मनसुन सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढ्न थालेको छ । बुधबार साँझ परेको अविरल वर्षासँग आएको पहिरोले मोलुङ गाउँपालिका वडा नं. ३ को वडा कार्यालय भवन पुरिएको छ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
शुक्लागण्डकी नगरपालिका –२ मा पर्छ दगाम गाउँ । यस गाउँमा २३ घर रहेका छन् । बीस घरमा मगर तथा तीन घरमा गुरुङ जातिको बसोबास रहेको छ ।
पूर्व मुख्यसचिव शङ्करदास वैरागीलाई सरकारले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले उहाँलाई सल्लाहकारमा नियुक्त गरेको हो । नियुक्तिसँगै वैरागीले आज बिहानै शपथ लिनु भएको छ ।
पछिल्लो समय ड्रागन खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । खेतीमा जोड दिएपनि ड्रागन बिक्री गर्न कृषकलाई बजारको अभाव भएको छ ।
नेपाल सरकारको मुख्यसचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त हुनुभएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बिहीबार बिहान बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
हेटौँडा हुँदै काठमाडौँ जोड्ने कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक पहिरोले अवरुद्ध बनेको छ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ गोगने स्थित राउते खोलाले बगाएर सोही गाउँपालिकामा कार्यरत सब-इन्जिनियर मन्दिप राईको मृत्यु भएको छ ।
मैले रेडियो र युटुवमा “स्वयम्भूका दुईटा आँखाले न्याय अन्याय छुट्याई हेर्छ” भन्ने गीत सुनेकी थिएँ । स्वयम्भूबाट काठमाडौँ उपत्यका पूरै देखिन्छ भन्ने पनि सुनेकी थिएँ । स्वयम्भूका तस्बिर र भिडियो हेरेकी थिएँ तर त्यहाँ जान पाएकी थिइनँ । त्यसैले मैले मेरो बाबालाई स्वयम्भू घुम्नका लागि भनेँ । मेरो बाबाले मलाई गत वर्ष २०७९ असार ४ गते शनिबारका दिन स्वयम्भू घुम्न लैजानुभयो । चोभारबाट बल्खु, कालीमाटी–ताहाचल–छाउनी हुँदै स्वयम्भू गयौँ । स्वयम्भू स्तूपा तल छाउनीबाटै देखिने रहेछ । स्तूपामा हामी पश्चिम उत्तर तिरको ढुङ्गे सिँढीको बाटो हुँदै पुग्यौँ । बाटोबाटोमा व्यापारीहरूले पर्यटकलाई बेच्ने सामान राखेका थिए । त्यहाँ बाँदरहरू पनि निकै धेरै थिए । बाँदरहरू नजिक आउँदा म डराएँ ।
वैशाख १ गते नेपालीहरूको नयाँ वर्ष हो । नयाँ वर्षमा शुभकामना दिने चलन छ । म पनि मेरो साथीभाइ, आफन्त, इष्टमित्रलाई नयाँ वर्षको शुभकामना दिन्छु । वार्षिक परीक्षा सकिएर छुट्टीको समय हुन्छ । छुट्टीको समयमा म नयाँ वर्ष मनाउन गाउँ जान्छु । थारू समुदायले नयाँ वर्ष सिरुवा पर्वका रूपमा धूमधामका साथ मनाउँछन् । सिरुवा पर्व वर्षको सु
सुरक्षा परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बिहीबार बिहान सिंहदरबारमा सुरक्षा परिषद्को बैठक बसेको हो ।
सर्लाहीको उत्तरी चुरेभेग र त्यस आसपासका बस्तीमा दुई दिनदेखि विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् ।
नेपाल संस्कृत विश्वविद्यालयको कुलपतिका हैसियतले विश्वविद्यालयको प्राङ्गण बेलझुन्डी दाङमा आयोजित पाँचौँ दीक्षान्त समारोहमा उपस्थित भएर आफ्नो मन्तव्य व्यक्त गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ। यस अवसरमा म नेपाल संस्कृत विश्वविद्यालयको स्थापना, यसको विकास र अग्रगतिका लागि अनवरत प्रयत्न गर्नुहुने संस्कृतप्रेमी सबै महानुभावको श्रद्धापूर्वक स्मरण गर्दछु।