बाजुरामा साउनको दोस्रो हप्तामा धान रोपाइँ सकिएको छ । खोलाको किनारका जमिनमा जेठको पहिलो साताबाट रोपाइँ सुरु भए पनि कुलो नलाग्ने ठाउँमा साउन दोस्रो हप्ता सम्म धान रोपाइँ भएका हुन् ।
हुम्लास्थित कर्णाली नदीमा प्रस्तावित दुई वटा ठुला जलविद्युत् आयोजना अध्ययनको जिम्मा पाएको चिनियाँ कम्पनीले काम पूरा नगरी छोडिदियो। २३५ मेगावाट क्षमताको हुम्ला कर्णाली–१ र ३३५ मेगावाटको हुम्ला कर्णाली–२ जलविद्युत् आयोजनाबाट चिनियाँ कम्पनी सिचुवान वाङपिङ इनर्जीले हात झिकेपछि दुवै आयोजना अलपत्र परेका छन्। सिचुवान पछि हटेपछि यी दुवै आयोजना नेपाली कम्पनी रुरु जलविद्युत् परियोजना लिमिटेडको जिम्मा दिइएको छ। कम्पनीले विद्युत् विकास विभागसँग जलविद्युत् आयोजना निर्माणका लागि उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) माग गरेको छ। अनुमतिको टुङ्गो लागिसकेको छैन।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले आफूले पाएको तलब खर्चेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गर्नुभएको छ ।
दुई महिनाअघि सत्ता गठबन्धनका दलबिचको लामो रस्साकस्सीपछि मन्त्रीपरिषद् विस्तारले पूर्णता पाएको बागमती प्रदेशमा अहिले कार्यविभाजनमा समस्या देखिएको छ । सत्ता साझेदार दलबिच भा
ताप्लेजुङमा मौरीको अर्ग्यानिक महको अभाव छ । प्राय, वर्षमा दुई सिजन (मौसम) मात्र उत्पादन हुने घर मौरीको महको मागअनुसार अभाव रहेको हो ।
१३ वटा सामुदायिक वनको काठ काटेर घाटगद्दी (चाङ) लगाएर राखेको लामो समय बितिसक्दा पनि उठ्न सकेको छैन। जसले गर्दा बर्सात्को समयमा काठ भिजेर कुहिने जोखिम बढेको छ। २०७२ देखि २०७६ सालसम्म कटान भएका २० हजार ८८० क्युफिट काठ र ४२ चट्टा दाउरा सामुदायिक वनमा घाटगद्दीमै रहेको छ। लमही नगरपालिका–९ स्थित अमिलिया सामुदायिक वनमा ४२.८ क्युफिट काठ र १.५ चट्टा दाउरा, आमखोली सामुदायिक वनको १६३.४० क्युफिट काठ रहेको छ।
स्याङ्जाका ११ स्थानीय तहमध्ये वालिङ नगरपालिका स्याङ्जाको मध्यभागमा अवस्थित छ। नगरपालिका ‘स्मार्ट नगर’ बनाउने कार्यक्रमको घोषणापछि लक्ष्य प्राप्तिका लागि कार्यान्वयनको चरणमा छ। नगरपालिका २० वर्षे बृहत्तर योजना, पाँचवर्षे आवधिक योजना र एकवर्षे रणनीतिक योजना बनाएर अगाडि बढेको छ। गुलाबी सहरका रूपमा परिचित वालिङका प्रायः सबै घर गुलाबी छन्। फोहोरलाई मोहरमा परिवर्तन गर्न विभिन्न काम भइरहेका छन्। स्थानीय तहको निर्वाचन–२०७९ मा नेकपा (एमाले)को तर्फबाट नगरपालिकाको मेयरमा कृष्ण खाण निर्वाचित हुनुभएको हो। ‘कृषि, उद्योग, व्यापार, पर्यटन, ऊर्जा, सूचना प्रणाली, पूर्वाधार र स्मार्ट सिटी वालिङ निर्माणको आधार’ भन्ने नाराका साथ अगाडि बढिरहेको वालिङका मेयर कृष्ण खाणसँग गोरखापत्रकर्मी राधाकृष्ण डुम्रेले गर्नुभएको कुराकानी :
पोखरा महानगरले स्वास्थ्य महाशाखामा कार्यरत काजका ५७ कर्मचारीलाई एकसाथ फिर्ता पठाउने निर्णय गरेको छ। महानगरका निमित्त कार्यकारी अधिकृत हेमप्रसाद आचार्यले स्वास्थ्य महाशाखालाई मङ्गलबारबाट ती कर्मचारीलाई हाजिरी नगराउन निर्देशन दिनुभएको छ। महानगरको स्वास्थ्य महाशाखामा अहिले ३३४ कर्मचारी छन्। महाशाखाका प्रमुख कृष्णप्रसाद अर्यालसमेत काजमा आउनुभएको हो। महानगरको गत असार १८ गतेको कार्यपालिका बैठकले अन्यत्र समायोजन भएका कार्यचारीलाई फिर्ता पठाउने निर्णय गरेको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन १ गतेदेखि काजका सबै स्वास्थ्यकर्मीलाई दरबन्दी रहेकै तहमा फिर्ता पठाउन सबै स्थानीय तहलाई परिपत्र गरेको थियो।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । राष्ट्रिय परिचयपत्रका लागि तीन वर्षअघि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमार्फत विवरण भरेर आवेदन दिएकामध्ये परिचयपत्र बनेर आएका व्यक्तिलाई मङ्गलबारदेखि वितरण सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
विवेकशील साझा पार्टीले प्रकाशन गरेको नेपालको ऐतिहासिक सांस्कृतिक मानचित्र उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई हस्तान्तरण गरेको छ । अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय इतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात् गराई धरातलीय यथार्थ बुझाउन पार्टीले मानचित्र प्रकाशन गरेको जनाएको छ ।
नेपाली युवा मिलेर बनाएको राइडिङ सेयर एप सवारीको सद्भावना दूतका रूपमा हरिश निरौला ‘कक्रोज’ नियुक्त हुनुभएको छ । काठमाडौँमा सवारीले आफ्नो सेवा उद्घाटनको घोषणा गर्दै कक्रोजलाई सद्भावना दूत घोषणा गरेको हो । कार्यक्रममा कक्रोजले बजारमा विभिन्न राइडिङ सेयर एप भएता पनि ती विदेशी लगानी र उत्पादन भएको भन्दै त्यसबाट नेपाली रकम बाहिर गएको जिकिर गर्नुभयो । सवारी नेपाली युवाले निर्माण गरेको हुँदा सबैले यसलाई प्रयोग गर्न अनुरोध पनि गर्नुभयो । आफू सवारीको प्रचार प्रसारका लागि सदैव जिम्मेवार रहने बताउँदै कक्रोजले सवारी एपले आफ्ना दर्शक तथा सेवाग्राहीलाई पूर्ण सन्तुष्टि दिनेमा विश्वास व्यक्त गर्नुभयो ।
ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आर्सेन टम्स्कीको पुस्तक ‘इनड्राइभरस् फ्रम साइबेरिया टु सिलिकन भ्याली’ को अनुवादित संस्करण अब अङ्ग्रेजी, स्पेनिस, पोर्चुगिज भाषापछि नेपाली भाषामा सार्वजनिक गरिएको छ । मङ्गलबार काठमाडौँमा पुस्तकको लोकार्पण गरिएको हो । विमोचन कार्यक्रममा बोल्दै इन्ड्राइभका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आर्सेन टम्स्कीले भन्नुभयो, “पाठकसँग मेरो यात्रा अनुभव साझा गर्न पाउँदा म धेरै नै खुसी छु । इनड्राइभको जग र विकास मेरा लागि व्यावसायिक प्रयास मात्र होइन, एउटा गहिरो व्यक्तिगत र भावनात्मक यात्रा पनि हो । यसले मेरो जीवनलाई आकार दिएको छ र विकासका बारेमा लेख्नु परिवर्तनकारी भएको छ ।”
हतुवागढी गाउँपालिकाको ‘एक वडा, एक पोखरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पानीका मुहान विस्तारै सुक्ने क्रम बढ्दै गएपछि संरक्षण गर्न गाउँपालिकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
ललितपुरमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने सङ्क्रमण यहाँ फैलिदै गएको हो ।
कोरोना महामारीका कारण घटेको पर्यटन आगमन दर पछिल्लो महिना महामारीअघिकै अवस्थामा फर्किन लागेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जुलाई महिनामा ५७ हजार ७२६ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ को जुलाईको तुलनामा यो वर्षको सातौँ महिनामा २९ प्रतिशतले सुधार भएको छ । सन् २०२२ को जुलाईमा ४४ हजार ४२६ पर्यटक नेपाल भित्रिएका थिए ।