सप्तरीमा मानवअधिकार र कानुनको संरक्षणको महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने पक्ष प्रहरीबाटै पत्रकार कुट्नु जस्ता मानव अधिकार उल्लङ्घन हुनु दुर्भाग्य रहेको र यसले राज्य पक्षबाटै उलङ्घनका घटना बढ्दै गएको मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरले बताउनुभएको छ।
स्याङ्जाको गल्याङमा दुई मोटरसाइकल एक आपसमा ठोकिँदा जार जना घाइते भकाए छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत गल्याङ नगरपालिका वडा नं. ८ चिउरीमा गए राती दुई मोटरसाइकल ठोकिएका हुन् । वालिङबाट गल्याङ तर्फ जाँदै गरेको म.प्र.०३–०२९ प. २८८३ नं. को मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको लु १४ प ५३८७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएका हुन् ।
नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ ।
मुलुकको काया बदल्नका लागि श्रमशक्तिको पूर्ण परिचालन आवश्यक रहेको नेपालले नीतिगत रूपमै आफ्नो श्रमशक्ति निर्यात गरिरहेको छ । आन्तरिक आवश्यकता नपरेर वा बढी भएर युवा जनशक्ति निर्यात गरिरहेको होइन, रोजगारी सिर्जना गर्न, गराउन नसकेर हो । विप्रेषणका रूपमा वैदेशिक मुद्रा आर्जनको सजिलो उपाय बनेको छ श्रमिक निर्यात । अझ राज्यलाई युवा दबाबको सामना गर्न नपर्ने उपाय पनि भएको छ यो प्रक्रिया तर यसको दीर्घकालीन नकारात्मक परिणाम अकल्पनीय हुन सक्छ । अब मुलुकको श्रमिक मात्र निर्यात गर्ने देशको पहिचान बदलेर सेवा निर्यात गर्ने देशको रूपमा स्थापित गरिनु खाँचो पर्दो छ । जनशक्ति
नेपालको पछिल्लो राजनीतिक परिवर्तनबाट देशले सङ्घीय शासन प्रणाली अवलम्बन गर्न पुगेको छ । सङ्घीय शासन प्रणाली शासकीय अधिकारको प्रयोग राज्यका बहुसरकारबिच विनियोजन गरी शासकीय क्रियाकलापमा बढीभन्दा बढी जनतालाई संलग्न गराउने राजनीतिक प्रव्रिmया हो । यसैले पनि सङ्घीय शासन प्रणाली बढी प्रजातान्त्रिक र सहभागितामूलक हुन्छ । सङ्घीय शासन प्रणाली बहुसरकारबिचको एउटा साझा प्रतिज्ञापत्र हो, जसले राष्ट्रिय उद्देश्यको प्राप्ति, स्वशासन र साझा शासनको आदर्श परिकल्पनामार्फत जनताको निकटतम बिन्दुमा रहेर ज
वैदेशिक रोजगारीमा गएका महिला श्रमिक घरेलु हिंसाको चपेटामा परेका घटना बढ्न थालेपछि सरकारले यसमा कडाइ ग-यो तर वैदेशिक रोजगारीमा महिलाको सहज पहुँच बनाउनुपर्ने माग बेलाबेलामा उठिरहेका छन् । अहिले पनि उठेका छन् । खाडी मुलुकका छ वटा तथा मलेसियासहित सात वटा मुलुकमा घरेलु श्रमिकका रूपमा महिलालाई काम गर्न जान सरकारले रोक लगाएको सात वर्ष भयो । तर पर्यटक र विद्यार्थी भिसाका नाममा गैरकानुनी रूपमा हजारौँ महिला घरेलु श्रमिक हुन विदेश गइरहेका छन् । त्यसलाई रोक्न वैधानिक र
कर्णाली प्रदेश सभामा विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरिएको छ। प्रदेश सरकारले मङ्गलबार बसेको प्रदेश सभाको बैठकमा उक्त विधेयक पेस गरेको हो। सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्नुभएको हो। मन्त्री जिसीले प्रदेश सभामा पेस गर्नुभएको विधेयकमा ‘प्रदेशको उपलब्ध जलस्रोत तथा नवीकरणीयलगायतका अन्य ऊर्जाका स्रोतको दिगो रूपमा अधिकतम र उचित परिचालनका माध्यमबाट विद्युत् उत्पादन प्रसारण र वितरणलाई प्रवर्धन गरी उपभोक्तालाई वातावरणमैत्री स्वच्छ, नियमित, भरपर्दो, गुणस्तरीय, सुरक्षित तथा सर्वसुलभ रूपमा विद्युत् सेवा उपलब्ध गराउनका लागि कानुनी व्यवस्था गर्न आवश्यक भएको’ उल्लेख गरिएको छ।
मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको धुलियाविटदेखि भेडाबारी जोड्ने सडकखण्डमा पर्ने रुख कटान गर्न डिभिजन वन कार्यालय सुर्खेतले स्वीकृति दिएको छ। रुख कटानको अनुमति नपाउँदा ३५ किलोमिटर सडक निर्माणमा अवरोध भएको थियो। कटान अनुमति नपाए पनि सडक क्षेत्रका रुखमा चिनो लगाउने काम यसअघि नै सुरु गरिएको थियो। चिनो लगाउन थालिएको लामो समयपछि कटानका लागि स्वीकृति पाएको हो।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा नेवार समुदाय भाषा र संस्कृतिको संरक्षणमा जुटेको छ । आफ्नो भाषा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले नेवार समुदाय यतिबेला धिमे बाजा, मादल र झ्याली संरक्षण अभियानमा सक्रिय भएर लागेको छ ।
१. मिस प्लस टु नेपाल–२०२३ को उपाधि कसले जित्नु भयो ? शिक्षा राणा – उहाँले बेस्ट पर्सनालिटीको उपाधि पनि प्राप्त गर्नुभएको थियो । – प्रतियोगितामा याङसी दावा लामा फस्ट रनर अप एवं विशाखा श्रेष्ठ सेकेन्ड रनरअप हुनु भयो । २. हालै सैन्य ‘कु’ भएको अफ्रिकी मुलुक कुन हो ? नाइजर – कर्णेल मेजर अमाडो अब्द्रामानेले नाइजरको राष्ट्रिय टेलिभिजनबाट सैन्य विद्रोह सफल भएको घोषणा गरे । उनले सोही घोषणामार्पmत संविधान विघटन गरेको जनाए । – सेनाले त्यहाँका राष्ट्रपति मोहम्मद बाजुमलाई नियन्त्रणमा लिएको छ ।
संविधानले प्रत्याभूत गरेका हकअधिकार १. नागरिक स्वतन्त्रताका लागि संविधानले प्रत्याभूत गरेका हकअधिकारहरू उल्लेख गर्नुहोस् । राज्य वा सरकारको अनुचित हस्तक्षेपबिना नागरिकले आफ्नो जीवन र दैनिकी सञ्चालन गर्न पाउने अवस्था नै नागरिक स्वतन्त्रता हो । नागरिक स्वतन्त्रता निरपेक्ष विषय होइन । अरूको अधिकारको सम्मान र मुलुकको कानुनी परिधिभित्र रही व्यक्तिगत इच्छा अनुसार कार्य गर्न पाउने अवस्थाका रूपमा नागरिक स्वतन्त्रतालाई बुझिन्छ । नागरिकको व्यक्तिगत विकास, आत्मसम्मान, खुसी र सन्तुष्टिका लागि नागरिक स्वतन्त्रता आधारभूत विषय मानिन्छ । नागरिक स्वतन्त्रताका लागि नेपालको संविधानले प्रत्याभूत गरेका हकहरू
बैतडी सदरमुकाममा रहेको दशरथचन्द नगरपालिका २०५४ सालमा स्थापना भएको जिल्लाकै जेठो पालिका हो। २०५४ सालमा तत्कालीन छ वटा गाउँ विकास समिति दशरथचन्द, खलङ्गा, त्रिपुरासुन्दरी, थालिगाडा, जगन्नाथ र बाराकोट मिलाएर अमर सहिद दशरथचन्दको नामबाट सो पालिका स्थापना गरिएको हो। २०७३ फागुन २७ गते स्थानीय तहको पुनर्संरचना हुँदा थप छ वटा गाविस गुरुखोला, देहीमाडौँ, दुर्गाभवानी, ग्वाल्लेक, नागार्जुन र दुर्गास्थान गाविसका केही वडा मिलाएर हाल यो नगरपालिका ११ वडामा विभाजित छ।
बाजुराको मार्तडी–कोल्टी सडकमा गाडी चल्न थालेको करिब सात वर्ष बितेको छ तर यस सडकखण्डमा पर्ने बाउली गाड (नदी) मा भने पुल बन्न सकेको छैन। बर्खाको समय मार्तडी–कोल्टी सडकको बिचमा रहेको बाउली खोला तर्न निकै समस्या हुने गरेको छ। खोलामा पुल नहुँदा सर्वसाधारणले निकै सास्ती भोग्ने गरेका छन्। पुल निर्माण नहुँदा बर्खाको समय बाउलीमा मार्तडी–कोल्टी सडकमा चल्ने गाडी खोलाको वारि र पारि रोकिने गरेका छन्। गत साउन ७ गते कैलाली–६, जोशीपुरका ३२ वर्षीय डुबनारायण चौधरीको सो खोलामा बगेर ज्यान गएको छ।