बाँकेको कोहलपुर नगरपालिकाभित्रका किसानलाई अत्याधुनिक तरिकाले खेती गरेर उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको छ । कृषि उत्पादनलाई वृद्धि गर्ने अभियानका साथ किसानलाई कृषिमा आत्मनिर्भर बनाउन कोहलपुर नगरपालिका अन्तर्गत कृषि शाखाको ५० प्रतिशत अनुदानमा उक्त सामग्री वितरण गरिएको हो । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख सङ्गीता सुवेदी र आर्थिक विकास समितिका संयोजक अनिता बिसीले संयुक्त रूपमा किसानलाई कृषि सामग्री र उपकरण हस्तान्तरण गर्नुभयो ।
सप्तरीको विभिन्न सडकमा डिपो झैँ बालुवा, गिट्टी थुपारेपछि दुर्घटनाको जोखिम अत्यधिक रहेको स्थानीय बासिन्दा बताउँछन् । राजविराज नगरपालिकाको विभिन्न ठाउँका सडकमा बालुवा, गिट्टी डिपो झैँ थुपारिएपछि दुर्घटनाको जोखिम रहेको स्थानीय हरेराम यादवले बताउनुभयो । राजविराज नपा–१० स्थित बिरौल चोक, खाँडो पुल चोकको बिच सडकमै बालुवा, गिट्टीको डिपो सञ्चालन गर्दा दुर्घटनाको जोखिम रहेको छ ।
सप्तरीको हुलाकी लोकमार्ग अन्तर्गत राजविराज–कन्चनपुर सडकखण्डको खाँडो नदीको पुल निर्माण सम्पन्न भएको पाँच वर्ष नबित्दै उप्किन सुरु भएको छ । नेपाल सरकारको कुल १० करोड रुपियाँको लागतमा अरुण लामा जेभी कन्स्ट्रक्सनले बनाएको पुल पाँच वर्ष नपुग्दै उप्किन सुरु भएको हो । निर्माण गरिएको पुलमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको आरोप छ । पुलको गुणस्तरहीन काम ढाकछोप गर्न ठाउँ ठाउँमा सिमेन्टको घोल हालेको स्थलगत रूपमा स्पष्टै देखिएको नेकपा (माओवादी केन्द्र) का नेता दीपेन्द्र माझीको आरोप छ ।
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बुधबार कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । कोशी प्रदेश सभामा उहाँले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा सरकारले कृषिमार्फत रोजगारी सिर्जना गर्ने, प्रविधि र नागरिकमैत्री सेवा विस्तारमा जोड दिने, विगतदेखि सञ्चालित बहुवर्षीय आयोजनाहरू सम्पन्न गर्ने तथा विपत् व्यवस्थापनका लागि अन्तरनिकाय सम्बन्धलाई सुदृढ बनाउने, शिक्षालाई रोजगारमूलक एवं सूचना प्रविधिमैत्री बनाउने कुरामा
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने गुमनाम थियो । यहाँ तीन जिल्लाका भेडी गोठालाले भेडा चरन क्षेत्रका रूपमा प्रयोग गर्दै आएका थिए ।
विश्व अर्थतन्त्रमा देखिएको सङ्कटको प्रभाव नेपाल भित्रिने वैदेशिक लगानीमा पनि देखिएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को १० महिना (वैशाख) सम्म नेपाल भित्रिने त्यस्तो लगानी करिब ११ अर्ब रुपियाँले घटेको पाइएको हो । बैङ्कको तथ्याङ्क अनुसार वैशाखसम्म नेपालले छ अर्ब १६ करोड २९ लाख रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी प्राप्त गरेको छ । जब कि गत आर्थिक वर्षको वैशाखसम्म १७ अर्ब आठ करोड ८९ लाख रुपियाँ विदेशी लगानी भित्रिएको थियो ।
लामो समयपछि सोमबार र मङ्गलबार बिहान उज्यालो हुनुपूर्व भएको वर्षाले गर्मीबाट केही राहत मिले पनि कृषकका लागि भने यो ‘मरेपछिको औषधी’ जस्तै भएको छ । लामो समयको खडेरीले अन्नबाली विशेष गरी मकै खेती गर्ने चितवनका कृषक यति बेला चिन्तित छन् । मकैको बोट पूरै आगो लाग्ने गरी सुकेको अवस्थामा आएकाले यो पानीले उनीहरूलाई कुनै राहत दिन सकेन ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने ढङ्गले आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माण गर्नुभएको छ । संसद्मा बजेटउपरको सैद्धान्तिक छलफलका क्रममा प्रतिपक्षले बजेटको छिद्रान्वेषण गर्नु स्वाभाविक हो । प्रतिपक्षले सरकारको नीति तथा कायक्रम र बजेटबिच तादात्म्य नरहेको औँल्यायो । यो उसको प्रतिपक्षी धर्म नै हो । सामान्यतः प्रतिपक्षका आलोचनात्मक टिप्पणीको प्रतिवाद सत्तापक्षबाट हुन्छ । यस पटक सत्ता गठबन्धनका साझेदार दलका केही सांसदले बजेटप्रति गुनासो पोख्नुभएको देखियो । यस्तो गुनासाप्रति मन्त्रीपरिषद् गम्भीर बनेको छ । यिनलाई सम्बोधन गरी बजेट पारित गर्ने समझदारी भएको छ ।
आज हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पूर्ण अभ्यासमा छौँ । २०७२ सालमा जारी गरिएको नयाँ संविधानको प्रस्तावनामै यसको सुस्पष्ट व्याख्या गरिएको छ । सदीयौँ वर्ष पुरानो निरङ्कुश राजतन्त्रको अवसानपछि स्थापित गणतान्त्रिक शासन व्यवस्था ठुलो बलिदानी र लगानीबाट मात्र सम्भव भएको हो । यसले पछाडि परेका तथा पारिएका वर्ग, जाति, लिङ्ग र क्षेत्रका जनताका बहुआयामिक हित र स्वार्थलाई सुनिश्चित गरेको छ ।
ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्ध जनचेतना जगाउने उद्देश्यले सन् २००६ देखि अमेरिकास्थित इन्टरनेसनल नेटवर्क फर प्रिभेन्सन अफ एल्डर अब्युज (आइएनपिइए) नामक संस्थाले हरेक वर्ष जुन १५ लाई ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्ध विश्व जनचेतना दिवस मनाउन सुरु गरेको थियो । यो दिनको विश्वव्यापी महत्त्व र आवश्यकता मनन गर्दै संयुक्त राष्ट्रसङ्घले पनि सन् २०१२ देखि यो दिवसलाई मान्यता दिएको थियो । संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रले जुन १५ लाई ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्ध विश्व जनचेतना दिवसका रूपमा यो दिवस मनाउँदै आइरहेका छन् ।
पछिल्ला दिनमा अमेरिका र चीनबिचको सम्बन्धमा चिसोपन बढेको छ । दुवै देशका अधिकारी एकअर्काविरुद्ध तातो बहस, आरोप–प्रत्यारोपमा उत्रेका छन् । विश्वको पहिलो महाशक्ति राष्ट्र अमेरिकासँग दोस्रो आर्थिक शक्ति राष्ट्र चीनको प्रतिस्पर्धा नै सबैका लागि चासो र चिन्ताको विषय हो । आजको वास्तविकता यी दुई महाशक्ति मिलेर स्वच्छ प्रतिस्पर्धा गरे
नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस आर्थिक वर्षको दस महिनामा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.४१ प्रतिशत छ । आयात १६.८ प्रतिशतले, निर्यात २४.५ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह नेपाली रुपियाँमा २३.४ प्रतिशतले र अमेरिकी डलरमा १३.४ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति २१४ अर्ब ६७ करोड रुपियाँले बचतमा रहेको छ ।
बेनिघाट रोराङ गाउँपालिका -२ राहुल डाँडास्थित सडकमा ताल्तीबाट मलेखुतर्फ जाँदै गरेको ग.१ ज ७८६७ नम्बरको बोलेरो गाडीबाट खसेर गाडीमा सवार गजुरी गाउँपालिका २ छेबाङ बस्ने ७० वर्षीय मान बहादुर दमाईको मृत्यु भएको छ ।
आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका ६ नेर्पा स्थायी घर भई हाल सोही नगरपालिका ७ दोर्पा डेरा गरी बस्ने ३२ वर्षीय बाल जीत राईलाई प्रहरीले पक्राउ गरेको छ । २८ वर्षीया श्रीमती सरिता तामाङको हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरेको प्रहरीले विज्ञप्ति मार्फत जनाएको छ ।
धरान नगरपालिकाका प्रमुख हर्क साम्पाङको चर्चा जताततै चलिरहेको छ । उहाँ अहिले चलचित्रको नायक झैँ बन्नुभएको छ । उहाँको कामको तारिफ गर्दै बधाई दिनेको ओइरो लागेको छ । यसैबिच कलाकारहरूले पनि साम्पाङलाई बधाई दिन पछि परेनन् । उनीहरूले सामाजिक सञ्जालमार्फत साम्पाङलाई बधाई दिइरहेका छन् ।