सरकारले १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई निर्देशन दिएको छ ।
नेपाल प्रेस युनियनको अध्यक्ष शिव लम्सालले कुनै प्रकारको स्वार्थमा लोकतान्त्रिक पत्रकारहरूलाई पाखा लगाउने काम सह्य नहुने बताउनु भएकाे छ।
सरकारले रोगको निदान, उपचार तथा व्यवस्थापन राष्ट्रिय डेंगु रोग रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिका अनुसार गर्न निर्देशन दिएको छ ।
चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् ।
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ । राजधानीको प्रज्ञा भवनमा बुधबार दिउँसोदेखि बैठक सुरु भएको हो ।
हिमाली जिल्ला मनाङमा ठूलो बाढीपहिरो आएको दुई वर्ष पूरा भयो । मानवीय क्षति नभए पनि धेरै संरचनामा क्षति पुग्यो । बाढीपहिराका कारण अहिले यहाँका कतिपय स्थानको संरचना नै फेरिएको छ । कतिपय ठाउँका बासिन्दालाई स्थानान्तरण गर्ने योजना बनाइए पनि उपयुक्त स्थान तत्काल नपाइएपछि त्रिपालमुनि बसेर पनि स्थानीयवासीले समय कटाए ।
फिदिम मावि खेलमैदान निर्माणका लागि ठेक्का लिएर सम्पर्कविहीन भएको निर्माण कम्पनीलाई १५ दिनभित्र सम्पर्कमा आएर काम सुरु गर्न फिदिम नगरपालिकाले सचेत गराएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सङ्घीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएको जानकारी दिनुभएको छ ।
नेकपा (एमाले) बाँकेको नेपालगञ्जस्थित जिल्ला पार्टी कार्यालयमा अनिश्चितकालीन तालाबन्दी बुधबार दोस्राे दिन पनि जारी छ ।
सिन्धुली जिल्लाको घ्याङ्लेख गाउँपालिकाले अतिरिक्त थप चार घण्टा समय थपेर नागरिकलाई सेवा प्रवाह सञ्चालन गरेको छ ।
नेपालमा आपराधिक घटनामा वृद्धि भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा अघिल्लो वर्षभन्दा १० हजार बढी अपराधका घटना प्रहरीमा दर्ता भएका छन् ।
सिंहदरबारस्थित समितिको आज (बुधबार)को बैठकमा न्युयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीट्जरल्याण्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुने कार्ययोजना छ ।
वरपर जङगलका साथै रिघा गाउँको छेउमै रहेको छ उदय रिघा बुद्धविहार । उच्च पहाडमा आकर्षक शैलीले निर्माण भएको विहार निकै सुन्दर देखिने भएकाले पछिल्लो समय यो स्थल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले पाँच महिनाको अवधिमा विभिन्न मुद्दामा फरार रहेका ६० जना अभियुक्तलाई पक्राउ गरेको छ ।
सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको आजको बैठकमा राजदूत नियुक्ति सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै उहाँले समावेशी सिद्धान्तलाई सरकारले आत्मसात गर्ने बताउनुभयो । मन्त्री साउदले समावेशी सिद्धान्तलाई राजदूत नियुक्त गर्दा पनि व्यवस्थितरूपमा सम्बोधन गर्दै लैजान सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।