हिमाली भेगको चरनक्षेत्र (खर्क) मा आइतबारदेखि बेपत्ता हुनुभएका भेडापालक फुङ्लिङ नगरपालिका–११ फावाखोलाका ६४ वर्षीय पूर्णबहादुर विष्टको सकुशल उद्धार गरिएको हो।
राजनीतिमा जति सक्रीय हुनुहुन्छ डाँसबहादुर डाँगी उत्तिकै कृषि कर्ममा पनि सक्रीय हुनुहुन्छ । दाङको बंगलाचुली गाउँपालिका –४ का वडा अध्यक्ष समेत रहनुभएका डाँगी जनताको सेवासँगै विगत दश बर्षदेखि माहुरीपालन व्यावसाय गर्दै आउनुभएको छ ।
खेलाडीका लागि आपतविपतमा सहयोग गर्ने उद्येश्यले स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचाररत खेलाडीहरुलाई उपचार खर्च प्रदान गरेको छ ।
काठमाडौं, साउन १७ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक नौ दशमलव २५ अङ्कले बढेर दुई हजार ८६ दशमलव ८४ अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ६९ कम्पनीको ९३ लाख ६१ हजार सात सय ८६ कित्ता शेयर ३५ हजार आठ सय ३५ पटक खरिद बिक्री हुँदा एक अर्ब ८१ करोड २४ लाख ७३ हजार आठ सय ५६ बराबरको कारोबार भएको छ । जलविद्युत् समूह पाँच दशमलव ६८, लघुवित्त ११ दशमलव ०७ र व्यापार समूह एक दशमलव ७८ अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह ७८ दशमलव ०८ र निर्जीवन बीमा समूह ६५ दशमलव ४४ अङ्कले बढेको छ । आज बैंकिङ समूह १० दशमलव ५१, विकास बैंक ३९ दशमलव ३३, वित्त ३० दशमलव ६२ र लगानी समूह शून्य दशमलव ०१ अङ्कले बढेको छ । त्यस्तै, जीवन बीमा ४२ दशमलव ८१, उत्पादन तथा प्रशोधन १७ दशमलव ८४, म्युचुअल फन्ड शून्य दशमलव ०१ र अन्य समूह चार दशमलव ६६ अङ्कले बढेको छ । आरबीबी म्युचुअल फन्ड–१ को शेयर मूल्य सबैभन्दा धेरै चार दशमलव १४ प्रतिशतले बढेको हो । सबैभन्दा धेरै गुमाउनेमा भने प्रभु स्मार्ट फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ११ करोड १९ तीन लाख पाँच सय १९ बराबरको शेयर मूल्य किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको १८ लाख १८ हजार नौ सय नौ कित्ता शेयर किनबेच भएको छ ।रासस
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – १० का युवा हेमराज रेग्मी पाँच वर्ष मलेसिया बसेर फर्किनुभयो । त्यहाँ उहाँको आम्दानी राम्रै थियो । मासिक एक लाखभन्दा बढी कमाउनुहुन्थ्यो । तर उहाँ परदेशमा रमाउन सक्नु भएन । स्वदेश फर्किनुभयो ।
स्विडेन र दक्षिण अफ्रिका फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘जी’ अन्तर्गत बुधबार भएको खेलमा स्विडेनले अर्जेन्टिनालाई २–० गोलले हरायो । अर्को खेलमा दक्षिण अफ्रिकाले इटालीलाई ३–२ गोलले स्तब्ध बनायो ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदूत नियुक्तिमा पनि संविधानको मर्म र भावनाअनुसार समावेशी सिद्धान्तलाई आत्मासाथ गर्दै लैजान नेपाल सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।
एसिया रग्बीको आयोजना र नेपाल रग्बी सङ्घको व्यवस्थापनमा एसिया रग्बी यू–२० सेभेन्स महिला तथा पुरुष प्रतियोगिता नेपालमा हुने भएको छ ।
डिभिजन वन कार्यालय बाँकेले जिल्लाका विभिन्न तीन वटा सःमिलमा छापा मारेको छ । नेपालगन्ज सवडिभिजन वन कार्यालय राँझाका सहायक डिभिजनल वन अधिकृत नारायण पार्धेका अनुसार छापा मार्दा सो काठ बरामद भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।
नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र कैलाश चौधरीलाई सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषदमा पठाउने निर्णय गरेको छ । सो पार्टीको संसदीय दलको आज बसेको बैठकले दुवै जनालाई मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको हो ।
सभामुख देवराज घिमिरेले निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताउनुभएको छ । बुधबार सम्बन्धित सरोकारवालासँग निर्माणधिन संसद भवनको भौतिक प्रगतिको विवरण लिँदै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।
कपुरकोट हाटबजारमा गोलभेडा (टमाटर) ले अहिले सम्मकै धेरै मुल्य पाएको छ । किसानले अहिलेसम्मकै धेरै मूल्य १ ४० रुपियाँ प्रतिकिलोमा बिक्री गरेका छन् ।
नेपालमा परम्परागतरूपमा अर्थतन्त्रका पाँच आधार भनेर कृषि, जलस्रोत, पर्यटन, उद्योग र जनशक्तिलाई लिने गरिन्थ्यो । तर पछिल्लो एउटा नयाँ क्षेत्र थपिएको छ– सूचना तथा सञ्चार प्रविधि ।
पुर्वाधार विकास कार्यालय स्याङ्जाले एकै आर्थिक वर्षमा ४२.६५ किमी सडक कालोपत्रे तथा ढलान गरेको छ । गण्डकी प्रदेशको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको पूर्वाधार बिकास कार्याल स्याङ्जाले आर्थिक बर्ष २०७९–८० मा २२ किमी कालोपत्रे र २०.६५ किमी ढलान गरेको हो ।