नेपाल सुपर लिग (एनएसएल) मा वीरगन्ज युनाइटेडले काठमाडौँ रेजर्समाथि फराकिलो जित निकालेको छ ।
नेपाली कांग्रेसका उपसभापति, सरकारका उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीय ऐन हिउँदे अधिवेशनबाट पारित गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
म्याग्दीको फरक दुई स्थानमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टीको रूपमा स्थापित गर्न आग्रह गर्नुभएको छ।
नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले मधेश प्रदेश नेपाली कांग्रेसको आधारभूमि भएको बताउनुभएको छ।
सरकारले सामाजिक समितिबाट पेस भएको राष्ट्रिय बालबालिका नीति, २०७९ स्वीकृत गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति स्वीकृत गर्ने निर्णय गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ।
आर्मीका अभय महरा दोस्रो मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल र यु–१७ दुवैतर्फ अन्तिम आठमा प्रवेश गर्नुभएको छ ।
लुम्बिनी र कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
व्यावसायिक आलुदंगीशरण गाउँपालिका–३ चखौराका किसानले व्यावसायिक रूपमा गरेको आलुखेती । यहाँ आलु उत्पादन राम्रो हुने किसान बताउँछन् ।
तराई-मधेशका जिल्लामा धान भण्डारण गर्न बाँसबाट बनाइने ‘भकारी’ हराउँदै गएको छ । अहिलेको आधुनिकताको कारण बजारमा आयातित विभिन्न किसिमका प्लास्टिकजन्य, धातुजन्य सामग्री पाइन थालेपछि धान भण्डारणको परम्परागत भकारी लोप हुन थालेको हो ।
प्युठानको स्वर्गद्वारी नगरपालिका–५ आँपडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ५ जना घाइते भएका छन्।
इलामको सूर्योदय नगरपालिका-९ की वेदकुमारी पाण्डे ५३ वर्षको उमेरमा नौमती बाजा बजाउन सिक्दै हुनुहुन्छ । लगातार १० दिनसम्म नौमती बजाउन सिकेपछि उहाँलाई अब व्यवसायीक रूपमा बाजा बजाउने रहर छ ।
टीकापुर नगरपालिकाले सहिद, बेपत्ता पारिएका तथा घाइते परिवारलाई स्वास्थ्य बिमा गरिदिने गरेको छ । पालिकाले गत वर्ष ४६ परिवारको बिमा गरिदिएको थियो ।
बागलुङको गलकोट नगरपालिका–१० स्थित पाण्डवखानी गाउँ । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि दूरमा रहेको यो गाउँले पर्यटक आकर्षण गरिरहेको छ ।