बुढ्यौलीमा लौरो टेकेर हसिलो मुद्रामा आफ्ना साथीहरु, छिमेकीसँग मनका दुःख सुख पोख्दै अहिलेका परिवर्तनका कुराहरु साटासाट गर्नुहुन्छ । रामपुर नगरपालिका–२ अत्रवासका विक सामाजिक सुरक्षा भक्ता, परिचयपत्र नवीकरण, स्वास्थ्य परीक्षण तथा औषद्योपचार सेवा पाएपछि उहाँलाई स्थानीय सरकार नै जनताको सरकार भएको बताउनुहुन्छ ।
हाल देशमा मनसुनी वायुको प्रभावका कारण भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सददर स्थानभन्दा उत्तर र पूर्व आसपास अवस्थित रहेको छ ।
आजको एक्काइसौँ शताब्दीको युगमा पनि हाम्रो देशका महिला दाइजो, बोक्सी, छाउपडी, झुमा, बहुपत्नीलगायतका सामाजिक कुप्रथा तथा परम्पराको सिकार बनिरहेका छन् । धेरै नेपाली महिला विभिन्न खाले घरेलु हिंसा, यौनजन्य हिंसा जस्ता शारीरिक तथा मानसिक हिंसाबाट पीडित छन् । यसले नेपाली महिलालाई सम्मानपूर्वक बाँच्न पाउने आधारभूत मानव अधिकारबाट वञ्चित गरिरहेको छ । हाम्रो देशमा महिलामाथि हुने हिंसामा मुख्यतया घरेलु हिंसा, बलात्कारलगायतका यौनजन्य हिंसाका साथै दाइजो नल्याएको निहुँमा हुने गरेका जघन्य हिंसा रहेका छन् ।
निजी क्षेत्रको लगानीमा निर्माण भएको ४० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाले दार्चुलाको दुर्गम गाउँपालिका मार्माको मुहार नै फेरिएको छ। जलविद्युत् आयोजनाबाट मार्मा गाउँपालिकाले वार्षिक तीन करोडभन्दा बढी रोयल्टी पाउने भएको छ। यो आयोजनाले स्थानीयस्तरमा रोजगारीको ढोका खोलेको छ। विद्युत् आयोजना निर्माण हुँदा मार्माका तीन सयभन्दा बढी स्थानीयले रोजगारी प्राप्त गरेका छन्। कृषि उपज बिक्री गरेर लाखौँ रुपियाँ भित्रिएको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताउनुभयो।
कर्णालीमा कृषि उपज तथा पशुपन्छीको निर्यात बढेको छ। आर्थिक वर्ष २०७९/८० मा कृषि उपज तथा पशुपन्छीको आयातभन्दा निर्यात बढी भएको थियो। गत आवमा पाँच अर्ब ८५ करोड ३९ लाख ९१ हजार बराबरको कृषि तथा पशुपन्छीको निर्यात भएको थियो। २३ करोड ८८ लाख एक हजार बराबरको पशुपन्छी आयात भएको थियो।
बाजुरामा साउनको दोस्रो हप्तामा धान रोपाइँ सकिएको छ । खोलाको किनारका जमिनमा जेठको पहिलो साताबाट रोपाइँ सुरु भए पनि कुलो नलाग्ने ठाउँमा साउन दोस्रो हप्ता सम्म धान रोपाइँ भएका हुन् ।
हुम्लास्थित कर्णाली नदीमा प्रस्तावित दुई वटा ठुला जलविद्युत् आयोजना अध्ययनको जिम्मा पाएको चिनियाँ कम्पनीले काम पूरा नगरी छोडिदियो। २३५ मेगावाट क्षमताको हुम्ला कर्णाली–१ र ३३५ मेगावाटको हुम्ला कर्णाली–२ जलविद्युत् आयोजनाबाट चिनियाँ कम्पनी सिचुवान वाङपिङ इनर्जीले हात झिकेपछि दुवै आयोजना अलपत्र परेका छन्। सिचुवान पछि हटेपछि यी दुवै आयोजना नेपाली कम्पनी रुरु जलविद्युत् परियोजना लिमिटेडको जिम्मा दिइएको छ। कम्पनीले विद्युत् विकास विभागसँग जलविद्युत् आयोजना निर्माणका लागि उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) माग गरेको छ। अनुमतिको टुङ्गो लागिसकेको छैन।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले आफूले पाएको तलब खर्चेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गर्नुभएको छ ।
दुई महिनाअघि सत्ता गठबन्धनका दलबिचको लामो रस्साकस्सीपछि मन्त्रीपरिषद् विस्तारले पूर्णता पाएको बागमती प्रदेशमा अहिले कार्यविभाजनमा समस्या देखिएको छ । सत्ता साझेदार दलबिच भा
ताप्लेजुङमा मौरीको अर्ग्यानिक महको अभाव छ । प्राय, वर्षमा दुई सिजन (मौसम) मात्र उत्पादन हुने घर मौरीको महको मागअनुसार अभाव रहेको हो ।
१३ वटा सामुदायिक वनको काठ काटेर घाटगद्दी (चाङ) लगाएर राखेको लामो समय बितिसक्दा पनि उठ्न सकेको छैन। जसले गर्दा बर्सात्को समयमा काठ भिजेर कुहिने जोखिम बढेको छ। २०७२ देखि २०७६ सालसम्म कटान भएका २० हजार ८८० क्युफिट काठ र ४२ चट्टा दाउरा सामुदायिक वनमा घाटगद्दीमै रहेको छ। लमही नगरपालिका–९ स्थित अमिलिया सामुदायिक वनमा ४२.८ क्युफिट काठ र १.५ चट्टा दाउरा, आमखोली सामुदायिक वनको १६३.४० क्युफिट काठ रहेको छ।
स्याङ्जाका ११ स्थानीय तहमध्ये वालिङ नगरपालिका स्याङ्जाको मध्यभागमा अवस्थित छ। नगरपालिका ‘स्मार्ट नगर’ बनाउने कार्यक्रमको घोषणापछि लक्ष्य प्राप्तिका लागि कार्यान्वयनको चरणमा छ। नगरपालिका २० वर्षे बृहत्तर योजना, पाँचवर्षे आवधिक योजना र एकवर्षे रणनीतिक योजना बनाएर अगाडि बढेको छ। गुलाबी सहरका रूपमा परिचित वालिङका प्रायः सबै घर गुलाबी छन्। फोहोरलाई मोहरमा परिवर्तन गर्न विभिन्न काम भइरहेका छन्। स्थानीय तहको निर्वाचन–२०७९ मा नेकपा (एमाले)को तर्फबाट नगरपालिकाको मेयरमा कृष्ण खाण निर्वाचित हुनुभएको हो। ‘कृषि, उद्योग, व्यापार, पर्यटन, ऊर्जा, सूचना प्रणाली, पूर्वाधार र स्मार्ट सिटी वालिङ निर्माणको आधार’ भन्ने नाराका साथ अगाडि बढिरहेको वालिङका मेयर कृष्ण खाणसँग गोरखापत्रकर्मी राधाकृष्ण डुम्रेले गर्नुभएको कुराकानी :
पोखरा महानगरले स्वास्थ्य महाशाखामा कार्यरत काजका ५७ कर्मचारीलाई एकसाथ फिर्ता पठाउने निर्णय गरेको छ। महानगरका निमित्त कार्यकारी अधिकृत हेमप्रसाद आचार्यले स्वास्थ्य महाशाखालाई मङ्गलबारबाट ती कर्मचारीलाई हाजिरी नगराउन निर्देशन दिनुभएको छ। महानगरको स्वास्थ्य महाशाखामा अहिले ३३४ कर्मचारी छन्। महाशाखाका प्रमुख कृष्णप्रसाद अर्यालसमेत काजमा आउनुभएको हो। महानगरको गत असार १८ गतेको कार्यपालिका बैठकले अन्यत्र समायोजन भएका कार्यचारीलाई फिर्ता पठाउने निर्णय गरेको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन १ गतेदेखि काजका सबै स्वास्थ्यकर्मीलाई दरबन्दी रहेकै तहमा फिर्ता पठाउन सबै स्थानीय तहलाई परिपत्र गरेको थियो।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । राष्ट्रिय परिचयपत्रका लागि तीन वर्षअघि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमार्फत विवरण भरेर आवेदन दिएकामध्ये परिचयपत्र बनेर आएका व्यक्तिलाई मङ्गलबारदेखि वितरण सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
विवेकशील साझा पार्टीले प्रकाशन गरेको नेपालको ऐतिहासिक सांस्कृतिक मानचित्र उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई हस्तान्तरण गरेको छ । अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय इतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात् गराई धरातलीय यथार्थ बुझाउन पार्टीले मानचित्र प्रकाशन गरेको जनाएको छ ।