इस्लामिक स्टेट (आईएस) ले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आइतबार आत्मघाती आक्रमण गरेको दाबी गरेको छ ।
रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानी महसुल घटाएको छ । उपभोक्ताको हितलाई मध्यनजर गर्दै साउन १ देखि लागू हुने गरी छुट सहित संस्थाले नयाँ दर कायम गरेको हो ।
दक्षिणी लेबनानमा रहेको प्यालेस्टिनी शरणार्थी शिविरमा सोमबार लगातार तेस्रो दिन पनि झडप भएको छ । प्रतिद्वन्द्वी गुटहरूबीच भएको हिंसात्मक झडपमा ११ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रयोगशालाहरूको अनुगमन र नियमन गर्ने छुट्टै निकाय हुनुपर्ने माग गरेको छ । प्रयोगशालाका निर्देशक डा.रुणा झाले अनुगमन गर्ने र परीक्षण गर्ने एउटै निकाय हुँदा अप्ठ्यारो भएको बताउनुभएको हो ।
नेपालको पहिलो र एसियाको दोस्रो पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा सङ्ग्रहालयको रूपमा विकास गरिने भएको छ ।
हुर्कायौँ कसरी मिलेर सब ती सन्तान आफ्नै तर माया मोह दियौँ विशाल मनले हुर्केर जान्छन् पर
समस्त काल खण्डको अखण्ड चेत मर्दछ जहाँ सुरम्य देशको कथा विभक्त सड्र्दछ
वर्षातपछि मङ्गलबार खुलेको मौसममा देखिएको पोखरास्थित फेवाताल
कोशी प्रदेश सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख परशुराम खापुङले दलहरूलाई दिनुभएको समय आज सकिँदैछ ।
नेपाली सेनाको बज्रदल गण, इमामनगर व्यारेक राँझाले २६ बिघा खाली जमिनमा वृक्षरोपण सुरु गरेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–४ मझुवा रक्षाचौरका महिलाहरू समूहमा आबद्ध भएर बचतसँगै पञ्चेबाजा संरक्षणमा जुटेका छन् ।
संवैधानिक परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार अपराह्न ४ बजे संवैधानिक परिषद्को बैठक बोलाउनुभएको हो ।
झापा जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार विभिन्न मुद्दाहरूमा फरार रहेका ३ जना प्रतिवादीहरू पक्राउ परेका छन् । फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी टोलीले जबरजस्ती करणी मुद्दाका एक अभियुक्तलाई ११ वर्षपछि पक्राउ गरेको हो ।
चीनको हाङझाउमा आयोजना गरिने १९ औँ एसियाली खेलकुदमा सहभागी हुन नेपाली राष्ट्रिय कुस्ती टोली दुई महिने प्रशिक्षणका लागि भारततर्फ प्रस्थान गरेको छ ।
रुकुम (पूर्व) स्थित अवरुद्ध शहीदमार्ग तीन दिनपछि सञ्चालन भएको छ । वर्षापछि रुकुम (पूर्व) को महत र रोल्पाको थबाङ बीचको विभिन्न ठाउँमा झरेको पहिरोका कारण साउन १३ गतेदेखि अवरुद्ध सडक आजदेखि सञ्चालन गरिएको हो । लगातार वर्षाका कारण भूमे गाउँपालिका वडानं ७ अन्तर्गत उख्लिबाङ र भूर्तिबाङ भन्ने ठाउँमा पहिरो झरेको थियो ।