प्रतिनिधि सभा सदस्य सोभिता गौतमले २०८० मङ्सिर २७ गते सङ्घीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिलाई एउटा पत्र लेख्नुभयो । संविधान जारी भएको आठ वर्ष भइसक्दा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको विवाह, सम्बन्ध विच्छेद, सम्पत्ति तथा बच्चासम्बन्धी अधिकारलगायत ऐन तथा कानुन निर्माण हुन नसकेको भन्दै पत्रमार्फत कानुन निर्माणका लागि छलफलको माग गर्नुभयो । पछिल्लो समय सार्वजनिक रूपमा गौतमले उठाउनुभएको यस्तो आवाजले नेपाल उक्त समुदायप्रति जिम्मेवार बन्नु पर्छ भन्ने सन्देश प्रवाह गरेको प्रस्ट हुन्छ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने साना दलका जनप्रतिनिधिले
हकप्रदमा शेयर नबिकेपछि दोलखाको बिगु गाउँपालिका–१ लामाबगरको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको शेयर पुस १३ गतेदेखि लिलाम बिक्री खुल्ला हुने भएको छ ।
चितवनको नारायणी पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ । नारायणगढ नजिकै नारायणी नदीको पुलबाट हामफाल्दा जनकपुर उपमहानगरपालिका वडा ५ घर भएकी ३१ वर्षीय सङ्गीताकुमारी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
ललितपुरको दक्षिण पहाडी भेकलाई ‘राजधानीको कर्णाली’ भन्ने गरिन्छ । यहाँ आवश्यक पूर्वाधारको विकास गर्दै आकर्षक गन्तव्य बनाउने प्रशस्त सम्भावना छ । ग्रामीण पर्यटन र कृषि सम्भावना बोकेको दक्षिण ललितपुरमा सरोकारवाला निकायको जति ध्यान पुग्नुपर्ने हो, त्यति पुगेको पाइँदैन । विगतको तुलनामा दक्षिण ललितपुरका कोन्ज्योसोम, महाङ्काल र बागमती गाउँपालिकाका बासिन्दाले स्वास्थ्य, शिक्षा, यातायातमा थोरै राहत महसुस गरे पनि यहाँको जीवनस्तर उकास्न र कृषि सम्भावना खोज्न गरिएका प्रयास कमजोर छन् ।
कला अभिव्यक्तिको एक सशक्त माध्यम हो । दृश्यको सुन्दरता होस् वा भावना र विचारको, कलाले दृश्यद्वारा विचार र भावनालाई सौन्दर्यपूर्ण ढङ्गबाट सहज रूपमा समाजसामु प्रस्तुत गर्छ । कला भावना तथा अभिव्यक्तिको एक सशक्त माध्यम हो । विश्वकला परिवेशमा कलालाई (चित्रकला, मूर्तिकला) अन्य कलाभन्दा जेठो, कलात्मक, वौद्धिकस्तर र गहन रूपमा रूपाकृति भएको भावमा बुझिन्छ । चित्रकला विश्व भाषा हो । यसलाई बुझ्न र बुझाउन भाषाको आव
भौगोलिक रूपमा विकट रहेका काभ्रेपलाञ्चोक जिल्लाका खानीखोला र महाभारत गाउँपालिकामा सहज रूपमा यातायात सञ्चालन गराउने उद्देश्यले सडक पुल तथा सडक स्तरोन्नतिको काम सुरु गरिएको छ । बागमती प्रदेशका
अङ्ग्रेजी भाषामा रहेका महत्वपूर्ण सूक्तिहरूको पद्यानुवाद गरिएको कवि प्रह्लाद पोख्रेलको कविताकृति ‘वाणीका बान्की’ प्रकाशित भएको छ । छन्दोबद्ध कविताको परिमार्जन र उन्नयनका लागि २०५३ सालदेखि सक्रिय ‘कोकगोष्ठी’ नामक संस्थाले कृति प्रकाशन गरेको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज शर्माले अपाङ्गता भएका व्यक्तिमा रहेको प्रतिभा प्रस्फुटन हुने अवसरले समाजको हेर्ने दृष्टिकोण नै बदल्न सक्ने क्षमता राख्ने बताउनुभएको छ। कवि दर्शन केसी ‘साङ्कु’ को कवितासङ्ग्रह ‘दर्शन पोयम कलेक्सन’ लोकार्पण गर्दै उहाँले यस्तो बताउनुभएको हो।
राजधानीको दक्षिणपश्चिम क्षेत्रकै प्रमुख पर्वमध्येको सातगाउँले जात्रा सुरु भएको छ । कीर्तिपुरको इन्द्रायणी रथयात्राबाट सुरु भएको जात्रामा पाँगाको बालकुमारी र विष्णुदेवीको रथयात्रा हुँदै चन्द्रागिरि नगरपालिका–१५ स्थित बल्खु किनारमा रहेको विष्णुदेवी मन्दिर परिसरमा वरपरका गाउँका शक्तिपीठबाट रथयात्रा गराइन्छ । सिँगारिएको रथमा देवीदेवताको प्रतिमा राखिने र सबै गाउँलेबाट पूजा भएपछि सिन्दुरे जात्रासहित बल्खुमा लगिने चलन छ । जात्रा कीर्तिपुर, मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुङ्गल, पाँगा र नगाउँसम्म गर्ने चलन छ । जात्रा मुख्य गरी अष्टमी, नवमी र दशमी गरी तीन दिन मनाइन्छ । सातगाउँले जात्रालाई नेपाल भाषामा ‘बखुमदः न्हय्गाँ’ जात्रा भनिन्छ ।
कालीकोटका नौ स्थानीय तहमध्ये आठवटामा बिजुली पुगेको छ । अब पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को कृषि सहयोग विज्ञ समूहको बैठक नेपालमा सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न सो बैठकमा बिम्स्टेकका सदस्य राष्ट्रहरू बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल, श्रीलङ्का र थाइल्यान्डका प्रतिनिधि तथा बिम्स्टेक सचिवालयका प्रतिनिधिसहित ६३ जनाको सहभागिता रहेको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले जानकारी दिनुभयो । बिम्स्टेकको कृषि क्षेत्र समन्वय सबलीकरणका लागि तयार गरि
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । संस्थाको छैटौँ वार्षिक साधारण सभाले चुक्तापुँजीको १५ प्रतिशतका दरले २६ करोड नौ लाख १६ हजार रुपियाँ नगद लाभांश (कर प्रयोजनसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।