दोलखाको शैलुङ गाउँपालिका–८ मा करिब डेढ दशकअघि निर्माण सुरु भएको झोरखोला सिँचाइ योजनामा गत आर्थिक वर्षमा विनियोजन भएको बजेट स्थानीयबिच भएको वादविवादका कारण खर्च हुन नसक्दा सञ्चालन हुन सकेको छैन ।
गलकोट नगरपालिका–८ थालेपोखराकी तलुसी पुन ९६ वर्ष पूरा हुनुभयो । उमेर ढल्दै गए पनि उच्च रक्तचापबाहेक उहाँमा अन्य स्वास्थ्य समस्या थिएन ।
मुलुकको प्रमुख खाद्यान्न बाली धान भित्र्याउने कार्य यतिबेला लगभग सकिन लागेको छ । यस पटक धान खेतीका लागि मौसम प्रतिकूल नभएको र भित्र्याउने समयमा पनि झरीहुरी नआएको कारणले मेहनतको बाली बिनानोक्सानी भित्र्याउन पाउँदा कृषकले गुनासो गर्नुपर्ने अवस्था सिर्जना भएन । अघिल्लो वर्षको तुलनामा उत्पादनमा कमी आएको प्रारम्भिक आकलन गरिएको भए पनि यकिन तथ्याङ्क भने आउन बाँकी नै छ । समयमा बिउ तथा मल उपलब्ध नहुनु, सिँचाइको पर्याप्त
लोकतान्त्रिक शासन व्यवस्थाको सुरुवातसँगै निश्चित उद्देश्य र लक्ष्य प्राप्तिका लागि विचार मिल्ने नागरिक मिलेर नै राजनीतिक दल स्थापना गरेका हुन् । दर्शन, विचार, साङ्गठनिक संरचना, रणनीति र कार्यनीतिको खाकामा सहमतिपछि दलहरूको स्थापना भएको हो । दलहरूको प्रमुख काम भनेको नागरिक सङ्गठित गर्ने, परिचालन गर्ने, चेतना अभिवृद्धिसँगै आफ्नो देशको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थाको विश्लेषण गर्दै नागरिक जीवन सहज बनाउनका लागि शिक्षा, स्वास्थ्य, सञ्चार, उद्योग, कृषि, वन, पर्यावरण, भौतिक पूर्वाधार निर्माणलगायत विकास प्रक्रियालाई ठिक ढङ्गले अघि बढाउन निर्वाचनमार्फत जनमत लिने र शासकीय संरचनामा सहभागी भएर नागरिकलाई आवश्यक सहज र सरल रूपमा नियमित सेवा प्रदान गर्ने मूल उद्देश्य हो ।
समग्र ज्ञान र रणनीतिले दिगो दृष्टिकोण अङ्गीकार गर्दै समाजले सामना गरिरहेका जटिल र अन्तरसम्बन्धित मुद्दालाई सम्बोधन गर्न खोज्छ । यसको उद्देश्य शान्ति र समृद्धिलाई जोड दिई जनकल्याण, दिगो स्थिरता र समानतालाई बढावा दिनु हो । इजरायलमा प्यालेस्टिनी अतिवादी समूह हमासले हालै गरेको हिंस्रक आक्रमण र २१ औँ शताब्दीमा युक्रेनमा जारी द्वन्द्वसँगै इजरायलबाट भइरहेको प्रति आक्रमणबाट भएको नागरिक हताहत जस्ता अमानवीय घटनाले हाल मानवताले सामना गर्नुपर्ने गहिरो सङ्कट र चुनौती उजागर गर्छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दु भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
छरिएर रहेका बचतलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाहित गरी राष्ट्रिय पुँजी निर्माण, औद्योगीकरण तथा अर्थतन्त्र समृद्ध बनाउन पुँजी बजारको महìवपूर्ण भूमिका हुन्छ । स्वच्छ, प्रतिस्पर्धी र फराकिलो धितोपत्र तथा वस्तु विनिमय बजारमार्फत राष्ट्रिय पुँजी निर्माण गर्ने सोच पन्ध्रौँ योजनाको छ । योजनाको अन्त्यसम्ममा सार्वजनिक धितोपत्रमा लगानी गर्ने जनसङ्ख्या ४.४ प्रतिशतबाट २० प्रतिशत पुग्ने अपेक्षा रहेको छ । आर्थिक वर्ष २०७९÷८० को आर्थिक सर्वेक्षण अनुसार कुल जनसङ्ख्याको १९ प्रतिशतले हितग्राही (डिम्याट) खाता खोलेका छन् । लगानीकर्तामा वित्तीय साक्षरताको कमीसँगै दोस्रो बजारमा करोबार भई धितोपत्र बजारमा देशव्यापी पहुँच पु¥याउनु अहिलेको प्रमुख चुनौती हो ।
पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पा रिव्दीकोट गाउँपालिका–३, का ३० वर्षीय विष्णु ढकाल रहनुभएको छ ।
द्वन्द्वकालमा मालपोत कार्यालयका श्रेस्ता जलेर नष्ट हुँदा सरकारी सार्वजनीक जग्गाको विवरण एकिन गर्न कठिनाए भएको राष्ट्रिय भूमी आयोग जिल्ला समिति पाल्पाले जनाएको छ ।
संस्कृति र शिक्षाको सम्बन्ध नङ र मासुको हुनु पर्छ । नवयुवामा विदेशमा मात्र प्रगति देख्ने दृष्टिकोण आएको शिक्षाको कारणले पनि हो । शिक्षाले आत्मसम्मान, रोजगारी र संस्कृति केही पनि दिन नसकेको आक्षेपबिच नवयुवा अनेक सपना लिएर पलायन भइरहेका छन् । माटो, संस्कृति र देश प्रेमसँग शिक्षा जोडिन नसकेकाले यस्तो भएको हो ।
राष्ट्रिय योजना आयोगले आगामी पञ्चवर्षीय योजनालाई परिमार्जित र व्यावहारिक बनाउने बताएको छ । आयोगले बिहीबार पत्रकार सम्मेलन गर्दै समृद्ध मुलुक निर्माणलाई सही योजना र नीतिमार्फत साकार पार्ने गरी आगामी १६ औँ पञ्चवर्षीय योजना तयार हुने जनाएको हो । आगामी पञ्चवर्षीय योजनाको अन्त्यसम्ममा मुलुकको अर्थतन्त्रको आकार ८० खर्ब रुपियाँ बराबरको हुने आकलनसहित योजना तयार भइरहेको आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
‘लम्पी स्किन’ विरुद्धको खोप बनाउनका लागि अफ्रिकी मुलुक केन्याका इन्टरनेसनल ल्याइभस्टक रिसर्च इन्स्टिच्युट (आइएलआरआई) ले नेपाललाई सहयोग गर्ने भएको छ । केन्याका वैज्ञानिक नेपाल आएर त्यस विषयमा अध्ययन गरी खोप उत्पादनका लागि सहयोग तथा सहजीकरण गरिदिने प्रतिबद्धता जनाएको पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले बताउनुभयो । केन्याबाट आएको विज्ञ टोलीले नेपालको प्राविधिक तथा भौतिक अवस्थाबारे छलफल गरी ‘लम्पी स्किन’ रोगविरुद्धको खोप उत्पादन गर्न सकारात्मक प्रतिक्रिया दिएको उहाँले बताउनुभयो ।
शम्भु–निर्मला कला–साहित्य समाजद्वारा आयोजित वरिष्ठ स्रष्टा शम्भुकुमार मिलनको तेस्रो वार्षिक स्मृति दिवसमा स्मृति विम्बमा शम्भुकुमार मिलन (स्मृति ग्रन्थ) को लोकार्पण तथा वरिष्ठ पत्रकार, लेखक तथा इतिहासविद् भैरव रिसाललाई शम्भु–निर्मला विशिष्ट साधक सम्मान–२०८० प्रदान गरिएको छ ।
विगत पाँच दशकदेखि भुटानमा प्रतिबन्धित पुस्तक ‘दन्किँदो भुटान’ को नयाँ संस्करण आएको छ । भुटानको पहिलो प्रजातान्त्रिक आन्दोलनका योद्धाका नामले चिनिने देवीभक्त लामिटारेले लेखेको पुस्तक पत्रकार विनोद ढुङ्गेलको सम्पादनमा प्रकाशन भएको हो । पुस्तक बिहीबार सार्वजनिक गरिएको छ ।