डा. सिके राउतले नेतृत्व गर्नुभएको सो पार्टीको राष्ट्रिय परिषद्को बैठक केहीबेरअघि राजधानीको एक होटलमा सुरु भएको सो पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिनुभयो ।
“हाम्रो मन मातृभूमि नेपालमै पुगिरहेको हुन्छ तर कामका सिलसिलामा आइएकाले बसोबास र रोजीरोटी यतै गर्नुपरेको छ । प्रवासमा रहेर नेपाल आमालाई पुकार्दै जीवन गुजारिरहेका छौँ ।”
शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षणका क्रममा छ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पतालका मेडिकल सुपरीटेनडेन्ट डाक्टर ओमप्रकाश थापा मगरले जानकारी दिनुभयो ।
रुकुमपूर्वमा पनि डेङ्गु पोजेटिभ देखिएको छ । मोरङ घर भई हाल व्यापारको सिलसिलामा यहाँ आउनुभएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेङ्गु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ । राई चार दिनअघि मात्रै काठमाडौँबाट रुकुमपूर्वमा आउनुभएको थियो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंहदरबार वरिपरिका कार्यालयमा तीन वर्ष बढी बसेका कर्मचारीको सरुवा गर्न सुरु गरेको छ ।
सैनिक विद्रोहको करिब एक सातापछि पश्चिम अफ्रिकी मुलुक नाइजरले पाँच छिमेकी देशसँगको सिमाना खोलेको छ ।
बाढीसँगै बगेर आउने बालुवा, माटो, लेदो, ढुङ्गा गेगर लाई रोकेर काट्न हुनबाट जोगाउने काम 'प्रोकोपाइन'ले गर्दै आएको छ ।
नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय कमिटीको बैठक प्रत्यक्ष प्रसारण नगर्ने भएको छ । माओवादी केन्द्रीय कमिटीको बैठक बुधवार दिउँसो १ बजेदेखि प्रज्ञा भवनमा बस्दैछ ।
प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय योजना आयोगको सोह्रौँ योजनाले समग्र अर्थतन्त्रमा गुणात्मक रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को धोतीखोलाबाट देखिएको वराह शिखर हिमाल
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज शपथ लिनुहुने भएको छ । मुख्यमन्त्री थापाले पहिलो चरणमा केही मन्त्री नियुक्त गर्ने तयारी पनि गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिनुहुनेछ ।
अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी सहयोग नियोग (युएसएआइडी) नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण साझेदार भएको बताउनुभएको छ ।
बैठकमा आजदेखि रराजधानीमा सुरु हुने केन्द्रीय समिति बैठकको सम्बन्धमा छलफल हुने माओवादीले जनाएको छ । बैठकले केन्द्रीय समितिमा पेस हुने राजनीतिक तथा साङ्गठनिक दस्तावेजलाई अन्तिम रुप दिनेछ ।
चितवनमा पशुचौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने भएको छ । यही साउन २५ गतेदेखि साताव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।