राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्र सङ्घीय नियोग (युनिसेफ) की नेपाल प्रतिनिधि एलिस अकुंगाबिच भेटवार्ता भएको छ ।
सहकारी पीडितहरूले काठमाडौँको बिजुलीबजारमा आन्दोलन गरेका छन् ।
चीनको हेबेई प्रान्तमा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित बनेको छ। पछिल्ला केही दिन यता हेबेई प्रान्तमा १४० वर्ष यताकै बढी वर्षा हुँदा जनजीवन प्रभावित भएको हो।
प्युठान–भालुबाङ–प्युठान सडक खण्डको गर्जेनीमा सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । अप्ठ्यारो ठाउँ भएकाले पैदल हिँड्नसमेत मुस्किल परेको छ ।
रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ५ नागदहका ५२ वर्षीय बुद्धिबहादुर कामीको दिनमा भोक र रातमा निद्रा हराएको छ। लम्पी स्किन रोगले हलको गोरु मरेपछि बुद्धिबहादुरको भोक र निद्रा दुवै हराएको हो ।
जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौँमा बसेको छ । बिहीबार काठमाडौँमा केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठकमा एकैपटक बसेको हो ।
राष्ट्रिय सभा बैठक स्थगित भएको छ । नेकपा (एमाले) को अवरोधपछि आज (बिहीबार) को बैठक स्थगित गरिएको हो । राष्ट्रिय सभाको अर्को बैठक यही साउन २२ गते सोमबार अपराह्न १ बजेर १ मिनेटमा बस्नेछ ।
दुई सातादेखि नेपालगन्ज डोल्पा हवाई उडान ठप्प भएको छ हवाई उडान नहुँदा सर्वसाधारणलाई समस्या परेको छ ।
मण्डला नाटक घरमा मङ्गलबारबाट नाटक ‘युद्धका घाउहरु’ प्रदर्शन गरिएको छ । अन्जान प्रदीपद्वारा लेखन तथा निर्देशन गरिएको उक्त नाटकमा द्वन्द्वकालका कथा बस्तुलाई प्रस्तुत गरिएको छ ।
कोहलपुर नगरपालिकाले सहकारीबाट ऋण लिएर भाखा नाघी सक्दा समेत ऋण नतिर्ने र बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीहरूलाई पालिकाबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित गरिने भएको छ ।
ललितपुर महानगरपालिकामा कौसीखेती प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका १, खोरियाटोलमा बिजुलीको पोल ढल्दा सर्वसाधारणको घरमा क्षति पुगेको छ ।
कास्की जिल्लामा हालसम्म १८ हजार २४ पशुलाई लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ ।
रुकुम पश्चिममा आँखा पाक्ने समस्या भएका बिरामी बढ्न थालेका छन् । आँखा सर्जिकल तथा आँखा उपचार केन्द्र सल्लेमा प्रत्येक दिन आँखा पाक्ने समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएको छ । केन्द्रका प्रमुख धनबहादुर केसीले केन्द्रमा आँखा पाक्ने रोगका बिरामी दैनिकरुपमा २२ जना आउने गरेको जानकारी दिनुभयो ।
सरकारी जागिरको अवधि सकिएपछि दाङमा एकजना व्यक्ति व्यावसायिक कागती खेतीमा लाग्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका –३ भट्टे निवासी कर्णबहादुर वली विगत चार बर्षदेखि व्यावसायिक कागती खेतीमा लाग्नुभएको हो ।