ताप्लेजुङमा स्थानीयले फेला पारेको मृगको पाठा प्रहरीमार्फत वन कार्यालयलाई बुझाइएको छ। जिल्लाको मिक्वाखोला गाउँपालिका–३ लिबाङमा फेला परेको मृगको पाठा (बच्चा) लाई मङ्गलबार वन कार्यालयलाई बुझाइएको हो।
राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन (कोप–२८) मा निमन्त्रणा गरिएको छ ।
ललितपुर महानगरपालिकाले २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) मा ४ जिपिए ल्याउने महानगरभित्रका विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ ।
जग्गाको कित्ताकाट रोकिएर धेरैजसो स्थानीय सरकारको आन्तरिक आम्दानी ओरालो लागेको बेला धनगढी उपमहानगरपालिकाको आन्तरिक आय भने बढ्दै गएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षका जङ्गली जनावरबाट पीडित हुँदै आएका मध्यवर्ती क्षेत्रका बासिन्दाले जनावरको आक्रमणमा परी ज्यान गुमाएमा १० लाख क्षतिपूर्ति पाउने भएका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले गठबन्धन दलको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दाबी पेस गर्नुभएको छ ।
मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्ने भएको छ ।
कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिनुभएको छ। कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल दुई गठबन्धनमा आबद्ध भएको र दुवै गठबन्धन तत्काल विभाजन हुने सम्भावना नभएपछि सरकार बनाउनकै लागि सभामुखले पदबाट राजीनामा गर्नुभएको हो।
इन्सेक कर्णाली प्रदेश कार्यालयले जिल्ला कारागार सुर्खेतमा पुस्तक हस्तान्तरण गरेको छ ।
संवैधानिक परिषद्को बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बैठक मङ्गलबार अपराह्न ४ः३० बजेदेखि सुरु भएको हो ।
नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको निर्देशिका, २०८० सामान्य परिमार्जनसहित सर्वसम्मत पारित भएको छ ।
नारायणगढ मुग्लिङ सडक-खण्डमा मङ्गलबार दिउँसो भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्को एकजना घाइते भएका छन् ।
आगामी अगस्ट ३१ देखि सेप्टेम्बर ९ तारिखसम्म मलेसियामा आयोजना हुने आइसिसी महिला टी–२० विश्वकप क्रिकेट एसिया क्षेत्र छनोटका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली महिला खेलाडी टोलीको घोषणा गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आफ्नो मन्त्रालय एक्लैले काठमाडौंमा वर्षातका कारण हुने विपद् व्यवस्थापन गर्न नसक्ने बताउनुभएको छ ।