम्बन्धित नभई राजनीतिक परिवर्तनको औचित्य र दिगोपनसँग जोडिएको विषय पनि बताउनुभयो। उहाँले मुलुकको भू–राजनीतिक संवेदनशीलता र राष्ट्रको सुरक्षासमेतलाई ध्यान दिएर शरणार्थीलगायतका विषयमा आवश्यक नीति लिइने जानकारी दिनुभयो।
सरकारले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न पाँचवर्षे नयाँ राष्ट्रिय कार्ययोजना ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा ल्याएको हो । आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात नहुँदा नेपालको वैदेशिक व्यापार घाटा बढ्दै गएपछि त्यसलाई कम गर्न कार्ययोजना ल्याएको हो । यसअघि २०७५ सालमा ल्याएको व्यापार घाटा न्यूनीकरणसम्बन्धी कार्ययोजना कार्यान्वयन नभई मन्त्रालयले पुनः नयाँ कार्ययोजना ल्याएको हो ।
स्वास्थ्य चौकीलाई पानी नदिँदा बन्द प्रसूति सेवा सुचारु गर्न पञ्चेश्वर गाउँपालिकाले पानीका ट्याङ्कर बोलाएको छ । पञ्चेश्वर गाउँपालिका–१ स्थित पञ्चेश्वर स्वास्थ्य चौकीको प्राङ्गण भएर सल्ला बस्ती र धामकुडी मन्दिरमा जाने पाइपबाट स्वास्थ्य चौकीलाई धारा दिन सम्भाव्यता अध्ययनसमेत हुने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले देशभरका सरकारी निकायले प्रयोग गरेका सामाजिक सञ्जालको प्रयोग र अवस्थाबारे सात दिनभित्र जानकारी गराउन निर्देशन गरेको छ । देशभरका सरकारी कार्यालय, संवैधानिक आयोग र सरकारी निकायले गरेका फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालको अवस्थाबारे जानकारी गराउन निर्देशन दिएको हो ।
प्रस्तावित प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइको प्रक्रियामाथि नै प्रश्न उठाउँदै बहुसङ्ख्यक उजुरीकर्ताले संसदीय सुुनुवाइ समितिसँगको छलफललाई अस्वीकार गरेका छन् । उहाँमाथि उजुरी दिने २९ मध्ये १६ जनाले आफ्ना जायज मागको सुनुवाइ गर्न समिति इच्छुक नदेखिएको भन्दै समिति बैठकबाट बाहिरिए । समितिकै बैधतामाथि प्रश्न उठाएका उजुरीकर्ता समितिसमक्ष धारणा राख्न तयार भए पनि कुरा सुनुवाइ नभएको भन्दै छलफलको बिचबाटै बाहिरिएका छन् ।
नेपाल सरकार र संयुक्त अरब इमिरेट्स (युएई) सरकारबीच श्रम सम्झौता नवीकरण भएको छ ।
रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका ५ दुदिलचौरमा निर्माणाधीन बुरालमष्टको मन्दिर । यो मन्दिर जिल्लाको प्रसिद्ध धार्मिकस्थल मध्य एक हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखको शीरस्थानमा अवस्थित प्राकृतिक ग्यास उत्खनन क्षेत्रको अनुगमन तथा निरीक्षण गर्नुभएको छ।
नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार प्राधिकरणलाई गुनासो सम्बोधन गर्ने काममा प्रतिस्पर्धा गर्न निर्देशन दिनुभएको छ ।