धनकुटामा अदुवा अहिलेसम्मकै उच्च मूल्यमा कारोबार हुन थालेको छ । अदुवा अहिले खुद्रा बजारमा प्रतिकिलो चारसय रुपियाँमा खरिदबिक्री भइरहेको छ । त्यस्तै, होलसेलमा पनि प्रतिकिलो दुई सय ५० रुपियाँमा खरिदबिक्री हुन थालेको हो ।
उखु किसानका समस्या समाधान गर्न कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमिति गठन भएको छ।
ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा जाने पदमार्ग धमाधम मर्मत भइरहेको छ । कञ्चनजङ्घाको उत्तर र दक्षिणी आधार शिविर जाने पर्यटकीय पदमार्ग मर्मत गर्न थालिएको हो ।
भारतीय नागरिकलाई नागरिकता बनाइ दिन जिल्ला प्रशासन कार्यालय पाँचथर पुगेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गुल्मीमा अचेत अवस्थामा फेला परेका ६० वर्षीय झबिन्द्र मरासिनीको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –९ उपल्लो तम्घासका मरासिनी वडा ७ साखिनेडाँडामा अचेत अवस्थामा फेला पर्नुभएको थियो ।
सुनकोशी गाउँपालिकाले फजुल खर्च कटौती गरेको छ । गाउँपालिकाले अतिथि सत्कारमा मात्र २३ हजार खर्च गरेको पाइएको छ ।
लामो समयको अन्योलका बीच इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्ने सरकारको निर्णयपछि त्यसको कार्यान्वयनका लागि तयारी अघि बढाइएको छ ।
आइतबारदेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचकमा आज (बुधबार) पनि दोहोरो अङ्कको वृद्धि देखिएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिकामा खानेपानीको पाइप विस्तार र अवरुद्ध पानी सुचारु गर्ने काम सुरु भएको छ । चन्द्रनिगाहपुर–गौर सडक स्तरीकरणको काम गर्दा खानेपानीको पाइप फुटेपछि अवरुद्ध पानी सुचारु गर्न खानेपानी तथा सरसफाइ उपभोक्ता समिति चन्द्रपुरले बुधबारदेखी पाइप व्यवस्थापन गर्न थालेको हो ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा निजी लगानीमा अत्याधुनिक स्वास्थ्य परीक्षण प्रयोगशालाको स्थापना गरिएको छ । मङ्गलम् डाइग्नोष्टिक सेन्टर नाम रहेको उक्त प्रयोगशालाको एक कार्यक्रमबीच बुधबार जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले उद्घाटन गर्नुभएको हो ।
शारीरिक अशक्त भएका व्यक्तिहरूलाई भाडादर छुट गर्नेमा स्याङ्जाका यातायात व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन् । जिल्लास्थित यातायात व्यवसायी कम्पनीहरूका बीचमा शारीरिक अशक्तता भएका व्यक्तिहरूलाई कानुन बमोजिम भाडामा छुट, आरक्षण सिटको व्यवस्था र भाडादर कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको हो ।
नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा जारी साउथ एसियन बुद्धिचाल च्याम्पियनसिपको पहिलो चरणको खेलमा नेपाली खेलाडीले मिश्रित प्रदर्शन गरेका छन् ।
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाले ८० वर्ष कटेका ज्येष्ठ नागरिकलाई रेडियो सेट, लौरो र थर्मस वितरण गरेको छ ।
बेनी-जोमसोम सडक सोह्र घण्टा पछि खुलेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल बाढीले बगाउँदा सडक अवरुद्ध भएको थियो।
विद्युत् आपूर्ति नियमित बनाउन माग गर्दै स्वतन्त्र नागरिक अभियान रुपन्देही सिद्धार्थनगरले ज्ञापनपत्र बुझाएको छ ।