• १३ साउन २०८१, आइतबार

बाजुरामा सकियो धान रोपाइँ

blog

जगनाथ ५ का महिला न रोपाइँ गर्दै । तस्बिर: शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, साउन १८ गते । बाजुरामा साउनको दोस्रो हप्तामा धान रोपाइँ सकिएको छ । खोलाको किनारका जमिनमा जेठको पहिलो साताबाट रोपाइँ सुरु भए पनि कुलो नलाग्ने ठाउँमा साउन दोस्रो हप्तासम्म धान रोपाइँ भएका हुन् ।

जिल्लाका नौ वटै स्थानीय तहमा गत जेठबाट सुरु गरेको धान रोपाइँ साउनको दोस्रो हप्ता सम्म सकिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । बाजुराको अधिकांश ठाउँमा सिँचाइको सुविधा छैन । खोलाको किनारको जमिनमा जेठमै रोपाइँ हुने गरेको भए पनि सिँचाइको सुविधा नभएको ठाउँमा भने आकाशे पानीको भरमा रोप्दा साउनको दोस्रो हस्ता सम्म रोपाइँ गर्नु परेको जगनाथ गाउँपालिका– ५ का चन्द्र सार्कीले बताउनुभयो । 

उहाँले, खोलाका किनारका जमिनमा असारमा रोपाइँ सकिए पनि कुलो र पँदालो नलाग्ने ठाउँमा  भने साउनको  दोस्रो साता सम्म सकिएको बताउनुभयो । बडिमालिका, बूढीनन्दा, त्रिवेणी ,खप्तड छेडेदह , बूढीगङ्गा , गौमुल, स्वामिकार्तिक, जगनाथ, हिमाली लगायतका केही ठाउँमा जेठ दोस्रो हप्ताबाट रोपाइँ सुरु भएर साउनको दोस्रो हप्ता सम्म धान रोप्ने काम सम्पन्न भएको कृषि ज्ञान बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताउनुभयो ।

उहाँले ,बाजुरामा २ लाख तीस हजार ३७ हेक्टर जमिन मध्ये २२ हजार हेक्टर मात्र खेती योग्य जमिन भएको बताउनुभयो । बाजुरामा ६ हजार ९१५ हेक्टर जमिनमा धान खेती गरिन्छ । यसमा १३ हजार १४० हेक्टर जमिनमा धान उत्पादन हुन्छ । भने  १.९ मे टन ÷ हेक्टर धान उत्पादकत्व हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी जैशीले बताउनुभयो ।

बाजुरामा पाँच हजार २३५ हेक्टर जमिन मात्र वर्षभरिमा सिँचाइ हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।