नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्वार बनाउन सिफारिस गर्ने नेपाली कांग्रेस झापाले सर्वसम्मत रुपमा निर्णय गरेको छ।
समाज सुधारक भनेर चिनिनुहुने शिक्षा अभियान्ता स्वर्गीय कुमार हाङ बेघाको पूर्णकदको शालिक अनावरण गरिएको छ।
सार्वजनिक खरिद ऐन स्वास्थ्य मैत्री नहुँदा स्वास्थ्य उपचार उपकरण खरिदमा ढिला हुने गरेको विज्ञले बताएका छन्।
गुल्मीको मदाने गाउँपालिका –७, भनभने टिमुरखर्क मोठकी २२ वर्षीय फुलमाया सुनारको गत असार महिनामा दायाँ स्तनमा समस्या आयो । अहिले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उहाँको आर्थिक अवस्था कमजोर भएकाले सहयोगको अपिल गरिएको परिवारका सदस्यले बताउनुभएको छ ।
लघुवित्त तथा वित्तिय शोषणको विरुद्धमा नेपालगञ्जमा शुक्रबार विरोध प्रदर्शन गरिएको छ ।
जिल्लाका आठ वटै स्थानीय तहका लक्षित जनसङ्ख्याको १६ देखि ४५ वर्ष उमेर समूहका करिब ५४ हजार छ सय ३५ जनालाई टाइफाइड विरुद्धको खोप दिइने भएको छ ।
निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । शुक्रबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति कार्यालयमा पुगेर वार्षिक प्रतिवेदन बुझाउनुभएको हो ।
तनहुँको भानु नगरपालिका-१ रहेको सतीघाटलाई नगरपालिकाले ऐतिहासिक, धार्मिक र साहित्यिक क्षेत्रका रुपमा विकास गर्न गुरुयोजना बनाउने भएको छ । हिमालबाट आएको कर्मदा नदी (मस्र्याङ्दी किनार) सतीघाट (गाईथुने)लाई ऐतिहासिक, धार्मिक र साहित्यिकस्थलका रुपमा विकास गर्न गुरुयोजना बन्ने भएको हो ।
बाँके जिल्लाका भूमीहिन तथा सुकुम्वासी नागरिकलाई जग्गाको लालपुर्जा वितरण गर्नका लागि अहिले विभिन्न पालिकामा निस्सा वितरण गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिने बताउनुभएको छ । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत आज नेकपा (माओवादी केन्द्र) मिक्लाजुङ –५ ले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
बाँकेको खजुरा गाउँपालिका –७ मनकामनामा रहेको दुर्गा– कालिका तथा शिव मन्दिरको जग्गा संरक्षणका लागि देउसी–भैली खेलेर संकलन गरेको रकमले पर्खाल निर्माण गरिएको छ ।
सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा सञ्चालित सूचना तथा परामर्श केन्द्रमा चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर महिनासम्म वैदेशिक रोजगारीमा ठगी लगायतका सम्बन्धी एक सय ६९ वटा उजुरी परेका छन् ।
गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गाको चौतारामा रहेको गौशालालाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि आज विज्ञसँग छलफल गरेको छ । राष्ट्रियसभाबाट पारित भएको सो विधेयकलाई थप समृद्ध बनाउन उच्च शिक्षा क्षेत्रमा कार्यरत विज्ञहरुलाई समितिले छलफलमा बोलाएको हो ।
बागलुङ बजारमा संवेदनशील खाद्य पदार्थको आधारभूत परीक्षण गर्न सकिने गरी खाद्य प्रयोगशाला स्थापनाको पहल थालिने भएको छ । बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिको बैठकले प्रयोगशाला स्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय गरेको हो ।